Wednesday, October 10, 2012

सिज फाएर !

हिन्दि चलचित्र तथा हिन्दि नम्बर प्लेट लगाको मटर बिरुद्द युद्द छेडेको ड्यास माउबादीले अकस्मात आज 'सिज फायर' (युद्ध बिराम) गर्नु भनेर आदेस दिएछ ! किन सिज फाएरको आदेस दिनु भाको भनेर बेतलबी समोसे पत्रकारले ड्यासको पितामह बैद्यबालाइ सोधनी गर्दा बैद्यबाले रिसले आगो हुँदै भन्नु भो हाम्रा भुराहरुले दसैँ मान्नु परेन ? छुच्चो बेतलबी समोसे पत्रकारले फेरो सोधेछ बैद्यबा हजुर हरुत सर्वहारा होइन र ? अनि सर्बहारा ले त धर्म संस्कृती चाब पर्व केहि पनी मनाउदैन भन्छन ! बैद्यबाले एक छिन गम्नु भो अनि टेबुलमा रहेको मेड इन इन्डियाको लेबल लागेको 'बिस्लारी' मिनरल वाटर एक घुट्को निली सके पछी सान्त हुँदै भन्नु भो हेर बाबु पत्रकार मान्छे दुइ बीस काटे पछी परिवर्तन हुन्छरे ! त्यहि माथि हामी पशुपतिनाथको देशबासी ! हिजो 'जय गोरखकाली' भन्दै युद्ध लडेको भए क्रान्ति सफल हुन्थ्यो होला ! 'जय गोरखकाली' अनि 'जय भोले' नभनिकन युद्द लड्दा खै के के भो भो ! त्यसैले अब फेरी पनी हामीले त्यो अक्षम्य गल्ति नदोहर्याउने प्रण गरेका छम ! बुझ्नुभो पत्रकार बाबु ? बेतलबी समोसे पत्रकारले पनी बुझे बैद्यबा भनेर बाटो लागेछ !

No comments: