नेपालमा २०३२ पुस १४
देखि ट्रली बस सञ्चालनमा आएको थियो । तीन दशकसम्म राजधानीवासीलाई सेवा
दिएको उक्त ट्रली बस २०६६ सालदेखि पूर्णरूपमा बन्द भयो । नेपालमा विद्युतीय बसको इतिहास चार दशकभन्दा लामो छ तर राजनीतिक खिचातानी
र कार्यकर्ता भर्ती केन्द्रको रूपमा परिणत भएपछि चीन सरकारको अनुदानमा
सहयोगमा सञ्चालित ‘ट्रली बस’ लामो समयसम्म सञ्चालन हुन सकेन । काठमाडौँबाट
मध्यपुर ठिमी र भक्तपुरको सूर्यविनायकसम्म १३ किलोमिटर सडकमा सञ्चालन भएको
३२ वटा ट्रली बस अहिले कवाडीमा परिणत भइसकेको छ । ४३ वर्षअघि २२ ट्रली
बससहित चीन सरकारले स्थापना गरिदिएको ट्रली बस सेवामा २०५२ सालमा दाताले १०
बस थपेको थियो । बन्द हुने बेलासम्म नौवटा मात्र चालू अवस्थामा थिए ।
0 Comments:
Post a Comment