Home » » खै गोपनियता ?

खै गोपनियता ?

Written By खांट्टी कुरा on Friday, July 26, 2013 | July 26, 2013

मैले धेरै पटक पुर्ब प्रधानमन्त्रि तथा एमाओबादीका शिर्ष नेता डा.बाबुराम भटराई तथा अन्य पार्टीका नेताहरुको मुख बाट समेत ‘राजनीतिक बेइमानी’ भन्ने शब्द पटक पटक सुन्दै आइ रहेको छु ! राजनीतिमा  सत्ता पक्ष बाट बिपक्षी संग विभिन्न किसिमको वार्तालाप हुन्छ र कतिपय वार्तालाप हरु जनता तथा अन्य लाइ दिन नसकिने पनि हुन सक्छ !
हिजो माओबादी हरु सशस्त्र युद्धमा थिए जसलाई उनीहरुको भाषामा ‘जनयुद्ध’ भन्ने गरिन्थ्यो ! त्यो बेलामा स्वदेस तथा बिदेसमा धेरै वार्ताहरु भएको रैछ ! कतिपय गोप्य राखिनु पर्ने वार्ता तथा सम्बादहरु आज आएर वार्ताकारहरुले पत्रकार तथा सामाजिक संजाल मार्फत छताछुल्ल पार्ने गरेको देखियो ! हो यस्तै अराजक काम हरु लाइ 'राजनीतिक बेइमानी' भनिन्छ !
प्रसंग २ दिन अघिको घटनाबाट ! निर्वाचन आचार संहिता लागु हुनु भन्दा अगाबै हालसालै परेको भिषण बाढीको चपेटामा परेको बाढीपिडित नेपाली जनताहरु लाइ केहि हद सम्म भए पनि राहत पुगोस भन्ने मनसायले जबर्जस्ति 'पुर्ब राजा' बन्न बाध्य पारिएका ज्ञानेन्द्र शाह तथा उहाँको परिवारले पुर्व राज परिवारको सदस्य बाट खोलिएको संथा ‘हिमानी ट्रस्ट’ मार्फत राहत सामाग्री वितरण गर्न भनेर सुदुर पश्चिम जानु भएको थियो ! जानु भन्दा अगाडी सम्म पनि निर्वाचन आचार संहिता लागु हुने कुनै तरखर थिएन ! जब टुर मुकाम धनगढी पुग्ना साथ निर्वाचन आचार संहिता लागु भएको घोषणा गरियो !
पुर्ब राजा तथा उहाँको परिवार धनगढी पुगेको खबर पाउना साथ पुर्ब प्र.म.डा.बाबुराम भटराईले पत्रकार बोलाएर ‘म अहिले प्रधान मन्त्रि भएको भए ज्ञानेन्द्र लाइ जेल हाल्थे’ भनेर पत्रकार माझमा टिप्पणी व्यक्त गर्ना साथ सुरु भएको राजनीतिक बयान बाजी अहिले आएर चरम उत्कृस्टमा पुगेको छ ! ‘कोट्याउदै गयो भने आफु जन्मेको दुलो पनि देखिन्छ’ यो नेपाली आहान हो र अहिले भएको पनि त्यस्तै छ ! राहत बाट सुरु भाको बयान बाजी अहिले आएर सामाजिक संजाल फेसबुक, ट्वीटरमा छताछुल्ल भएर पोखिदै छ !
त्यहि बयान बाजी मध्येको एक हिजो जन युद्द सुरु भएको बखत गरिएको वार्ता तथा सहमतिहरु एक पछी अर्को गर्दै पोखिदै गयो ! सुरु गरे डा.बाबुरामले अनि प्रतिकारमा ओर्लिए रा.प्र.पा.नेपालको अध्यक्ष कमल थापा ! यी सबै बयानबाजी हेर्दा यस्तो लाग्छ डा.बाबुराम भटराईले अहिले सम्म राजनीतिको (र) पनि सिकेका रहेनछन ! राजनेता त त्यसलाई भनिन्छ जसले हरेक वार्ता तथा निर्णयहरु लाइ हिन्दि उखान “प्राण जाए पर बचन नजाय” पारामा बचाएर गोप्य राख्नु पर्दथ्यो ! आफु केहि समयको लागि प्रसिद्धिमा आउनको लागि बचन तथा नीति नियम तोडेर तल्लो स्तरमा ओर्लेर आन्द्राभुडी खोतल्ने लाइ राजनेता भन्न सुहाउदैन ! यदि खोल्ने भए बचन तोड्ने भए पार्टी अध्यक्ष कमल थापाले यी सबै कुरा उहिलेनै जनमानसमा ल्याएर राजनीतिक पार्टीका नेताहरुलाइ नंग्याई सक्ने थिए ! त्यसैले राजनीतिको (र) नजानेको नेताले राजनीति गर्नुको कुनै अर्थ छैन ! सबै नेता गण लाइ चेत खुलोस ! 
२०७० श्रावण ११ गते शुक्रबार !
Share this article :

1 comment:

  1. यस्ता नालायक लाइ 'राज नेता' शब्द प्रयोग गरियको मा घोए आपत्ति बाँकी समय सापेक्ष लाग्यो !

    ReplyDelete

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger