Monday, October 01, 2012

नयाँ नेपाल देखाई दिनु भयो हैन त डाक्टर साप ?

गाउँ गाउँ बाट उठ, बस्ति बस्ति बाट उठ  भन्दै अनि रक्त क्रान्तिको ज्वालामुखीमा जस्तो क्रान्तिकारी गीतको हो मा हो मिलाउँदै पंचायतकाल देखीनै कडा बिरोध गर्दै आएका कम्युनिस्ट पार्टीहरु मध्यकै एक घटक तत्कालिन स.ज.मो. हाल ए.ने.क.पा.माओबादी अहीले सरकारमा छ ! कम्युनिस्ट को  भाषामा शोषक सामन्ती तथा दलालहरु संग भएको सबै सम्पति कब्जा गरेर निर्धा र गरिब हरु लाइ बाड्नु अर्थात गरिब जनताको सेवा गर्नुनै सच्चा कम्युनिस्ट हो ! तर हाम्रो नेपाल भन्ने देशको कम्युनिस्ठ त्यहि माथि पनि महान सर्वहारा नेता माओ को नाम राखेर बनाइएको ए.ने.क.पा. माओबादीले कम्युनिस्ट हरूको सिद्धान्त अनुसारको काम कार्य हरु गरेका छन त ? लुट्न त कसैले सिकाउनु परेन ! हिजो जनयुद्धको नाउँमा भरमार लुटेका छन ! त्यतिले मात्र नभएर बहुमत भन्दै सरकारमा पनि उसैको हालीमुहाली छ !
प्रजातन्त्र तथा गणतन्त्र आए पस्चात पनि हाल देसमा भएका पुर्ब नेपाली काग्रेस तथा एमाले को सरकारको पालामा यति बिध्न अत्याचार तरिका बाट मुल्य बृद्दी भएको तथा गराइएको थिएन ! समय र परिस्थिति अनि बाध्यतामा गरिएको मुल्य वृद्धिमा हाल सरकारमा रहेको इनै पार्टीले के कस्तो प्रकारले बिरोध गर्थे त्यो कुरा सारा नेपाली जनताहरुले राम्रै संग देखि भोगी सकेको हो ! डा.प्र.म.गाउँकै पृष्ठभूमि बाट आएका हुनाले गाउँको बारेमा के बयान गर्नु ! जनयुद्ध भन्दै लड्ने बेला यी हाम्रा जनताका लागी लडेका प्रधानमन्त्रीले हिजो गाउँ घर चहार्ने बेला सबै नेपालीको घरा मनि प्लान्ट अर्थात पैसो बोट रोप्या देखेका रैछन ! हैन हौ डाक्टर साप यदि मुल्य बढाएर नयाँ मोल तोक्नुथ्यो भने थियो भने त्यो अहिले प्याटुल, डिजेल, मरतेल र ग्यासा  भाउ बढाको चित्त बुझेन ! त्यसैले आजु बाटा प्याटुला १ लिटरको दुइसे, डिजेल र मरतेला एकसे पच्चास, अनि चिया पकाउने ग्यास एक भाडोको  दुइ हजार सम्म गर्दिएका छम भन्देको भे को महान क्रान्तिकारी पार्टीको डा.प्र.म.को अगाडी कुन माइकालाल बोल्न सक्छन ? किन भने अस्ति भर्खर डा.साप बिदेसाट स्वदेसा फर्केर आउनु भा ! बिदेसा नेपालीहरु क्या मोजले दाम कमाएर बस्या रैच्चंन भन्ने कुरात प्रत्यक्ष्य आँखाले देख्या हुन नि !
त्यसैले 
रक एण्ड रोल राँगाको मासु पोल
फुट्छन याहा हुस्की बियर हाम्लाई भने झोल
भनेर गाउनु हुने प्रख्यात हास्य कलाकार  तैयब शाहज्युको यो कमेडी गित जस्तै  अहिले देसमा पनि यस्तै त्यस्तै भएको छ ! नेता तथा तिनका आसेपासे हरुको लागी हुस्की बियर फुट्नु कुनै नयाँ नौलो कुरो भएन ! तर करोडौ करोड जनताहरु गुन्द्रुकको झोल संग १ छाक ढिडो धरी पेटभरी खान नपाएर भौतारिंदै हिड्नु परेको छ ! नयाँ नेपाल बनाउछ्म, जनतालाई सुख सान्ति दिन्छ्म भनेर तपाइँ हरु जस्ता धेरैले नारा, भाषण तथा खोक्रा आस्वासन दिए मात्र ! जुनसुकै ब्यबस्था आएपनि नेपाली जनताले पाउने भनेको नारा, भाषण र आस्वासन मात्रै रैछ ! बाउराम भटराई आएसी के के नै हुन्छ भनेर कुर्लेका हामि नेपाली हरु लाइ पनी आखिर राम्रै संग असली गणतन्त्र र नयाँ नेपाल देखाई दिनु भयो हैन त डाक्टर साप ?

No comments: