Home » , » गरिबको लागि लड़ने लालकंगालहरु एकाएक धनपति कसरी भए ?

गरिबको लागि लड़ने लालकंगालहरु एकाएक धनपति कसरी भए ?

Written By खांट्टी कुरा on Sunday, May 27, 2018 | May 27, 2018

पन्चेती शासनमा पाउरोटी चप्पल पड्काउने लालकङ्गालहरु अहिले श्री ३ माहाराज सरहको हैसियतमा कसरि पुगे ?
राणाशाहीले देस र जनताको लागी केहि गरेन । जनतालाई दास बनाए । बोल्न लेख्न र स्वतन्त्रता पाएन भनेर २००७ साल भन्दा अगाडी देखिनै देस भित्र र बाहिर बसेर क्रान्ति गरे । जनता नेपालमा उर्लिए तर राणाशाही संगको सम्झौता भारतको दिल्लीमा बसेर गरे । सिधा र सहि अर्थमा भन्ने हो भने नेपालमा २००७ सालमा स्थापना भएको पहिलो पटकको प्रजातन्त्र बिदेसि अझ खासगरी छिमेकी भारतको चाहना र हितमा हो भनेर बुझ्न सकिन्छ । उदाहरणको लागी नदि देखि खोलानाला र सिमा मिचाई हेरे पुग्छ ।

२००७ सालमा राणा शाही हटाउने भन्दै गरिएको आन्दोलनको जस नेपाली कांग्रेस पार्टीलाई गएको थियो भने त्यो समयमा गरिएको क्रान्तिमा कम्युनिस्टहरु पनि संलग्न थिए तर नगण्यरुपमा । बहुमतको संख्यामा कांग्रेसीहरु भएको हुँदा जस जति कांग्रेसले पायो किनभने त्यो बेला नेपालको जनताले कम्युनिस्टको अर्थ पनि बुझेका थिएनन । नेपालमा कम्युनिस्ट पार्टी पनि छ भनेर धेरै नेपाली जनताहरुलाई थाहा पनि थिएन । २०२८ सालको झापा काण्ड पछी मात्र नेपालमा पनि कम्युनिस्टहरु रैछन भनेर धेरथोर जनताले जान्ने र बुझ्ने मौका पाएका हुन  ।
नेपालमा सबै भन्दा दुख्याहा पार्टी नेपाली कांग्रेस हो । हिजो क्रान्तिको नाउँमा राणा शाही देखि पंचायती शासनमा जेलनेल देखि सरकारको चरम दमनमा नेपाली कांग्रेसकै असंख्य पार्टीका नेता देखि कार्यकर्ताहरु परेका थिए । पटक पटक आन्दोलनको नेतृत्व गर्ने मौका पाएको नेपाली कांग्रेसले जब आन्दोलन सफल भएर सत्तामा जाने मौका पाउछ त्यसपछि ‘नानी देखि लागेको बानि’ देखाउन थालेकै भएर होला नेपाली कांग्रेस भनेको सामन्तीको पार्टी हो भनेर कुनै समयमा कम्युनिस्टहरुले आरोप पनि लगाउथे । हैन पनि भन्न सकिन्न किनभने कांग्रेस भनेको कुम्भकर्णका फौजहरुले भरिएको पार्टी हो ।
सामन्ती अर्थात धनीमानी । यो पदवी हिजो पंचायतमा लाग्नेहरुले पनि पाएका थिए  भने जन्मिदै जर्नेलको दर्जा पाउने राणाहरुको बिषयमा त झन के टिप्पणी गराई भो । देस र जनतालाई नचुसे सम्म धनि बन्न पाइदैन । धनि नभए सम्म गरिबहरुले हेपेर भन्ने गरिएको सामन्तीको दर्जा पाईदैन ।
२००६ सालमा जन्मेको कम्युनिस्ट पार्टीहरु टुट्दै जुट्दै फुट्दै फेरी एकआपसमा गोलबन्द हुँदै पटक पटक क्रान्तिको नाउँमा गरिब तथा दुखिया जनताहरुलाई ‘गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेण्टी पक्का’ भन्दै सडकमा उचालेर सत्तामा पुगे । हिजो पंचायती शासनकालमा बिहान बेलुकी दुई छाक हातमुख जोर्न नसक्ने गरिब जनताको घरमा सेल्टर (आश्रय) लिएर तिनै गरिब जनताको दिमाग भुटेर सडकको राजनीतिमा होमे र होमिन लगाए । क्रान्ति देखि आन्दोलन सफल भयो भन्दै पटक पटक सत्ताको स्वाद पनि चाख्न पाए र अहिले पनि चाख्दैछन ।
२०३६ देखि ४६ सालको बिचमा साहुको ऋण तिर्न भनि गाको मेरो छोरो..... मेरो छोरो धनजिते फेरी फर्केन’ भन्दै जनभाकाको करुण रसको गित होस या लौ उठ नारि अब एक जुट भै देउ चण्डी बनिदेउ कति संधै दाशी हुने’ भन्दै बीर रसको गित गाएर जनताको नाउँमा राजनीति गरेर आफुलाई खाँटी कम्युनिस्टको परिचय दिन अहिलेका नेताहरु सफल पनि भएका थिए । पंतिकारले अहिले सम्म पनि बिर्सन नसकेको त्यो बेलाको गीतको यो टुक्रालाई अहिले धेरै नेताहरुले बिर्सी सकेका छन र यदि बिर्सेका छैनन भने सम्झिन पनि चाहदैनन ।
कुरो शोषक र सामन्तीको उठ्न सक्छ । हिजो २०४५ सालमा आफैले सामन्तीको दर्जा दिएको कांग्रेस संग घांटी नजोडेको भए अहिलेका कम्युनिस्ट पार्टीका नेताहरु अहिले सम्म पनि गरिग गुरुवाहरुको रासन पानीमा बाँचेर सेल्टरकै राजनीति गर्दै हिड्थे होलान । 

कांग्रेस पार्टीको संस्थापक नेता स्व.बि.पी २०४६ साल सम्म बाँचेको भए  कम्युनिस्टहरू संग पक्कै पनि लगन गाँठो कस्दैन थिए किनभने स्व.बि कोईराला आफु बाँचुन्जेल कहिले पनि कम्युनिस्ट पार्टीको संगत गरेनन । आफ्नाहरुलाई पनि गर्न दिएनन । जानेर र बुझेरनै स्व.बि.पी त्यस्तो गरेका थिए तर आफ्ना जन्मदाताले किन त्यस्तो गरे भन्ने कुरोको चुरो पत्ता नलगाई छयालीस सालमा जोडेको घांटीले गर्दा अहिले कांग्रेसीहरु पछुतो मान्दैछन ।
पंचायत ढालेर प्राजातान्त्र स्थापना गर्ने भन्दै प्रजातन्त्रको  लडाई लडेर आएको पार्टी एमाले र उत्तरी छिमेकी देस चिनका स्वर्गीय नेता कमरेड माओको नाम बेचेर 'गणतन्त्र हामीले स्थापना गरेको हौभन्ने माओबादी पार्टी अहिले आएर एकीकरण भए । एमाले होस या माओबादी यी दुवै कम्युनिस्ट पार्टी हुन तर हिजो जनयुद्धको नाउँमा एमाले पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरुलाई माओबादीहरुले दुस्मनको पगरी भिरायर सफाया देखि अंगभंग हुँदै आफ्नै थातथलो छोडन बाध्य बनाएको घटनालाई बिर्सदै दुवै मिलेर बनेको पार्टीको नाम पनि 'नेपाल कम्युनिस्ट पार्टीभनेर राखेका पनि छन । यस्तो गर्दा आफ्ना कार्यकर्ताहरु खुसि भए कि दुखि त्यसको बयान के गराई भो ।
देसमा यतिखेर रास्ट्रपति देखि प्रधानमन्त्री, सभामुख देखि रास्ट्रिय सभा, प्रदेसहरु सम्म एमाले-माओबादीको बिचमा लगन गाँठो कस्सिएर बनेको कम्युनिस्ट पार्टीको सरकार छ । यी दुईको घांटी जोडाइले गर्दा देसमा प्रजातन्त्रको जग बसाल्ने P]तिहासिक कांग्रेस पार्टी बिपक्षमा पुग्न बाध्य भएको छ । सरकार गठनको १०० दिन पछी जनताको अगाडी प्रधानमन्त्री देखि मन्त्रीहरुले पेस गरेको सम्पति विवरण हेर्दा यतिखेर सत्ताका स्वाद चाख्दै बसेका कम्युनिस्ट पार्टीका मन्त्रिहरुले कांग्रेस देखी पुराना पन्चहरुको पार्टीहरु लाई उतिबेला आबेगमा आएर हामीहरुले 'सामन्तीको पार्टीभनेर हामीले आरोप लगाउनु हुन्थेन भनि सोच्दै बसेका होलान ।
हिजो सरकारको बिरुद्ध लडाई लड्नु भन्दा अगाडी जन समर्थन जुटाउने उद्धेश्यले जनताको घर दैलोमा जाँदा कम्युनिस्टहरु भनेका जोगी हुन भोगी हैनन । कम्युनिस्ट पार्टीमा लाग्नेहरुको कुनै जात धर्म हुदैन । कम्युनिस्ट पार्टीमा लाग्नेहरुको धन सम्पति सबै पार्टीको हुन्छ भनेका थिए ।
हिजो त्यस्तो भन्ने लालनेताहरुले अहिले मन्त्रि पदमा पुगेपछि पेश गरेको सम्पति विवरण हेर्दा तोलाका तोला सुनचाँदीहिरा जवाहरात देखि करोडौको बैंक ब्यालेन्स तथा सेयरहरु देखिन आएको छ । जनबादीको नाउँमा आफ्नो कुल धर्म र संस्कृति देखि परम्परा मिचेर बिहा गर्दा आफ्ना जन्ती कमरेडहरुलाई एक एक कप तातो चिया त्यो पनि कालो फिक्का समेत खुवाउने हैसियतमा थिएनन तर अहिले आएर विलासी गाडी चढ्ने हैसियतमा कसरि पुगे श्रीमतीको नाउँमा आएको दाईजो भन्नेहरुले हिजो जनताको घरमा सेल्टर लिएर आफ्नै सहकर्मी संग जनबादी बिहा गरेको एक दुई दसक नबित्दै कसरि धनबादी बन्न पुगे । आफ्नो कमाई भनेको सबै पार्टीको हुन्छ भन्नेहरुले सम्पति विवरण खुलाउँदा ति सबै सम्पतिहरु पार्टीको नाउँमा देखाउनु पर्ने हो कि होईन ?
२०४६ साल पछी सबै पार्टीका नेता देखि तिनका तल्लो तहका कार्यकर्ताहरु सम्म मालामाल बनेका छन । माईक्रो फाईनान्स सहकारी देखि बैंकनिजि स्कुल देखि कलेज सम्म खोल्ने  हैसियत बनाई सकेका तिनीहरुले हिजो पन्चेती शासनकालमा निजि शिक्षा प्रणालीको बिरोध पनि गरेकै थिए । छिमेकी भारतको बिषयमा भीत्ता भित्तामा लेखिएका उग्र नारा देखि पर्चा पम्पलेटमा लेखिएको बिरोध पनि देख्न र पढ्न पाईएको थियो तर क्रान्ति नेपालमा सन्धि र सम्झौता भारतमा बसेर गर्न समेत कम्युनिस्ट पार्टीका नेताहरु लाज मान्दैनन भने नेपालको कम्युनिस्ट पार्टीले अब पनि कांग्रेस देखि पुरा पूर्व पन्चहरुको पार्टीलाई शोषक र सामन्तीको पार्टी भनेर भन्न सक्ने ह्याउ राख्लान नेपालको कम्युनिस्ट पार्टीका नेताहरुले देस र जनताको लागी क्रान्ति गरेका रैछन कि आफ्नो लागि भनेर सोध्ने बेला भयो कि भएन ?
(प्रदेस रास्ट्रीय दैनिक हेटौडा मकवानपुरको मिति २०७५/०२/१३ गेट आईतवारको अंकमा प्रकाशित)
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger