सातु भनेको एक हुन्छ दुवा भनेको दुइ
कुलंगार नेताहरुले चढे जनताको बुइ
..
तिगा भनेको तिन हुन्छ अम्पात भन्या चार
कतिन्जेल सहने हाम्ले इनिहरुको अत्याचार
..
लिमा भनेको पाँच हुन्छ अनाम भनेको छ
अब भने पक्कै हामीले बिचार गर्नु पर्छ
..
तुजो भनेको सात हुन्छ लापान भनेको आठ
गरिब जनताको पारे इन्ले आज बिल्लीबाठ
..
सम्बिलान भनेको नौ हुन्छ सपुलो भनेको दस
इनका अत्याचार सहने हो भने चुपलायेर बस
No comments:
Post a Comment