हिजो पंचायती सासन हुँदा कम्युनिस्ट हरु त्यति देखिदैन थिए तर कांग्रेसी
हरु भने फाटफुट रुपमा देख्न पाइन्थ्यो ! कम्युनिस्ट भनेको सर्बहारा हो र
कम्युनिस्टले धर्म मान्नु हुँदैन ! यहि कुरा माथिल्लो तहको नेता देखि तल्लो तहको
कार्यकर्ता सम्म लाइ घोकाइएको थियो ! धर्म नमान्ने भए पछी मन्दिर जाने पुजापाठ
गर्ने फूलमाला, टिका प्रसादी ग्रहण गर्ने कुरै भएन !
हिन्दु धर्मको बाहुल्य रहेको हाम्रो देस नेपालमा ८२% हिन्दु धर्मालम्बी बस्छन
भनेर नेपाल सरकार द्वारा गराइएको जना गणनाले पुस्टि गरि सकेको छ ! बाहुन
क्षेत्रीले मात्र हिन्दु धर्म मान्छन भनेर भन्नु त्यो सरासर गलत र झुठो कुरा हुन
जान्छ !
२०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्र स्थापना भए पश्चातको दोश्रो
पटकको स्थानीय निर्वाचनमा मकवानपुर जिल्ला बाट ने.क.पा.एमाले पार्टीको उम्मेदवार
रामेस्वर रानाले जिल्ला बिकासको सभापति र सोहि पार्टीको बद्रि लम्सालले उप-सभापति
पदमा बिजयी हासिल गर्नु भएको थियो !
नेपालको पहिलो राजमार्ग त्रिभुबन राजपथको अधिकांस भाग मकवानपुर जिल्लामा
पर्दछ ! सोहि राजमार्गको पथलैया हेटौडा सडक खण्डमा मकवानपुर जिल्लाको चुरियामाई
गा.बि.स पनि पर्दछ जुन मकवानपुर जिल्लाको सदरमुकाम हेटौडा संगै जोडिएको गा.बिस हो
!
तत्कालिन चुरियामाई गा.बि.स भवन संगै जोडिएको बिधालयमा कक्षा कोठाको अभाव
थियो ! बिरगंज मिनाबजार निवासी श्याम सुन्दर गुप्ता नाम गरेको ब्यापारी तथा
समाजसेबीले २०५४ सालमा भवन बनाइ दिने प्रस्ताब गरेका थिए ! भवन सिलान्यास मकवानपुर जिल्ला
सभापति रामेस्वर रानाको हात बाट हुने भयो ! सिलान्यास भो दुइ सब्द समाजसेवी गुप्ताजीले
प्रकट गर्नु भयो ! फूलमाला,प्रसाद वितरण कार्यक्रममा सभापति रानाले रातो टिका लगाउन
ठाडै अस्विकार गरि दिनु भयो ! सभापति मगर उप सभापति बाहुन ! सभापतिले अस्विकार
गरेको देखेर असजिलो मान्दै उप-सभापतिले पनि टिका लगाउन मान्नु भएन !
तर,
मिति २०७० श्राबण १३ गते आइतवार अर्थात अंग्रेजी तारिख २०१३ जुलाई २८ आइतबार
ने.क.पा. एमालेका केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले फेसबुकमा तस्बिर पोस्ट
गर्नु भएको रैछ ! तस्बिरमा ३ जना पात्र देखिनु हुन्थ्यो ! पहिलो पात्र एनेकपा माओबादीको
अध्यक्ष क.पुष्पकम दाहाल दोश्रो नेकपा एमालेको बरिस्ठ नेता क.माधब कुमार नेपाल र
तेश्रो सोहि पार्टीका केन्द्रिय सदस्य क.कृष्ण गोपाल श्रेष्ठ ! तिनै जना पात्रको
निधारमा पहेलो गेरु बस्त्रको फेटा जसमा सिबजीको तस्बिर र बम भोलेको लेखिएको थियो
भने तिनै जना पात्रको घाटीमा पहेलो गेरु रंगको दोसल्ला पनि देखिन्थ्यो !
हिजो भूमिगतकालमा जनताको छोरा छोरीलाई कुनै पनि धर्म मान्नु हुदैन !
कम्युनिस्ट भनेको सर्बहारा हो ! सर्बाहारा भै सके पछी देबी देउता पुज्ने, मन्दिर
जाने, ब्रत धर्म पुजापाठ गर्नु हुदैन भनेर सिकाउने नेताहरुले आज जनताको अगाडी
यस्तो कार्य गरेर देखाउने लाइ ढोंगी, पाखण्डी र ताक परे तिवारी नत्र गोतामे
चरित्रका मान्छे भनेर अब बुझ्ने कि नबुझ्ने ?
(तस्बिर: कृष्ण गोपाल श्रेष्ठज्युको फेसबुक बाट) |
बितेको साल एनेकपा माओबादीको अध्यक्ष क.पुष्पकम दाहाल ज्युको पुज्यनीय
पिताको स्वर्गबास हुँदा दाह संस्कार चितवन जिल्लाको पवित्र नारायणी नदि छेउको
पवित्र धाम देवघाटमा गरिएको थियो ! हिन्दु संस्कार अनुसार जेष्ठ सुपुत्रले
दागबत्ती दिने चलन छ ! त्यसरी दागबत्ती दिंदा हिन्दु धर्ममा लेखिए बमोजिम खालि पाउ
एकसरो वस्त्रमा बैदिक बिधि अनुसार मुखाग्नी दिने चलन छ तर एनेकपा माओबादीको
अध्यक्ष क.पुष्पकम दाहालज्युले सुट बुटमा मुखाग्नी दिएको दृश्य पनि नेपालको सबै
छापा तथा विधुतीय पत्रिका देखिएकै हो !
सत्तामा नपुगुन्जेल हिन्दु धर्मको व्यापक बिरोध गर्ने महानुभावहरुले आज
सत्ता र सक्तिमा पुगी सके पछी यस्तो काम गर्दा जनताको नजरमा गिरिन्छ भन्ने अनुभूति
भयो कि भएन ? ठुला नेता भैसके पछी जे पनि गर्न हुन्छ र आफु अनुकुल सबै काम गर्ने
हो भने हिजो आफ्ना कार्यकर्ता तथा जन मानसमा किन यस्तो भ्रम फैलाइयो ? जन युद्धको
नाउँमा मन्दिर तोडियो ! संस्कृत पढ्न प्रतिबन्ध लगाइयो ! आफ्नो आदेशमा नचल्नेलाई
हदै सम्मको यातना पनि नदिएको काहा हो र ! हिजो देबी देउताको मन्दिरमा बम बिस्फोट
गराउदा मनमा ग्लानि नहुनेले आज आएर हामि हिन्दु हौ भन्दै बम बम भोले ... जय भोले
भन्नु कत्तिको सुहाउछ ? नेपालको कम्युनिस्ट विचारधारामा लाग्ने हरु के साँच्चिकै
सर्बहारा रैछन त ? अब यसको जवाफ ति ठुला नेताहरुले जनतालाई दिनु पर्छ कि पर्दैन
?
0 Comments:
Post a Comment