Thursday, August 20, 2020

दर काण्ड

खांट्टी कुरा     August 20, 2020    

 तिजको विकृतिलाई समेटेर तयार पारिएको 

यो व्यंग्यात्मक क्लिप फेसबुकमा भेटेर यता 

साभार गरिएको हो😃


शुभकामना

खांट्टी कुरा     August 20, 2020    

पूर्व रास्ट्र सेवक जनकमान डङ्गोल !

Wednesday, August 19, 2020

दोहोरो चरित्र किन ?

खांट्टी कुरा     August 19, 2020    
-जनकमान डंगोल ।
पछिल्लो समय जिल्लामा खेतीयोग्य जमिन बाँझै रहने क्रम बढ्दै गइरहेको छ । बढ्दो युवाशक्तिको पलायनले जनशक्ति अभाव, उत्पादनमा कमीलगायत कारणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै गएको छ । खेती गर्न फुर्सद नभएको र जनशक्ति नपाएको कारण देखाउँदै जमिन बाँझो राख्ने जिल्लाका जमिनदारअब कारबाहीमा पर्ने भएका छन् ।
जिल्लालाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउने उद्देश्यले उच्चस्तरीय बोर्डले आठौँ जिल्ला परिषद्मा जमिन बाँझो राख्नेलाई कारबाही गर्ने नीति ल्याएको छ । हाल जिल्लामा खाद्यान्न, दलहन, तेलहन, तरकारी आदि ठुलो आकारको आयातलाई प्रतिस्थापन गर्न ग्रामीण क्षेत्रमा रहेको बाँझो जमिनलाई सिँचाइ गर्ने र सिञ्चित भएको जमिन पनि बाँझो राख्ने जग्गा धनीलाई वार्षिक प्रतिरोपनी रु ५० का दरले जरिवाना तिर्नुपर्ने प्रावधान छ ।
विलासिताका लागि बजारमा बस्ने र आफ्नो जमिन बाँझो राखेर आयातित खाद्यान्नमा भर पर्नेका लागि यो निर्णय गतिलो गाँठो भएको सरोकारवालाले बताएका छन् । सिँचाइको पर्याप्त सुविधा हुने क्षेत्रमा पनि कुल जमिनको एक तिहाइ क्षेत्र अझै पनि बाँझै रहेको तथ्याङ्क सार्वजनिक भएपछि सर्वदलीय भेलाले पारित गरी यो निर्णय गरिएको पर्वतका स्थानीय विकास अधिकारी युवराज पौडेलले बताउनुभयो ।
गोर्खापत्र २०७४ चैत्र ३ गते
सरकारले कृषियोग्य जमिनलाई घडेरीमा परिणत गर्ने प्रवृत्ति निरूत्साहित गर्नका लागि भन्दै खेतीयोग्य भूमिलाई बाँझो राख्न नपाइने प्रावधानसहितको कानुन प्रस्ताव गरेको छ । संसद्‌मा दर्ता भएको 'भू-उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' जस्ताको त्यस्तै पारित भए खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेले जरिवाना तिर्नुपर्ने हुन्छ ।
बि.बि.सि. नेपालि अनलाईन 16 जनवरी 2019
नेपाल सरकारको भन्सार बिभाग,  ब्यापार तथा निकाशी प्रबर्धन केन्द्र बाट लिइएको तथ्यांकलाई आधार बनाई २०७५ माघ २७ गते अजित अधिकारी, पुष्प ढुंगाना, सुवास भट्ट समेत ३ जना पत्रकारहरुको समुहले ४५ अर्बको दाल, २९ अर्बको चामल आयात ४ करोडको कोदो, ३ करोडको फापर, ५३ करोडको केरा, ५७ करोडको सुन्तला आयात र जलस्रोतको धनी देशमा दुई करोडको खानेपानी आयात” शिर्षक राखेर लेखिएको समाचारलाई नेपालको चर्चित बिधुतिय पत्रिका ‘नयाँ पत्रिका’ ले प्राथमिकताको साथ प्रकासित गरेको छ ।  
 हेर्नुहोस समाचारको स्निप  
 
स्रोत: नयाँ पत्रिका
राणाहरुले चलाएको शासन जहानियाँ शासन हो भन्दै देस भित्र तथा बाहिर गरिएको आन्दोलन र क्रान्तिको नतिजा २००७ साल फागुन ७ गते नेपालमा पहिलो पटक प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्र स्थापना गरेका नेताहरुको अदुरदर्सिताको कारण युवा तथा युवतीहरु गाउँ छाडेर सुबिधा सम्पन्न स्थानमा बसोबास गरेको कारण गाउँका जमिन बाँझो हुन् पुगेको तथ्यलाई मनन गर्दै पंचायती सरकारले ‘गाउँ फर्क रास्ट्रिय अभियान’ घोषणा गर्यो । गाउँ फर्क राष्ट्रिय अभियान नेपालका पूर्व राजा महेन्द्रको अवधारणा थियो । विक्रम संवत २०२० को दशकमा आएको यो अवधारणाले यो पुष्टि गर्दथ्यो कि नेपालका गाउँहरू क्रमिक रुपमा रित्तिदै थिए र उपत्यका तथा समथर भूभागहरूमा शहरीकरणको विकास द्रूत रुपमा भइरहेको थियो ।  
२००७ देखि २०२० को स्थितिलाई २०४६ सालको दोश्रोपटक स्थापना गरिएको प्रजातन्त्रले नबिकरण गरि दियो भने त्यसलाई अझ बढी उर्जा २०५२ साल देखि सुरु गरिएको माओबादीले सुरु गरेको कथित जनयुद्धले दियो । युवा तथा युवतीहरु शहरमुखी मात्र नभएर दिनहुँ हज्जारौको संख्यामा बिदेसिन थाले । केन्द्रिय राजधानीमा मात्र भयेकोअधिकारलाई विकेन्द्रित गर्दै राज्य स्तरमा सारेर अहिले संघीय प्रदेसहरु बाट समेत पासपोर्टमा भिषा लगाउने चलन बसालिएको छ ।
खेतबारीमा अन्न तथा फलफुल उब्जाउने देखि फ़लाउनको लागी श्रम गर्ने श्रमिकहरु चाहिन्छ । राजस्व देखि रेमिट्यान्स भित्र्याउने लोभ पालेका कांग्रेस देखि कम्युनिस्टका सरकारहरुले बलिया लाठे तथा रोपारहरूलाई बिदेस जान निरुत्साहित गर्नुको साटो प्रदेस प्रदेसहरुमा भिषा लगाएर दक्ष जनशक्तिलाई बिदेस पठाउनु भनेको दोहोरो चरित्र प्रदर्शन गर्नु हो ।
नेपाल जस्तो सानो देसमा संघियता लागु गर्नु भनेको नेता तथा कारखानाको कारखाना खोल्नु हो । नेता तथा कार्यकर्ता बन्नु भनेको भाषण दिंदै राजनीति नामको पसल चलाएर काम नगरेर बसी बसी खानु हो । नेता तथा तिनका नजिकका बिस्वासपात्रले खेतीपाती गर्नु हुन्न राजनीति मात्र गर्नु पर्छ भन्ने सोच पालेपछि खेतबारी बाँझो नहुने कुरै भएन ।
    




मकवानपुरका थप २३ जनामा कोरोना पुष्टि

खांट्टी कुरा     August 19, 2020    

मकवानपुर जिल्लामा बसोबास गर्ने २३ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुस्टि भएको छ ! २३ जना मध्ये हेटौडा उपमहानगर पालिका भित्र बसोबास गर्ने २० जना ब्यक्तिहरु रहेको छ !

 

Tuesday, August 18, 2020

रास्ट्रकवीमा हार्दिक श्रद्धान्जली

खांट्टी कुरा     August 18, 2020    

रास्ट्रकवीमा हार्दिक श्रद्धान्जली 

सताब्दी पुरुष स्व.रास्ट्रकवी माधव प्रसाद घिमिरे  

आजबाट हामि बीच रहनु भएन । 

उहाँ प्रति हार्द्क श्रद्धान्जली अर्पण गर्दै

 यस दुखद घडीमा शोकसन्तप परिवारजनमा 

हार्दिक समवेदना प्रकट गर्दछु ।

ब्लगर-जनकमान डंगोल 

कला र चर्तिकला

खांट्टी कुरा     August 18, 2020    

 

होलिवाईनको करामत देखिदैछ

खांट्टी कुरा     August 18, 2020    

लाल बादशाहको युग !

बिष्णु प्रताप शाह अहिले हिरासतमा छ उनलेे यति मात्रै अपराध गरेको थियो की मुस्लिम मुख्यमन्त्री भएको कारणले हिन्दु किशोरीले न्याय पाएन भनेर बोलेकै भरमा साम्प्रदायिक जातीय भड्काव गरेको आरोपमा थुनामा छ,

तर भारतीय मुलका पास्टर गोपाल गुरुङले खोलेको MNO पार्टी नेपाल सरकारको निर्वाचन आयोगमा दर्ता गरेको छ।
उनीहरु सार्वजनिक मञ्चमा बाहुन क्षेत्री फटाह डाँका चोर लखेटेर पठाउन पर्छ भन्दै चुनावी प्रचारप्रसार गर्छ, उनको पार्टीको सार्वजनिक आमसभा सरकारको जानकारीमा अनुमतिमा सुरक्षामा नै आयोजना हुने हो।
आज एउटा भिडियो भाइरल भएको रहेछ MNO सम्बद्ध केही युवाहरूले भिडियोमा बुद्धको तस्वीर बोक्दै नेपालको राष्ट्रिय झण्डा जलाएर शरणार्थी बाहुन क्षेत्री लगारौं भन्दै रहेछ, डिजाइन कस्तो गरेको छ भने यो जलाउने समुह बौद्ध समुदायले गरेको रहेछ भन्ने आभास दिलाउन बुद्धको तस्वीर बौद्ध झण्डा प्रयोग गरेको छ, प्रष्ट छ बौद्ध विरुद्ध हिन्दु समुदाय आक्रमक होस् भन्ने तर्फ भिडियो लक्षित छ।
म MNO लाई केही भन्न चाहन्न एउटा डाँकाले डकैती गर्नु अनौठो होइन मान्दिन तर नजिकै रहेकोे प्रहरी चौकी हेरेर बस्छन् भने त्यो अनौठो हो र यही अनौठो भित्रको रहस्य नबुझ्ने ति जन्मले हिन्दुको कोखमा जन्मेका र जन्मदै पण्डित नारायण पोखरेल काशीनाथ तिवारी जस्ता गुरुहरुको छाती बाट बगेको रगतको बाछिटाले मुखमा लतपतिएको हिन्दुहरुको किंकर्तव्यविमुढ अनुहारहरु देख्दा अनौठो त्यहाँनेर मात्रै हो !!
नेपालमा जातले हिन्दु प्रधानमन्त्री छ, हिन्दु राष्ट्रपति छ,हिन्दु सेनापती छ, हिन्दु प्रहरी महानिरीक्षक छ, हिन्दु प्रधान न्यायाधीश छ, हिन्दु प्रतिपक्षी दलको नेता पनि छ, हिन्दु पत्रकार महासंघको अध्यक्ष पनि छ फ़ेरि यस्तो हुन्छ किन ? किन खुलेयाम छुट छ ? किन लाचार हुन्छ सारा सरकारी संयन्त्रहरु ? किन मौनता छाउँछ अधिकारीहरु ?
 

किनकि महान क्रान्तिकारी अग्रगामी छलाङ भन्दै मन्दिर तोडफोड गर्दै गुरिल्ला लाई गाई गोरु काट्न लगाउदै प्रखर पण्डित नारायण पोखरेल एवं काशीनाथ तिवारीहरु जस्ता धार्मिक अभियान्ता लाई गोली ठोकेर ढलाएर खडा भएको हो यो संविधान ! हो यही संविधानको जन्मदाता हुन् लाल वादशाह हरु र ती बादसाह हरुको सत्तामा जुठोपुरो टपरी टट्काउदै खाने जागिरे हुन् प्रशासन !!
त्यसैले MNO त बाहिर देखिने कारण मात्रै हुन कारकतत्व त सत्तामा लाल बादशाहरु बिराजमान छ !


 

Monday, August 17, 2020

कविता: सपनाका पीठहरु

खांट्टी कुरा     August 17, 2020    
मर्दैनन सपना कहिल्यै 
सतीदेवीको आत्मदाह झै, 
..
महेश्वर रुपाखेतीबरु, 
बोकेर हिँड
भौतारिए पनि जताततै
महादेवले सतीदेवी झै,

..
जहाँ जहाँ अङ्ग पतन हुनेछन
त्यहाँ त्यहाँ खडिनेछन सपनाका शक्ति पीठहरु
अनि
पूजिने छन जुग जुग सम्म
तिम्रा सपनाहरु ।

महेश्वर रुपाखेती बर्लिन, जर्मनी, १३ अगस्त २०२०

फुट्ने कि जुट्ने

खांट्टी कुरा     August 17, 2020    

कांग्रेस २००४ साल तथा कम्युनिस्ट पार्टी २००६ सालमा स्थापना भएको हो । दुवै पार्टीहरुको स्थापना भने नेपालमा नभएर छिमेकी भारतमा भएको थियो भनेर ईतिहासमा लेखिएको छ । दुवै पार्टी स्थापना गरिनुको मुख्य उद्धेश्य नेपालमा स्थापाना भएको जहानियाँ शासनको जरै देखि उखेलेर फ्याँकी राजा सहितको प्रजातन्त्र स्थापना गर्नु थियो ।

२००७ सालमा नेपालमा १०४ बर्षे जहानियाँ राणा शासनको बिरुद्धमा युद्धको शंखघोष कांग्रेस पार्टीले गरेको थियो । आजको दिन सम्म पनि कांग्रेस पार्टीले नेपालमा प्रजातन्त्रको स्थापना हामीले गरेका हौ भनेर भन्न छाडेका छैनन  र जुन देसमा बसेर पार्टी जन्माए तिनैको सहयोगमा प्रजातन्त्र स्थापना गरे बापत मस्तीको तर समेत दुबैले मार्दैछन ।

अमेरिकी साम्राज्यबाद – मुर्दाबाद ।

भारतीय बिस्तारबाद – मुर्दाबाद ।

नेपालका कम्युनिस्टहरुले जनताको अगाडी गएर घोक्रो सुक्ने गरि लाउने नारा २०६४ साल पछी स्यालको सिंग जस्तै गरि बिलाएर गएको छ । कम्युनिस्ट पार्टीमा लाग्नेहरु आफ्नो प्रशंसा मात्र सुन्न चाहन्छन । आलोचना गर्ने बिरुद्ध सके सफाया नसके छुट्टै पार्टी खोलेर आफै सर्वेसर्वा बन्छन । आर्यघाट नपुगे सम्म पद छोडदैनन । नेपालमा हुन या अन्य देशमा देखिएको नतिजा हो ।

कम्युनिस्ट पार्टीमा लाग्नेहरु गुटबन्दीमा लाग्न रमाउछन । आफ्नै संस्थापक नेतालाई गद्धारको तक्मा भिराउन बेर मान्दैनन । गद्धार पुष्पलाल भनेर किताब समेत प्रकाशित भएकै हो ।

नेपालमा २००६ देखि आजको मिति सम्ममा के कति कम्युनिस्ट पार्टी खोलियो भन्ने कुनै लिखित दस्ताबेज संग्रह गरेर राखेको पाईदैन । लिखित दस्ताबेज जम्मा गर्दा गर्दै आर्को गुट वा पार्टी जन्मी सकेको हुन्छ भने कुनैको अस्तित्व नै मेटी सकेको हुन्छ ।

बडो ठुलो उत्साह र उमंग लिएर एमाले र माओबादी पार्टीको मिलन भयो । चुनाव नजितुन्जेल सम्म यी पार्टी र तिनका नेता देखि कार्यकर्ताको फुर्ति गज्जब र अचम्मकै थियो । जब चुनाबी नतिजाले दुई तिहाईको सिट प्राप्त हुनासाथ सत्ता र भत्ताको लोभमा एकले आर्कालाई खुईल्याउने, उचाल्ने र पछार्नेको काम आजको मिति सम्म जारीनै छ । पार्टीको खाँट्टी आस्थावान कार्यकर्ताहरु गुट उपगुटमा बाडिन बाध्य भएका छन । आफ्नै नेताहरुले गरेको गलत कामको बिरुद्धमा चोर औंला देखाउन सक्दैन । सामाजिक संजाल देखि पत्र पत्रिकामा छापिएको भ्रस्टाचार एकले आर्कोलाई खुईल्याउने माध्यम बनेको छ । राणाकालको ताबेदारी र चाटुकारिता पुन ब्युंतिनु पनि ठुलै उपलब्धि ठानेका छन । 

कम्युनिस्ट पार्टीको गुट उपगुट जन्माउने कला अहिले आएर कांग्रेसले पनि सिकेका छन । प्रजातन्त्र बेचि खाए । बाँकी रहेको रास्ट्रियता र समाजबादलाई पनि चटक्क बिर्सदै गुटको राजनीतिमा रमाएको देख्दा खाँट्टी कांग्रेसीहरुको मन कति छिया छिया भएको होलान ।

धेरै टाढाको उदाहरण के दिनु । पंक्तिकारको जन्मथलो नुवाकोटका कांग्रेसीहरु दुई गुटमा विभाजन भएर एकले आर्कालाई खुईल्याउन कुनै कसर बाँकी छाडेका छैनन । कांग्रेस पार्टीमा अहिले पार्टी सभापति शेर बहादुर देउवाको बर्चस्व कायम छ । पुराना केहि थान नेताहरु रामचन्द्र पौडेल खेमामा लागेका छन । देउवा र पौडेल पछी कृष्ण प्रसाद सिटौला गुट पनि राम्रै संग मौलाएको देख्न पाईन्छ । कुनै पदमा नहुँदा पनि प्रस्तावक बनेर नेपालमा गणतन्त्र स्थापना गर्ने पनि तिनै सिटौला थिए । सक्कली कांग्रेसीहरु अझै पनि स्व.बि.पी., गणेशमान र भटराईकै मार्गमा हिडन चहान्छन तर नचाहँदा नचाहँदै पनि जय नेपाल भन्दै कुनै गुट रोज्न बाध्य पारिएका छन ।

मिति: २०७७/०४/३१ गते लोकप्रिय डिजिटल पत्रिका नयाँ पत्रिकामा पौडेल पक्षको निरन्तर विरोध, देउवा अगाडि बढेकोबढ्यै शिर्षकमा रमेस सापकोटाको लेख प्रकाशित भयो । समाचारको पहिलो हरफमा नै दुई गुटमा बाँडिएको नुवाकोटे कांग्रेसी हस्तीहरुको भनाई समेटिएको थियो ।

सभापतिले धेरै अघिदेखि विभागमा नाम पठाउन पार्टी नेतालाई आग्रह गर्दै आउनुभएको छ । तर, उहाँहरूले नाम पठाउन कहिल्यै पनि चासो दिनुभएन । सहमतिमा गरौँ भनेर लामो समयसम्म कुर्नुभयो । तर, नाम नपठाएपछि विभाग गठन गरी पार्टीलाई चलायमान गर्न लाग्नुभएको हो ।-डा. प्रकाशरण महत

सभापतिजी चार वर्ष चुपचाप बस्नुभयो, तर महाधिवेशनको वर्ष लागेपछि उहाँलाई विभाग गठन गर्ने, संगठनका अरू विवादित काम गर्ने जोस चल्यो । विधिविधान र पद्धतिले नदिने काम गरेर उहाँले निष्पक्ष, स्वतन्त्र महाधिवेशन हुनेमा प्रश्न उठाइदिनुभयो । हाम्रो आपत्ति यसैमा हो ।-अर्जुननरसिंह केसी

देश जोड्ने बडामहाराजधिराजले उतिबेला आफ्ना सन्तान देखि भाई भारदारहरु लाई दिएको अर्ति र उपदेसलाई ‘दिब्योपदेस’ भनेर भन्ने चलन छ । भाई फुटे गँवार लुटे त्यसै मध्येको यौटा प्रख्यात उपदेस हो ।

राणाको शासनकालमा राणाहरुले जनताको शोषण गरे पनि रास्ट्रको मामिलामा कोहि कसै संग लेनदेन गरेको देखिदैन । बरु अंग्रेजसंग लडाईमा हारेको भूमिहरु मध्ये केहि भाग फिर्ता ल्याएका थिए ।

राणाकै आफ्ना भाई भतिजाहरुको फुटको कारणले गर्दा राणा शासन पतन हुनुको कारण मध्येको एक पनि थियो । उदाहरणको सुबर्ण सम्सेरको ईतिहास खोतलेर हेरे पुग्छ । काँग्रेसले सुबर्ण समसेरलाई प्रयोग नगरेको भए सजिलै प्रजातन्त्र स्थापना हुन सक्दैन थियो ।

नेपालमा दोश्रो पटक २०४६ सालमा प्रजातन्त्र स्थापना भएको ४ बर्ष नपुग्दै नेपाली कांग्रेस पार्टीमा सुरु भएको छत्तीसे र चौहत्तरे गुटले गर्दा थला परेको नेपालि कांग्रेस पार्टी अहिले सम्म तंग्रिन सकेको छैन । बिगतका गल्तीबात पाठ सिक्नु कता हो कता अहिले पनि देउवा गुट, पौडेल गुट र सिटौला गुट बन्छन भने   पछिका पुस्ताहरुले नेपालमा कांग्रेस पार्टी पनि थियो र भन्दै गुगलमा खोज्नु पर्ने स्थित नआउला भन्न सकिन्न ।

प्रकाशित मिति: २०७७/०४/३१ शनिवार

 

 

जानकारी

खांट्टी कुरा     August 17, 2020    

 

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .