आई बक्स्योस, भुजा ज्युनार गरि बक्स्योस, नजर
गरि बक्स्योस अर्थात भाका नेपाली नै हो तर पछाडी .. स्योस लगाएको देख्नासाथ,
सुन्नासाथ 'सामन्ती' शब्द हुन्छ ।
गरिब मारेर धनि भएसी बल्ल सामन्ती हुन्छन । पन्चेतीकालमा
कांग्रेस र कम्युनिस्टले जनताहरुको घर दैलोमा गएर यस्तै भन्थे ।
बिचरो सामन्ती पन्चेतलाई ३० बर्ष टिक्न दिएनन ।
चैत २६ को कालोग्रहणले नेपालको माटो सुहाउँदो पंचायती ब्यबस्था स्वाहा बनाईयो ।
बाबुराम भटराई आफुलाई खाँटी कम्युनिस्ट भन्छन ।
प्रधानमन्त्री भए पछी मेरो अगाडी कसैले पनि सामन्ती भाखा नबोल्नु भन्ने उर्दी जारि
गरेको पनि देखिएकै हो ।
शोषक र सामन्तीको दर्जा पाएका खाँटी पन्चेहरु अहिले
हरिकंगाल भएका छन । पन्चे भन्दा हरि कंगाल जंगे महाराजको सन्तान छन । बिदेसी सामु
ति दुबैले घुंडा टेकेनन । टेकेको भए नेपालमा अहिले पनि श्री ३ महाराजकै शासन हुन्थ्यो
।
२०४६ साल पछी कांग्रेस र कम्युनिस्टले पनि
सामन्ती भेषभुषा, भाषा, लवाई खवाई सिके । त्यसैको प्रभावले होला हिजोका
हरिकंगालहरु अहिले श्री ३ को खांगी खाने हैसियतमा पुगेका छन तर खाँटी कुरा चै के
भने चैत्र २६ गते आएको दिनमा यिनको मन अझै पनि झसंग हुँदो रहेछ । सामाजिक संजालहरुमा
पोस्ट भएको लेखाईले त्यहि देखायो ।
राणा देखि पंचायतलाई नजिकका आसेपासे चाटुकारले
स्वाहा बनायो । राणाकै पालाको चाटुकार सातसाले प्रजातन्त्रमा छिरेकै हो । सत्र सालमा
पंचायत ल्याउन तिनैले भूमिका खेले । छयालीस देखि चौसट्ठी ल्याउने पनि तिनै हुन ।
धन र दौलतको लागी आफैलाई निलाम गर्न पछी नपर्ने तिनैको मोहजालमा अहिलेकाहरु नराम्रो
संग फँसेका छन ।
चाटुकारहरु संग ईमान जमान देखि नैतिकता हुन्न ।
धन दौलतको लागी देश बेच्न पछी पर्दैनन । उदाहरणको लागी सिक्किमे काजि लेण्डुप
दोर्जीलाई हेरे पुग्छ तर लेण्डुप बन्न जति सजिलो छ मरणको बेलामा पाईने तिरस्कार सास्ती
कस्तो हुन्छ भन्ने कुरा सिकिमको ईतिहास खोजेर पढुन ।
0 Comments:
Post a Comment