Thursday, October 11, 2012

अब नेपाला पनि क्रिकेट सुरु भो !

बिस्व क्रिकेट सुरु भा रैछ तर म त बुझ्दिन यो क्रिकेट सिरकेट ! छक्का ... चौका भनेर उफ्रिदा रैछन ! छक्का र चौका ठोक्दा तालि पिटदै नाच्दारैछन ! अझ जित्यो भने त बाजा गाजा र ढोल नगाडा, फुल माला र अबिरको बर्षा, पटाका पड्किने तर त्यो छक्का र चौका ठोक्न नसक्ने लाइ मा.. मु... के के हो के के भनेर बम्बैया गालीमा सराप्दा रैछन ! चेलीबेटी अगाडी छन भनेता लाजै मर्नु पो हुन्छ हो ! नेपाला पहिला क्रिकेट खेल्दैनथे ! त्यो नखेल्ने भए पछी पैलाको के बयान गर्नु ! यो किर्केट पनि नेपाल भन्ने गोर्खेको मुलुका नेपाली कांग्रेसको डेमोक्रेसी आए पछी भित्रेको !
हाम्रो देशा सक्कल्ली खाट्टी छक्का र चौका सुरु भाकोचैँ १९ बर्ष भो ! समाजबादको मसिहा, रास्ट्रियता र प्रजातन्त्रको पिता भन्ने नेपाली कांग्रेस पार्टीको स्व. गिरिजा प्रसाद कोइरालाले आफ्नै पार्टीका गोतियार र मतियारलाई ठिक पार्न आफ्नै पार्टीको बहुमतको सरकार गिराए पछी सुरु भाको यो छक्का र चौकाको खेल आजको मिति सम्म चल्दै छ ! अझै कहिले सम्म चल्ने हो भनेर नेपाली जनताहरुले आँखा च्याती च्याती हेर्दै बसेका छन !  
अहिले नेपालमा ठुलो पार्टी हुँ भनेर गर्धन फुलाउने ए.ने.क.पा.माओबादीका डाक्टर प्रधान मन्त्री कामरेड बाबुराम भटराई ले छक्का र  सोहि पार्टीको अधक्ष्य हुन् भन्दै घिरौला जत्रो नाक फुलाउने कामरेड प्रचण्डले चौका समाती बसेका रैछन ! अरु आफ्ना आसेपासे सबैलाइ क्लिन बोल्ड गर्दै पेभिलियेन लौटाई दियारे ! अनि बिपक्षी हरुलाई चैँ क्याच आउट गर्देका रैछन ! पहिला छक्का समातेर बसेका मान्छे क. प्रचण्ड लाइ आज चौका किन मन पर्थ्यो र त्यसैले अब छिट्टै नै सम्बिधान सभा भवनमा बृहत क्रिकेट प्रतियोगिता आयोजना गर्ने भनेका रैछन ! छक्का समातेर बसेकाले किन चौका समाउन मान्थे फेरी ! यहि कुरा बुझेर नै संबिधान सभारुपी त्यो खेल मैदानमा क्रिकेट प्रतियोगिताको आयोजना गर्न लाइ भनेका होलान क.प्रचण्डले ! त्यसैले त्यो खेलमा जो जित्छ उही सिकन्दर बनेर बालवाटार मा बस्नेरे ! बलिंग र ब्याटिंग पनि पालै पालो गर्ने सहमती भै सक्या भएरपो रैछ क.अग्नि माड्सापले सप्पै पत्रकारलाइ रोयल पार्टी प्यालेस प्यारिस डाँडामा बोलाएर जनाउ दिया रैछन ! बलिंग र ब्याटिंग गर्दै बिपक्षी लाइ क्याच आउट गर्न हुत्ति हुनु पर्छ ! तर के गर्नु खै सुसिलदा र ओली कामरेड हरु संग हुत्तिने छैन रे त्यसैले सुसिलदा, वली कमरेडहरले बलिंग ब्याटिंग गर्न सक्दैनन भन्दा रैछन ! हुन पनि हो दादा खालि घोसे मुन्टो लाउदै बस्छन ! ओली कामरेड उखान टुक्का हाल्दै दिन कटाउछन ! गर्नु परयो नि कसरत ! त्यसै खेल जितिन्छ ? त्यसैले अब एक मदेस एक प्रदेस भन्दै कुर्लने मदेशका मसिहा गच्छेदार बाबुको एम्पायरिमा डा.बाराभ र क.प्रचण्डले मात्र पालै पालो बलिंग र ब्याटिंग गर्ने भा रैछन ! अरु भुरे तथा टाकुरे पार्टीले यो म्याच बहिस्कार गरेछन ! अब क.प्रचण्ड र डा.बाराभ मध्य को को ले कती छक्का र चौका ठोक्ने हुन ? हेर्नको लागि समयलाई कुरम है !

 

No comments: