सधै जसो पोट (लुडो) खेल्ने जमातेको हुला गएर माथ्लाघरे माइला दाइले भने केटा
हो लु पोट (लुडो) हानु भन्दै हात्ती तेर्स्याए ! संगै बसेको एक जनाले भन्यो ओइ
माइला हिजो सयको नोट निकाल्न सक्दैन थिस काहा बाट हात्ती भेट्टाइस ? अर्कोले भन्यो
के हो हिजो त मेरै बिजुली को ठुटो तानेको थिस ! फेरी अर्कोले भन्यो के हो गोजा त
सिखरको बट्टा छ त ! माइला दाइ लाइ झोक
चालेछ रे भने अर्काको खोजीनिती नगर ! छेउमै बस्ने भाइले भने के हो काका त दिउसै मगमग
बास्ना आको छ त ! अनि घोचेर भने हिज त हाम्रा बा सित लसुन टोक्दै खोया बिर्के
तान्या देख्या आज त हुस्की खानु भो कि क्या हो ? नजिकै बसेर चर्तिकला हेरी रहेको
बुढाबाले मनमनै भने पक्कै पनि यसको छोराले बिदेसाट आज रेमिटान्स पठाईदया हुनु
पर्दछ ! बुढा लाइ सहि नसक्नु भो र भने ए माइला छोरोले पठाको पैसामा यस्तो रयाल
छयाल गर्न तलाई लाज लाग्दैन ? अस्ति हाम्रो कान्छाले भन्दैथ्यो ‘माल्दाई को छोराको
काम त सारै गारो रैछ बा ! खाडीको त्यस्तो प्रचण्ड घाममा बाहिर बसेर काम गर्नु
पर्दो रैछ’ ! तेरो छोराले त्यस्तरी दुख गरेर पैसा पठाछ ! बाउ भनौदो को यस्तो पारा
थुक्क ! बुढाले मनमनै सोचे यी तिनै लाठे हरु हुन हिज इनिहरुलाई भेटन कि सनिवार कि
चाडवाड आउनु पर्थ्यो ! कामले फुर्सद पाउदैनथे ! सधै हतारो मै हुन्थे तर आज
बेरोजगार भएर बरालिएर हिडेका छन ! के के नै गर्छ्म भनेर प्रजातन्त्र त्यतिले
नपुगेर अझ राजा फालेर गणतन्त्र समेत ल्याए ! २३ बर्षमा हाम्रा राजनीतिक
पार्टीहरुले के दिएछन त जनताहरु लाइ ?
Wednesday, October 03, 2012
रेमिटान्स !
खांट्टी कुरा
October 03, 2012


