Saturday, October 13, 2012

मण्डले !

मण्डले भनेको के हो ? यसको शाब्दिक अर्थ के हो र यो सब्द कुन ठाउँमा कस्तो बेलामा प्रयोग गर्दा उचित हुन्छ भन्ने कुरालाई थाहा भएर हो वा नभएर हो हाम्रा कांग्रेस तथा कम्युनिस्ठका बरिस्ठ तथा कनिष्ठ नेतागण देखि लिएर तिनका अनुयाहिहरुले समेत बिना संकोच निर्धक्क साथ यो सब्द प्रयोग गर्दै आफुले नरुचाएको अथवा मन नपराएको व्यक्ति लाइ लाजै नमानिकन भन्दिन्छन ‘मण्डले’ ! मण्डल को शाब्दिक अर्थ हुन्छ समुह ! हुन त मण्डल पनि वृत्तको (Circle) पर्यायवाची भित्र पर्दछ । त्यस्तै मण्डलको अरु शब्दहरू भन्नुपर्दा परिधि, घेरा, बाटुलो फन्को, समान उद्देश्यका मानिसहरूको जमात इत्यादीलार्इ बुझिन्छ । हामीले दैनिक रुपमा प्रयोग गर्दै आइरहेको सामजिक संजाल हरु जस्तै फेसबुक, ट्विटर, जी प्लस आदिमा पनि हामीले असंख्य साथीहरु बनाएको हुन्छौ ! जुन झुण्ड झुण्ड अर्थात् (Circle) आकारमा नै हुन्छ ! नेपालमा ‘मण्डल’ सब्द लाइ बिगारेर एकलक्के लगाउँदै ‘मण्डले’ बनाएको पंचायत काल देखि हो ! पंचायतकालमा पनि नेपालमा बर्गीय संगठन थियो तर अहिलेको जस्तो बर्खे च्याउ सरह गरि उम्रन दिइएको थिएन र ति बर्गीय संगठन हरु क्रमश:किसान संगठन, मजदुर संगठन, युवक संगठन, भुतपुर्ब सैनिक संगठन र बिधार्थीको लागी रास्ट्रबादी स्वतन्त्र बिधार्थी मण्डल नाम गरेको संगठनहरु थियो ! यी सबै संगठनहरुलाइ त्यतिबेलाका सासकहरुले सहि ढंगले अथवा गलत ढंगले प्रयोग गरे तीनै सासकहरुलाई थाहा होला ! कलेज स्तरमा नपुगे सम्म बिधार्थीले संगठनको सदस्य बन्न नपाइने र कलेज स्तरमा आफुले चाहेको जस्तो संगठन नभए पछी बिधार्थीमा रोष जाग्नु स्वाभाविकै थियो !
..
पंचायतकालमा राजनैतिक पार्टीहरुलाई प्रतिबन्ध लगाइएको थियो ! प्रतिबन्धित कांग्रेस तथा कम्युनिस्ट हरु समाजमा खुला गतिबिधि गर्न सक्दैन थिए त्यसैले ति प्रतिबन्धित पार्टीहरुको मुख्य सहारा भनु वा हतियार नै कलेज पढ्ने बिधार्थीहरु हुन्थे ! सबै बिधार्थी एउटै विचारधाराको पक्कै हुदैनथे ! पंचायत समर्थक मण्डल, कांग्रेस समर्थक ने.बि.संघ र कम्युनिस्ट समर्थक अ.ने.रा.स्व.बि.यु मा बिभाजित थिए ! अहिलेका चर्चित कतिपय राजनेताहरु उतिबेलाकै बिभिन्न बिधार्थी संगठनका नेताहरु हुन ! अलग अलग बिचारधारा बोकेका बिधार्थीहरु बिच वादविवाद तथा झडप हुनु कुनै नौलो कुरो होइन ! सरकार समर्थक बिधार्थीको समुहलाई जुनसुकै सासकले पनि काखी च्यापेकै हुन्छ ! सरकार समर्थक भए पछी रा.स्व.बि.म.समुहको बिधार्थीमा केहि घमण्ड तथा दम्भ थियो ! बेला बेलामा बिधार्थी बिधार्थी हरु बिच झैँ झगडा तथा हात हालाहाल सम्मको स्थीति सिर्जना हुन्थ्यो र त्यहि बेला देखीनै सरकार समर्थक बिधार्थी संगठन लाइ अन्य पार्टी समर्थक का बिधार्थी हरुले “मण्डल” बाट एक लक्के थपेर “मण्डले” बनाएको हुन ! त्यहि भएर आज कांग्रेस तथा कम्युनिस्ठ हरुको नजरमा राजाबादी, हिन्दुधर्म प्रति आस्था राख्ने रास्ट्रबादी बिचारधारा बोकेको नेपाली हरु जति सबै ‘मण्डले हरु भए अथवा बनाइए !
..
हिजो भूमिगतकालमा ततकालिन पंचायती सासकले आफु बाहेकका सबै राजनीतिक पार्टिका नेता तथा तिनका पूर्णकालीन सदस्य लाइ अ.त नामले सुसोभित गरेका थिए ! जसको अर्थ हुन्छ अराष्ट्रिय तत्व ! पंचको नजरमा कांग्रेस तथा कम्युनिस्टहरु सबै पंचायतकालका अराष्ट्रिय तत्वहरु हुन ! २०१७ सालमा पाएको यो अराष्ट्रिय तत्वको मान पदवी बाट मुक्ति पाउन कांग्रेस तथा कम्युनिस्टहरु लाइ  २०४६ साल सम्म कुर्नु परयो ! २०४६ सालको आन्दोलन पनि यी कांग्रेस तथा कम्युनिस्ट हरुको बलबुताले सफल भएको चैँ पक्कै होइन ! छिमेकी भारत लाइ गुहारेर नेपालको पुर्ब, दक्षिण तथा पश्चिमको सम्पूर्ण सिमाना महिनौ बन्द गर्न लगाय पछी अन्तमा तत्कालिन पंचायती सासकले जनतालाई दुख दिनु भन्दा झुक्नुनै राम्रो भनेर पंचायतले आत्मसमपर्ण गरे पछी मात्र देसमा प्रजातन्त्रको स्थापना भएको हो ! प्रजातन्त्रको स्थापना पस्चात धेरैले दल तथा पार्टीहरु गठन गरे ! सोहि कडीमा सबै पुराना पंचायत समर्थक तथा नयाँ युवाहरु समेत भएर रास्ट्रीय प्रजातन्त्र पार्टी गठन गरे ! तर त्यो पार्टीलाई अहिलेका समाजबादको दुहाइ दिने नेपाली कांग्रेस र साम्यवादको दुहाइ दिने बिभिन्न खेमाका कम्युनिस्ट पार्टीहरुले मण्डलेको पार्टी भन्छन ! २०४६ साल देखि आजको मिति सम्ममा देशमा धेरै उतारचढावको दृश्य नेपाली जनताहरुले देखि तथा भोगि सकेका छन ! हिजो पंचायतकालमा देश भित्र बिकास कति भाको थियो ? नेपाली जनताहरु कम र मामको सिलसिलामा बिदेस जानु पर्थ्यो भन्ने कुरा थाहा थियो थियन ? यी यावत कुराहरु अब नेपालको जनताहरुले बुझी सकेका छन ! के दियो नेपाली जनतालाई प्रजातन्त्र, गणतन्त्रले ? सबैको मुखमा यहि प्रश्न छ ! त्यसैले हिजोको त्यो मण्डलेको ब्यबस्था ठिक कि आजको नयाँ ब्यबस्था ठिक ? फरक येतिमात्रै हो हिजो बोल्न र लेख्न सजिलै पाइदैन थियो तर अहिले बोल्न र लेख्न मात्र हैन मन नपरेको मान्छेलाई धोको पुर्याएर गालि तथा सराप्न पाइन्छ ! हिजो मण्डले गालि थियो आज त्यो भन्दा पनि तल निचतामा ओर्लेर सराप्छन ! अस्लिल सब्दले गालि गर्छन हाम्रा नेता तथा तिनका कार्यकर्ताहरुलाई ! अरुको लागी के कस्तो होला यो “मण्डल” भन्ने सब्द तर यो पंक्तिकारको लागी यो सब्द ठिक छ र आदर पनि गर्छ ! भलै पार्टीको नेताहरु तथा देसी बिदेसी तत्वको लागी ठिक नहोला तर हामि समस्त नेपालीहरु मण्डलाकारमा  मिलि जुली बसेका छौ ! यहि नै हाम्रो लागी खुसि र सन्तोषको कुरा हो !
 

No comments: