बुझिस भुरा हो देशमा अब नयाँ क्रान्ति ल्याउनु पर्छ ! त्यो क्रान्ति भनेको जनताको लागि गरिने क्रान्ति हो ! अहिलेको ब्यबस्था ठिक छैन भन्दै सरकारी पाठ्यपुस्तकको सट्टा रातो किताब घोकाउने गुरुहरु २०३६ साल पछी नेपाल मण्डलीमा टन्नै उत्पादन भएका थिए !
कत्ति अर्काको दास हुने साथीहरु अब यो कारखाना मालिकले हाम्रो माग सुन्ला जस्तो छैन त्यसैले सबै भन्दा उपयुक्त माध्यम भनेको बन्द र हड्ताल हो ! भोलि देखि कारखाना बन्द भन्दै नाफामा चल्दै गरेको कारखाना बन्द हड्ताल गराउने हैन त भन्दै मजदुरको चाका औंला हाल्ने गुरु पनि २०३६ साल पछी बग्रेल्ती जन्मेकै हो !
यी शोषक सामन्ती हुन त्यसैले जसको जोत उसको पोत हुनु पर्छ भनेर खेति किसाने हरुलाई उचाल्ने गुरुहरु पनि अहिले सम्म बग्रेल्ती देख्न पाइछ ! बिधालयमा पढ्ने भुराभारी होस या कलेजमा पढ्ने युवा युवती ! कारखानामा काम गर्ने मजदुर होस या खेतमा हलो चलाउने किसान ! ति तमाम सबैको गुरु बन्ने गुरुबा तथा गुरुमा हरुको सन्तान बिदेसिले दान दिएको छात्रवृत्तिमा बिदेसा पढ्छन ! ति अमुल्य ज्ञानको ज्योति छर्ने गुरुबा तथा गुरुमाहरु प्राडो र पजेरो भन्दा घटिको सवारीमा हुइकिदैनन ! नेपाली पैसोको के भ्यालु छ र भन्दै युरो, पाउण्ड, डलर तथा घटीमा पनि आइ.सी.बोक्छन र त्यसैमा कारोबार गर्न रुचाउछन !
समाजमा एक अर्काथरीको सामाजिक नैतिक शिक्षा दिने गुरुबा तथा गुरुमा हरु पनि हुनुहुन्छ ! महँगो आइफोन र ल्यापटप र केहि युरो पाउण्डमा अस्मिता बेचेका ति महान गुरुबा तथा गुरुमाहरुले दलित तथा जनजाति हरुलाई ‘ढुंगा पनि पुज्ने हो ? देउता भनेको त साक्षात् प्रभु इसु मसिह भन्दा अरु कोहि हुनुहुन्न ! उहाँ छिट्टै स्वर्ग बाट पृथ्बीमा आएर हामीहरु लाइ मुक्ति दिलाउनु हुन्छ ! त्यसैले आज बाट यस्तो पुजापाठ गर्न छोडेर प्रभुको भजन गाउनु पर्छ’ भनेर पुरै गाउँ टोललाई नै इसुमय बनाइ देका छन ! तर ति ज्ञान दिने गुरु तथा गुरुमा लाइ सोध्ने हो भने इसुको अर्थ नै भन्न जान्दैनन होला !
पंचायत फ्याक्न आन्दोलन गर्न सिकाउने गुरुबा तथा गुरुमाले अझ १ कदम अगाडी बढेर सदियौ पुरानो राजतन्त्र पनि फ्याक्न सिकाए ! आज देसमा राजगुरुको ठाउँमा ‘जनगुरु’ विराजमान हुनुहुन्छ ! सप्पै ठाउँमा जनताको गुरु तथा गुरुमाहरु हुनुहुन्छ तर २४ बर्षमा गुरुबा तथा गुरुमाले दिनु भएको अमुल्य उपहार भनेको चैँ भाको सप्पै सरकारी कलकारखाना बन्द गर्न लगाएर शिष्य तथा शिस्यालाइ बिदेस निकासी गराई दिनु भयो ! मिलेर बसेको गाउँ समाज तथा घरमा धर्मको, राजनीतिको मुस्लो सल्काई दिएर बिग्रह र असान्ती पैदा गराई दिनु भयो ! हत्या, आगजनी, चोरि, लुटपाट, तस्करी, बलात्कार, समुह समुहको भिडन्त र सामुहिक बलात्कार यस्तो तरिकाले गर्नु पर्छ भनेर सिकाउनु भयो ! चौबिस बर्षमा गुरुबा तथा गुरुमाहरुले दिनु भएको सबै भन्दा ठुलो पाठ तथा शिक्षा यहिनै त हो नि हैन र ?
(मिति २०७० श्राबण १० गते क्राइम चेक शाप्ताहिक्मा प्रकासित)
0 Comments:
Post a Comment