Monday, August 17, 2020

कविता: सपनाका पीठहरु

मर्दैनन सपना कहिल्यै 
सतीदेवीको आत्मदाह झै, 
..
महेश्वर रुपाखेतीबरु, 
बोकेर हिँड
भौतारिए पनि जताततै
महादेवले सतीदेवी झै,

..
जहाँ जहाँ अङ्ग पतन हुनेछन
त्यहाँ त्यहाँ खडिनेछन सपनाका शक्ति पीठहरु
अनि
पूजिने छन जुग जुग सम्म
तिम्रा सपनाहरु ।

महेश्वर रुपाखेती बर्लिन, जर्मनी, १३ अगस्त २०२०

No comments: