हिजो आज भारतीय सबै संचार माध्यमहरुमा एउटा सनसनीखेज खबर छाएको छ ! सत्तासिन पार्टीको सुप्रिमो अर्थात आजको भारतको सबै भन्दा सक्तिसाली महिला ब्यक्तिको छबी बनाएकी भारतीय कांग्रेस नेत्री श्रीमती सोनिया गान्धीको एक्लो ज्वाई नारान राबर्ट बाड्राले सरकारलाई चुना लगाउदै करोडौ करोड रकम हाम गरे ! अहिले यतिखेर कस्ले कारबाही गर्ने ? सक्ति र सत्ताको सुप्रिमोका ज्वाई नारान जो परे ! यदि भोलि कारबाही हुने नै भयो भने कुन चैँ गरिबको छोराले दुख पाउने हो त्यो हेर्न लाइ समयलाई कुर्नु पर्छ !
..
हाम्रो नेपालमा पनी यस्तै सत्ता र सक्तिले मात्तिएका ने.का.को स्व.गिरिजा कोइरालाको नातिनी ज्वाई रुबेल चौधरीले मै हु भन्ने पुलिसको चिफ साप देखि सइ सापहरुलाई एपीसी रुपी ब्रम्हास्त्रले हिर्काएर दिउसै आकासको तारो देखाई दिए ! सन्जोग पनी कस्तो उताको ज्वाई नारानको 'मदर इन ल' स माने सोनिया अनि यताको ज्वाई नारानको 'मदर इन ल' पनी सु माने सुजाता ! घर पनी ठ्याक्कै एकै किसिमको अगाडिको नाम मात्र फरक अर्थात उताको भारतीय यताको नेपाली = कांग्रेस पार्टी ! भाषा, संस्कृती, खानपान, चालढाल ठयाक्कै सुद्द सतप्रतिसत मिल्ने ! तर फरक चैँ के मा परो भने उताको ज्वाई नारान सुद्द देसी अनि यताको ज्वाई नारान सुद्ध बिदेसी !
..
उता पनी जनताको छोरा छोरीले रोटि रोटि भन्दै सरकार सित अनुनय बिनय गर्छ ! यता चैँ एक गास ढिडो धरि पेट भरि खान पायेनौ भन्दै सराप्दै बस्छ ! फरक यत्ति हो यताको ज्वाई नारान माल गुटुमुटु पारेर टिएपी टाप ! उताको ज्वाई नारान 'कौन माइकालाल हे हमसे टक्कर लेनेका' भन्दै हाँक दिंदै बसेका छन ! आखिर उताको ले होस वा येताकोले भन्ने अन्तमा त उही नै हो क्यार 'हे भोलेनाथ यी महंगा ज्वाई हरु लाइ ठिक पार ! लाखौ गरिबले खाने जिनिस एक्लैले घिचे प्रभु !
No comments:
Post a Comment