Saturday, July 27, 2013

लोग्ने-स्वास्नीको झगडा परालको आगो !

खांट्टी कुरा     July 27, 2013    

  • मुसाफिर काका

    झोडादेखी यत्रो साल सँगै बसियो खाइयो तर छेउघरे साइला साँइली झगडा गरेको कहिल्यै सुनेको थिएन । खै कुन्नी किन हो आज बिहानै साइला साइली ठुल्ठुलो स्वरले कराउदै बाझ्दैथियो । त्यो सुनेर छिमेकी बेलबोटे कान्छाले यसो झ्यालको एकछेउबाट चिहाएर हेर्यो । साँइली बलेसिमा खरेटोले बढार्दै फत्फताउदै थीइन । साइलोलाई निक्कै रिस उठेछ क्यार जुरुक्क उठेर साँइलीलाइ घोक्र्याउदै घरभित्र हुलेर भित्रबाट ढोका लायो । यता बेलबोटे कान्छाले सोच्यो ल्या .. अब मार्नेभो साइलाले ।
    जेजस्तो भएपनी ज्यान मार्नु त दिनुहुँदैन गाँठे, हारगुहार गर्दै कराइन भने त गएर बचाउनुपर्छ ! बेलबोटे कान्छा बिचार गर्दै बस्यो । तर साँइला साँइलिको घरभित्र न डाङ्डाङ् डुङ्डुङनै भयो नत हारगुहारनै । एकाध घण्टापछी साँइला थकित अनुहार लिएर बाहिर निस्कियो र चारैतिर नजर घुमाएर हेर्यो । त्यतिखेर बेलबोटे कान्छा झन झस्कियो ,,, ल्या .. बजियाले बिताइ'पो सक्योकी क्याहो ? ज्याहै .. त्यो बालबच्चाको बिजोग बनाउनेभो । हामीलाइपनी साची बस्नु र सर्जिमिन बक्नु हैरान दिनेभो । मनको तर्कना उर्लन्दै थियो तेतिकैमा साँइली फुत्त बाहिर निस्किन । अनी शर्मालु नजरले मुसुक्क हाँस्दै साँइलालाई पुलुक्क हेरिन र सोधिन -
    भोक लाग्यो होला खाजा बनाइदिउ ???? साँइलाले भन्यो पहिला चिसो पानी चाँही ल्याउ त .. आहा ! त्यो संम्बाद कती प्यारो थियो !
    लोग्ने-स्वास्नीको झगडा परालको आगो !
    छिमेकी बेलबोटे आगोको पराल ??

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .