आज बि.बि.सी.नेपाली सेवाको कार्यक्रममा नरहरी आचार्य र देबेन्द्र लाल नेपालीको ताजा बहस सुन्न पाइयो ! देबेन्द्र लाल नेपालीले गणतन्त्रले देशमा जुट हैन फुटको स्थिति पैदा गरेकोले २०४७ सालको संबिधान ब्युताउनु पर्छ भन्नु भो ! नरहरी आचार्यले हुन्न र बिस्व बाटै फालिन लागेको राजतन्त्र स्वीकार गर्न सकिन्न पनि भन्न भ्याउनु भयो ! प्रश्नकर्ताले बेलायतको उदाहर्ण दिंदा त्यो देशमा पछी फर्केको र सबै देश बेलायत जस्तो हुदैन भन्नु भयो ! देबेन्द्र लाल नेपालीले स्व.बि.पी.कोइराला, स्व.किसुनजी, स्व.गणेस मानको उदाहरण को साथ् अन्तरिम संबिधान बनाउने बेलामा राजा फ्याक्ने कुरा थिएन भन्दा उहाले त्यसको ठिक र चित्त बुझ्दो जवाफ दिन सक्नु भएन !
(क्रमस.... )
नेपालको हकमा राजसंस्था फर्केला नफर्केला त्यो गर्भको कुरा हो ! नरहरी आचार्यलाई कांग्रेसको स्पस्ट वक्ता र स्वतन्त्र व्यक्ति भनेर चिन्दछन ! तर उहाले आजको प्रश्न लाइ अत्यन्तै हलुका ढंगले दिनु भयो ! जापानमा राजा संबैधानिक नियम कानुनमा बाधिएर बसेका छन ! बेलायत र कम्बोडियामा फालिएको राजसंस्था पछी पुन स्थापना भएका हुन ! कुनै देशमा राजा सक्तिसाली छन ! हुकुमी सासन चलाउछन भने कुनै देशमा संबिधानमा बाधिएर बसेका छन !नेताकै कुरा गर्ने हो भने विस्वका धेरै मुलुकमा अहिले पनि तानाशाह नेताले मुलुक हाकेका छन ! उत्तर कोरियामा बाजे पछी बाबु र त्यस पछिका छोराले मुलुक हाकेका छन भने त्यसलाई के भन्ने ? पारिवारिकवादमा शासन चलाउने ति पार्टी पनि एक किसिमको अस्थाई राजतन्त्रात्मक प्रणाली हो कि हैन ? धेरै टाढा किन जानु नजिकै हेर्नुस भारत ! त्याहाका पार्टीहरु के कस्ता किसिमले चलेका छन ? नेपालकै हेर्नुस उहाँकै पार्टी नेपाली कांग्रेसमा आजका मिति सम्म कति जना जन जाति नेताले त्यो पार्टी हाक्यो ? त्यस्तै कम्युनिस्ट पाटिहरुमा पनि छ भने कुन चाहिँ ब्यबस्था ठिक कुन चाहिँ बेठिक ? कुन चाहिँ फाप र कुन चाहिँ अफाप ? लाखौ जनताले पाउने बिकासको लागि छुट्याएको सरकारी रकम भ्रस्टाचार गरेर एक्लैले खाने नेता र तिनका पार्टी ठिक कि बेठिक ? २३ बर्षमा नेपालको जनताहरुले राम्रै संग बुझी भोगी सकेका छन ! देबेन्द्र नेपालीको कुरामा म यो मानेमा सहमत छु कि उहाले पनि रा.प्र.नेपालको कमल थापा, जन मोर्चाको चित्र बहादुर के.सी र मजदुर किसान पार्टीको नेता क.नारायणमान बिजुक्छे को भाषालाइ समर्थन गर्नु भो ! त्यसैले मिलेर बसेको समाज र देस लाई टुक्राउने यस्ता बहुलट्ठी ब्यबस्था तथा तिनका पार्टी अनि तिनका नेता तथा कार्यकर्ता हरु यो सुन्दर शान्त देशको लागि भस्मासुर हुन ! भगवान पशुपति नाथले यस्ता हरु लाइ सद्बुद्धि प्रदान गरुन !
No comments:
Post a Comment