-जनक मान डंगोल
निरंकुस र तानाशाहीमा कम्युनिस्ट पार्टी संसारमा अब्बल नै छ । यिनीहरु प्रजातन्त्र र लोकतन्त्रमा बिस्वास राख्दैनन । सत्तामा पुग्नको लागी यिनीहरुले गरेको क्रान्ति र सत्तामा पुगी सके पछी यिनीहरुले जनता माथि गरिने दमनको उदाहरणमा अहिलेको सत्तासिन पार्टी गतिलो उदाहरण बनेर देश बिदेशमा चर्चा बनेर छाएको छ ।
नेपालको लोकप्रिय बिधुतिय पत्रिका देश संचारमा २४ घण्टा भित्र प्रकाशित समाचारहरु मध्ये ने.क.पा एमालेको बिधान महाधिबेसनको समाचारको यो अंस हेर्नुस.... एमालेको विधान महाधिवेशन अध्यक्ष केपी ओलीको महत्त्वाकांक्षालाई अनुमोदन गरेर सकिएको छ ।
ओलीले नै आठौँ महाधिवेशनमा पेश गरेको ‘पार्टीको लोकतान्त्रिकरण गर्ने प्रस्ताव’ले एमालमा बहुपद, दुई कार्यकाल र ७० वर्षे उमेरहद राख्ने वैधानिक निर्णय गरेको थियो ।
अहिले आफ्नै पूर्व प्रतिबद्धताविपरीत ओलीले विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि बाटो खोलेका हुन्। पूर्वराष्ट्रपति एवं पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको नवीकरण भएको पार्टी सदस्यतालाई खारेज गरेर ओलीले तेस्रोपटक पनि अध्यक्ष हुने बाटो खोलेका हुन् ।
https://deshsanchar.com/2025/09/07/1089293/
जेनजी पुस्तालाई प्रधानमन्त्रीको धम्कीः कानुनबारे जानेकै होला https://deshsanchar.com/2025/09/07/1089154/
राणा शासनको समयमा राणाशाहीको अत्याचार सहन नसकेर देश भित्र प्रजा परिषद पार्टी खोलिएको थियो । जुन पार्टीलाई पिंजडामा कैद गरिएको राजालेर समेत गोप्यरुपमा समर्थन गरिएको भनेर ईतिहासमा लेखिएको छ । देशमा बिरोधको बिषयमा खोलिएको पार्टीलाई साथ र समर्थन दिनुको साटो बिदेसी भुमि छिमेकी भारतमा गएर कांग्रेस र त्यसको २ बर्ष पछी कम्युनिस्ट पार्टी खोलिए । कांग्रेस र कम्युनिस्ट पार्टीले आन्दोलन गरेर देशमा प्रजातन्त्र त ल्याए तर देशमा बिदेसिको हैकम मज्जाले चलेको पनि देखिएको थियो । यदि त्यो समयमा राजा महेन्द्रले कांग्रेस कम्युनिस्ट पार्टीहरु माथि प्रतिबन्ध नलगाएको भए आज नेपाल पनि सिक्किम जस्तै भारतको एउटा हिस्सा बन्न पुग्थ्यो ।
कम्युनिस्ट पार्टीमा लागेर शिर्ष पदमा पुगेपछि बाचुन्जेल पद छाड्दैनन । समय पुगे पछी नेतृत्व दोश्रो पुस्तालाई छाड्थे भने कम्युनिस्ट पार्टीहरु दर्जनौको संख्यामा पक्कै पुग्दैन थियो । आफुले पाएको पद नगुमोस भन्नको लागी जस्तो सुकै कदम चाल्न पनि पछी पर्दैनन भन्ने ताजा उदाहरण माथि देश संचार बिधुतिय पत्रिकामा छापिएको समाचारलाई पढे पुग्छ ।
संसारमा जहाँ पनि जब अन्याय र अत्याचारले सिमा नाघ्छ त्यस पछी सुरु हुन्छ आन्दोलनको आँधीबेहरी । यदि प्रधानमन्त्रीले सत्ताको उन्मादमा म नै राज्य म नै कानून हो भनेर सम्झेका छन भने अन्तिममा भनिने शब्द 'बिनासकाले बिपरित बुद्धि' मात्र हो ।
२०८२/०५/२३


