Sunday, July 28, 2013

मुक्तक !


इस्लामिक रास्ट्र इजिप्टमा आज भन्दा केहि बर्ष अगाडी ३२ बर्ष शासन चलाएको होस्नी मोबारकलाइ क्रान्तिको माध्यम बाट सत्ता च्युत गरेका कट्टर इस्लामिक रुढिबादी बिचार धारा बोक्ने पार्टी इस्लामिक ब्रदर हुड पार्टीको प्रमुख तथा निर्वाचन बाट बिजयी बनेका मोहम्मद मोर्सिलाई हालै सैनिक सरकारले १ बर्षमै सत्ता बाट पदच्युत गरि दिएका छन ! त्यसै बिषय लाइ लिएर लेखिएको यो सानो टुक्रा !



(कार्टुनिस्ट: हेंग, सिन्चिउ दैनिक मलेसिया बाट साभार )
शिर्षक : बिचरा मोरसी !


एकै चोटि ठुलो भाग खान खोज्छु भन्दा
एकै बर्षा पर्यौ मोरसी आफ्नै सेनाको फन्दा
..
सोझो ताला खेल्यौ तिम्ले सतरंजको खेल
आखिरीमा पश्चिमाले गर्यो तिम्लाई झेल 
..
तिम्ले पनि मोबारकलाइ हाल्याथ्यौ नि जेल
पाला पैचो भन्दै सेनाले तिम्लाई ठोक्यो नेल

No comments: