Thursday, October 11, 2012
रणनीति !
राणा सासनले जनता माथि अत्याचार गर्यो ! हुकुमी जहानिया सासन लागु गरे ! श्री
५ को सबै अधिकार खोसेर श्री ३ ठुला भए ! जनताले दुख पाए र मुलुकको बिकाश भएन भनेर
स्व.राजा त्रिभुवनले केहि जान्ने बुझ्ने जनताहरु संग सरसल्लाह गरेर रणनीति तयार
पारे ! आधिकारिकरुपमा २००४ सालमा बनेको रणनीतिले २००७ मा नतिजा देखायो राणाहरु
फालिए ! २०१५ सम्म धेरैले आ आफ्नै रणनीति बनाए संबिधान सभाको हैन संसदको चुनाव गरे
कांग्रेसको रणनीतिले जित्यो सरकार बनाए ! भित्रभित्रै अर्को रणनीति बन्यो कांग्रेस
फालिए पंचायत बन्यो तर त्यो पंचायत जन्माउने अरु कोहि नभएर त्यतिखेरका कांग्रेसी
नेता बिस्वबन्धु थापाहरु थिए ! जसको फलस्वरूप स्व.राजा महेन्द्र सक्तिसाली भए !
दलहरु माथि प्रतिबन्ध लाग्यो ! २०१७ देखि २०४६ सम्म कांग्रेस तथा कम्युनिस्टहरुले
आ-आफ्नै पारामा भूमिगत बसेर विभिन्न रणनीति बन्यो तथा बनाए ! तर कसैको रणनीतिले
सफल पाउन सकेन ! प्रतिबन्धित कांग्रेसको रणनीति सफल भएको भए स्व.राजा महेन्द्रको
जनकपुर सवारीमा भएको बम काण्ड तथा ओखलढुंगा काण्ड सफल हुन्थ्यो होला ! स्व.रामराजा
प्रसाद शिह तथा खेमराज भट्ट ‘मायालु’ को बम काण्ड पनि सफल हुन्थ्यो होला ! सबैको रणनीति असफल भए
पश्चात ‘त्वम सरणम गच्छामी’ भन्दै घरको झगडामा छिमेकी
गुहारे ! २०४६ सालमा छिमेकीले नाकाबन्दी गर्दिए ! त्यसैको कारणले पंचायतले ढल्न
बाध्य हुनु परयो ! नेपालमा दोश्रो पटक प्रजातन्त्रको स्थापना भयो ! २०४८ मा
नेपालमा दोश्रो आम निर्वाचन भयो संबिधान सभाको हैन तर संसद्को ! नेपालमा
रास्ट्रियता र प्रजातन्त्रको दुहाइ दिने अनि समाजवादको मसिहा हौ भन्ने नेपाली
कांग्रेसले अत्याधिक बहुमतको साथ सरकार गठन गर्यो! त्यस पछी रणनीति बन्दै गयो कुनै
रणनीति सफल भो कुनै असफल भो ! आफनी पार्टोको बहुमतको सरकार ढल्यो ! ३६से र ७४रे
भन्दै २००४ सालमा जुटेको दाज्युभाई फुटे !जुटेको बामपन्थी लाइ पनि त्यहि रोगले
समात्यो ! फेरी अर्कोले सुपरहिट रणनीति बनायो! एक, दस, सय हैन हज्जारौ हजार लाइ
मृत्यको मुखमा पारे ! सान्ती सान्ति भन्दै सान्ति गरेर अहिले सक्तीमा पुगेका छन !
२००७ देखि आजको मिति सम्म रणनीति बन्दैछ भत्किदैछ ! आशिर्वाद पाएको रणनीति सुपर
हिट आशिर्वाद नपाएको रणनीति चैँ सुपर फ्लप भाको छ ! परापुर्वकालमा गोर्खाली राजाले
पनि रणनीति बनाए ! उपत्यका नाकाबन्दी गरे पछी बिस्तारै बिस्तारै बिसाल नेपाल जोडे
! दाज्यु भाइको घर झगडामा छिमेकी संग मिलेर बनाएको अहिलेको रणनीतिले के के पायो के
के गुमायो ? सबैले देखेको भोगेको लाइ मैले
बयान गर्नु जरुरि ठानिन ! त्यसैले यत्ति मात्र भन्छु जय होस रणनीतिको !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment