गाउँका धेरै मान्छे गाउँ नजिकैको कारखानामा काम गर्थे ! हिजो उद्योगको जग राखेकै बेलामा गच्छे अनुसारको काम काज गरेकै भएर तिनीहरुलाइ नै भर्ना गरिएको थियो ! प्राय सबैले काम पाएका थिए ! कसै कसैका त जोइ पोंई काम गर्थे तर सिफ्ट मिलाउन लगाएका थिए ! हासी खुसि रमाइलै संग जीवनको गाडी दौडिदै थियो !
पुरानो ब्यबस्था सोषकी हो यस्तो व्यवस्थाले मजदुरहरु मात्रै हैन कसैको पनि भलो गर्दैन ! त्यसैले साथीहरु अब आन्दोलन गर्नु पर्छ भनेर एकजनाले उचाले ! पहिला त कसैले पनि वास्ता गरेका थिएनन ! आन्दोलन गर्न उकसाउने साथि वाकपटुता, कहा, को कसलाई कसरि बोल्न पर्छ भन्नेमा समेत माहिर रैछन ! आज एकजना, भोलि दुइजना गर्दै महिना दिन नपुग्दै आफना पक्षमा अधिकांश मजदुरहरुलाई पार्न सफल भए ! संगठन खोल्नु पर्छ, माग राख्नु पर्छ भन्ने कुरा समेत थाहा नभएको मजदुरहरुको नसा छाम्न माहिर भै सकेका तिनले एक दिन प्रस्ताव राखे लौ साथीहरु अब संगठन खोल्नु पर्यो ! तपाईहरु मध्ये को बन्न चाहनु हुन्छ अध्यक्ष भनेर सुर्याई हाले तर कोहि बोल्न सकेनन र अन्तमा एकजनाले भने तपाइँ नै बन्नुहोस र के के गर्नु पर्ने हो सबै चान्जोपाजो मिलाउनुस उसले चाहेको पनि त्यहिनै थियो ! उद्योग भित्र भित्र भित्रै संगठन खुल्यो तर उद्योगका पदाधिकारीले थाहा पत्तै पाएन ! मजदुरका नेता बने ति र मौकाको ताकमा थिए ! एक दिन मजदुरहरुलाई उकस्याय र भने साथीहरु अब हामीले आधिकारिकरुपमा ट्रेड युनियन खोल्नु पर्छ, माग राख्नु पर्छ त्यसको लागि हामीले सात दिन भित्र हाम्रो माग पुरा नभएमा हड्ताल गर्छौ भनेर भोलिनै जानकारी दिए कसो होला ? सबैले हो मा हो मिलाए ! योजना अनुसार भोलिपल्ट सबै मजदुरहरु ग्वारग्वार्ती सिधै हाकिमको कोठा पुगेर नारा लगाउन थाले र भने 'हाम्रो माग पुरा गर' हामीले संगठन खोल्न पाउनु पर्छ' ! त्यो चाला देखेर उद्योगको हाकिम जिल पर्यो र भने 'के चाला हो तिमीहरुको ? आज त गाइजात्रा पर्व त पक्कै होइन होला ? हाकिमको कुरा सुन्ना साथ् पछाडी बाट तिनै स्वघोषित नेताले यस्तो यस्तो भन्नु पर्छ भन्दै उचाले मजदुरहरु लाइ तर अगाडी देखा परेन ! मजदुरको आक्रोसित भिड देखेर अन्त्यमा हाकिमले भने भोलि मन्त्रालयमा जानकारी गराए पछी तिमीहरुसित कुरा गरुला ! हाकिमले माथि कुरा गरे र समयको मागलाई बुझेर होला 'युनियन खोल्न दिनु' भन्ने जवाफ आयो ! भोलिपल्ट हाकिमले भने सप्पै आउनु पर्दैन तदर्थ समिति बनाएर आओ ! बस ति मजदुर नेता भनाउदोले आफ्नो अध्यक्ष्यतामा युनियन गठन गरे ! बिस्तारै बिस्तारै सबै ठाउँमा युनियनको माग उठ्यो र गठन पनि भयो र अन्त्यमा ति धुर्त खेलाडी सबैका प्रिय मजदुर नेताको रुपमा उदाए ! समयले कोल्टो फेर्यो दिनहु बन्द हड्ताल, आगजनी इत्यादि कार्यमा मजदुर हरु प्रयोग हुन् थाले ! मजदुरले काम गर्न छाडे हिजो गुल्जार भाको कारखाना बिस्तारै बिस्तारै घाटामा जान थाल्यो ! हिजो बोनस. बिभिन्न भत्ता थाप्थे तर घाटामा गए पछी के गरि खुवाओस ! अन्त्यमा एक दिन कारखाना नै बन्द हुने स्थितिमा पुगे पछी बल्ल ति मजदुरहरुले ति छट्टु नेताको चाललाइ बुझे तर धेरै ढिलो भै सकेको थियो ! कारखाना धेरै वित्तीय घाटामा गयो भन्दै सरकारले कारखाना बन्द गर्दियो ! अब सुरु भयो मजदुरहरुको दुर्दिन !
एक दिन सोहि बन्द भाको कारखानामा काम गर्ने छिमेकी दाइ लाइ सोधे के छ दाइ हालखबर ? कस्तो चल्दैछ ? दाइले रुंला रुंला जस्तै गरि भने बाबु हामीले नेताको कुरामा लागेर आफ्नो खुट्टामा आफैले बन्चरो हान्येउ ! भुरा पढाउन पनि सकिएन ! खान कै धौ धौ छ. के गरि पढाउनु बाबु भन्दै खुइय्य गरे ! मैले भने अनि तपाईहरुको त्यो नेता काहा छ त ? दाइले भन्नु भो 'काठमाण्डौ मा टोपी खस्ने घर बनाको रैछ ! अहिले त फर्केर पनि आउदैन भन्दै दाईले काठमान्डौ पट्टी फर्केर धोको पुग्ने गरि सराप्नु भो ! म भने खिन्न हुदै घर तिर लागे र मनमनै भने "यो के गर्यो नेताहो ? किन गरिबको पेटमा लात हान्येउ र यस्तो गर्दा तिमीहरुले के पायौ ? यी गरिब मजदुरहरुको आसुले तिमीहरु लाइ सधै पोल्नेछ ... पोल्नेछ .. र पोलिने रहनेछ !
Tuesday, October 02, 2012
मजदुरको नेता !
खांट्टी कुरा
October 02, 2012


