Home » » न म राजाबादी न म पार्टीबादी तर म हुँ एक रास्ट्रबादी !

न म राजाबादी न म पार्टीबादी तर म हुँ एक रास्ट्रबादी !

Written By खांट्टी कुरा on Friday, July 26, 2013 | July 26, 2013

सामाजिक संजाल फेसबुकमा एक जना नया मित्रले अनुरोध पठाउनु भाको रैछ ! स्वीकार गरे लगत्तै मित्रले भन्नु भयो ‘एउटा कुरा सोध्न सक्छु सर’ ? मैले भने जब मित्रता गासि सके पछी प्रश्न सोध्नु र जवाफ दिनु कुन चाहिँ नयाँ र नौलो कुरो भयो ! एउटा हैन मन लागे जत्तिको प्रश्न सोध्न सक्नु हुन्छ ! मित्रले भन्नु भयो ‘तपाइँ राजाबादी हो ? एस्तो प्रश्न ति नयाँ मित्र मात्र हैन आज सम्म हज्जारौले मलाई सोधी सके ! प्रश्न सुन्ना साथ पारो त चढ्यो तै पनि सान्त भएर भने ‘मेरो लेखाइ लेखेर तपाइँ लाइ त्यस्तो भ्रम परेको हुन सक्छ ! मित्र सन्तुस्ट हुनु भएनछ क्यार ! मित्रले बि.बि.सी.नेपाली सेवाको प्रमुख रबिन्द्र मिश्र स्टाइलमा भन्नु भयो तपाइँ अहिलेको ब्यबस्था, पार्टी र तिनको नेताको हदै खोइरो खन्नु हुन्छ किन ?
मैले पुन: नम्र हुदै भने मित्र नेपालमा पंचायत फ्याँकेर प्रजातन्त्र अनि प्रजातन्त्र पनि फ्याँकेर गणतन्त्र लेराएको सप्पै गरेर जोड्दा २३ बर्ष नाघ्यो र २४ बर्षमा हिद्दैछ ! पंचायतकालीन युग स्वर्णकालीन युग भनेर म भन्दिन ! आँखाले देखेको कुरालाई झुट्ठा हो भनेर मेरो मनले स्वीकार्न सक्दैन ! अहिले जुन लुट तन्त्र, भोकमरी, सामाजिक असान्ती असुरक्षा, बेमेल, दिन दहाडै हत्या हिँसा, बलात्कार, चोरि, घुसखोरी, तस्करी अनि अन्धाधुन्ध धर्म परिवर्तन पंचायतकालमा उति सारो देख्न पाइदैन थियो !
एकदलीय सासन हो प्रजातन्त्र नभए सम्म बिदेसी सहयोग दीइदैन भनेर बिदेसी सहयोग नगण्य रुपमा बाहेक त्यति भित्रिदैन थियो ! तर पनि केहि मित्र देसको सहयोग र जनताको करको पैसाले बिकास निर्माण उधोग कलकारखाना संचालन भएको थियो ! ति संचालनमा ल्याइएको सबै उधोग धन्दा कल कारखाना निजीकरण भन्दै बेचेर स्वाहा पारे ! सरकारी मठ, मन्दिर गुठिको जमिन धरी अनेक प्रपन्च रचेर बेचेए खाए ! गरिबका छोराछोरीले छात्रवृतिमा बिदेस पढ्न जान पाउथे ! त्यस्तै गरि बिदेस पढेर आकाहरु आज ठुला मान्छे भाका छन ! तिनले पढेर त आए तर देसमा हदै सम्मको बिकृति र विसंगति पनि भित्र्याए ! बिदेसी निकाएको दलाल पिछलग्गु बन्दै अन्धाधुन्द रुपमा INGO र NGO भित्र्याए ! गाउँघरमा बिकास निर्माण भन्दै भित्रभित्र रुपमा व्यापक रुपमा धर्म परिवर्तन समेत गराए !
हिजो हाम्रो गाउँ टोल छर छिमेकमा ‘छर छिमेकी भनेको ज्युदाको जन्ती मर्दाको मलामी’ भन्थे तर आज त्यस्तो छैन ! सामाजिक कार्य बिवाह, ब्रतबन्ध, पास्नी होस वा मान्छे मरी सकेपछी गरिने क्रियाकर्ममा समेत ‘त्यो त फलाना पार्टीको अनि हामि फलाना पार्टीको’ भनेर बहिस्कार गर्ने चलन बस्यो ! एकै घरमा बा, आमा, दाज्यु, भाइ तथा दिदि बैनी हरु समेत विभिन्न पार्टीमा लागेर पारिवारिक सदभाव बिथोलियो !
यो २४ बर्ष मध्येमा केहि बर्ष राजा सहितको प्रजातन्त्र अनि त्यस पछी जनताको छोरा रास्ट्रपति, जनताको छोरा प्रधानमन्त्रि सप्पै ठाउँमा जनताको छोराछोरी छ तर हिजो जे थियो आज त्यो छैन ! अकालमा हज्जारौ हज्जारले ज्यान गुमाए तर खै के पाए त ? हो यस्तै यस्तै यावत कुराहरुले गर्दा अहिलेको ब्यबस्था, सासन र सरकार मलाइ फिटिक्क मन पर्दैन !
हिजो निरंकुस एकदलीय शासन भएता पनि बिदेसिले हाम्रो देसमा शिर ठाडो गरेर हेर्न सकेका थिएनन ! आजको जस्तो खुल्लमखुला बिदेसी हस्तक्षेप थिएन ! दर्बार संग सरकार र सरकार संग जनताले डर मान्थे ! जब मान्छेको मनमा डर नै हुदैन भने त्यस पछी अब्यबस्था फैलिन सुरु हुन्छ भन्ने कुरा यो २४ बर्षमा देखिएको छ ! हिजो राजा एउटा थिए तर आज छोटे राजाको गन्ति गरेर साध्य छैन भने असल लाइ असल र खराब लाइ खराब भनेर मैले बिरोध गर्न पाउछु कि पाउदिन ? यो २४ बर्षमा हामीले पाएको ठुलो उपलब्धि भनेकै बोल्न र लेख्न र बिरोध गर्न मात्र हो रे ! ल अब भन्नुस तपाइको नजरमा म कुन चैँ बादिमा परे ? तर म स्पस्ट संग के भन्न चाहन्छु भने राजा, देस, धर्म संस्कृति र संसार कसैको पनि एकलौटी पेवा हुन सक्दैन ! न म राजाबादी हु न म पार्टीबादी ! म नेपाल आमाको एक रास्ट्र लाइ माया गर्ने देसभक्त छोरा हुँ ! मेरो भनाइ तपाइँ लाइ मनासिब लाग्छ भने यस्तै बन्ने प्रयत्न गर्नुस ! बिभिन्न दल, पार्टीको पछी लागेर देस र जनतालाई बर्बाद बनाउने कार्यमा सहभागी नबनौं र नबनाउ !
(२०७० श्रावण १० गते क्राइम चेक शाप्ताहिकमा प्रकाशित)
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger