Saturday, September 29, 2012

ति कसरि बुद्धका देशका नागरिक भए ?

खांट्टी कुरा     September 29, 2012    

रास्ट्रियता,प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसको मुलमन्त्र हो ! उहिले हाम्रो बाजेको पालामा २००७ साल भन्दा अघिनै डिल्लीरमण रेग्मीको छुट्टै कांग्रेस र बि.पी.हरुको छुट्टै कांग्रेसलाइ समायोजन गरेर नेपाली कांग्रेस भन्ने पार्टी कलकत्ताको टाइगर हलमा अधिबेसन गरेर जन्म्या भन्ने कुरा मैले ने.का.को पुस्तकमा पढ्या ! रास्ट्रियता, प्रजातन्त्र र समाजवाद थोत्रो भयो यसलाई निजीकरण गर्नु पर्यो यो मन्तर किन्ने कोहि छ भनेर ठेक्का हाल्न लगाएछन जी.पी.ले र बढाबढमा बोल्दा त्यो नारा कमल थापाको पार्टीलाइ परेछ !
रा.प्र.पा.नेपालको अधक्ष्य कमल थापाले जमाना अनुसार चल्नु पर्छ भनेर त्यसमा उदारवाद थपेर देश र जनतालाई पस्के ! आज ने.का.गणतन्त्रवादी भो ! पार्टीको मूल मन्त्र छैन त्यहि भएर अन्यौलमा छ तर कमल थापा आज पनी २०४६ सालमै अडिग छन ! उनले प्रजातन्त्र,रास्ट्रियता, उदारवाद, धर्म, संस्कृती सबै बुझेका रैछन ! ज्यान जाए बचन नजाय भन्दै बसेका छन ! नेपालको ९० प्रतिसत पार्टी हिन्दुस्थानमा जन्म्या बाकि १० मुलुकमा ! त्यो दसको एकमा परे कमल थापा ! लेखाइ टर्रो र तितो छ ! त्यो मुलाको साग जनक डंगोले पनी मण्डले रैछ भन्लान ! सत्यको कुरा गर्दा मलाइ मण्डले भन्छन भने पनी मलाइ केहि फरक पर्दैन ! समयले त्यहि देखाको छ ! बुद्धको देसमा जन्म्या भनेर घिरौला जत्रो नाक फुलाउछ्न ! पाइला पाइलामा फटाहा कुरा बोल्छन र फटाहा लाइ साथ दिन्छन भने ति कसरि बुद्धका देशका नागरिक भए ?

 

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .