Thursday, September 13, 2018

मलेसियामा पसिना बगाउनेहरुलाई खुसीको खबर

खांट्टी कुरा     September 13, 2018    

पंक्तिकार सन २००४ मा मलेसिया जाँदा प्रतिघन्टा RM 3.90  पैसा ज्याला थियो तर चाईनिजले धोखाघडी गरेर प्रतिघन्टा RM 2.58 पैसाको कन्ट्रयाक्ट पेपरमा दस्तखत गराएको थियो । सेक्युरिटी लाईनको जागिर अनि ३ बर्ष पसिना बगाएर स्वदेस फर्किंदा मुस्किलले ६ लाख बचाउन सफल भएको थियो ।


मलेसियाको वर्तमान प्रधानमन्त्रीले हालको  तलबमा ५० रिंगिट बढाएको समाचार सुनियो । समाचार साँचो हो भने अब मलेसियामा रोजगार गर्ने नेपाली कामदारहरुको बेसिक सेलरी मासिक १०५० रिंगिट हुने भो ।
आजको दर रेट अनुसार १ रिंगिट बराबर २७/८० पैसा छ । यसैलाई आधार मानेर हेर्ने हो भने अब १२ घण्टा काम गर्ने नेपाली कामदारहरुलेर निम्नानुसार तलब भत्ता पाउने छन ।
बेसिक सेलरी प्रतिघन्टा
८ घण्टाको
ओभरटाईम १.५ ले हुन आउने
सनिवार २ले  हुन आउने
पब्लिक होलिडे ३ ले हुन आउने
RM 5.04
RM 40.32
RM 7.56
RM 10.08
RM 15.12

१२ घण्टा काम गरेको खण्डमा
बेसिक सेलरी प्रतिघन्टा
८ घण्टाको
ओभरटाईम १.५ ले हुन आउने
सनिवार डबलले हुन आउने
RM 5.04
RM 40.32
RM 7.56X4=30.24
RM 10.08X12=120.96
१२ घन्टाको दरले ३० दिन अर्थात ३६० घण्टा काम गरेमा
Basic 8hrsX5.04=40.32X26=     1048/32
1.5 OT 4hrsX30.24X26=           786.24
Sunday 12 hrsX129.60X4=        518.40
Total 1 Month Salary                 2352.96
RM: 2352.96X27.80=NRS:       65412.28


Tuesday, September 11, 2018

​'तिम्रो फिगर हो ♪♫ ♪ ♫ ♪ तिम्रो फिगर ♪♫ ♪ ♫ ♪ कोको कोला'

खांट्टी कुरा     September 11, 2018    

-जनकमान डंगोल
'फिगरभनेको गोरा र कुइरेको भाका हो तर त्यसलाई खाँट्टी नेपाली भाकामा भन्नु पर्दाचै ज्यानको बनावट भनेर भन्ने अर्थ आम्च्च
हाम्रो देसा छयालीसाले बौदलले पाउकस्ट गरेपछि हरेक क्षेत्रमा दिनहुँ जसो आमुल क्रान्तिकारी परिवर्तन भको भै छ । बौदलपनि क्रान्ति गरेर आको हो । सत्रौ हजार आफन्तीहरु लाई जेम्राज्का काज फिर्ता पठाएर ल्याको कथित गणतन्त्र पनि त्यस्तै त्यस्तै गरेरनै ल्याएका हुन  । जसरि मनेकम्रेटहरुले अग्रगामी छलांग मारेर गणतन्त्र ल्याएपछी सन्सनी मच्चाए त्यस्तै गरि अहिले संगीतको दुनियाँमा पनि मिस्मासे भाकाले सन्सनी मच्चाएको छ ।
तिम्रो फिगर कोकाकोलाभन्ने चल्तीको भाका पनि  सुन्नु भएकै होला । यो भाका दिनमा भन्दा पनि साँझको बेला सुन्दा अर्कै किसिमको आनन्द आउँछ । साँझको बेलामा भेलीमा युरिया मिसाको खोया देखि टिनबिर्के लगाए पछी दुई बिस नाघेकी छ्म्मा पनि एक बिस जस्तो देखिन्छ भने बंगुरे ज्यान भएका मुईय्याहरु कोकोकोला जस्तो देखिनु कुन ठुलो कुरो भो   खोयाँको चमत्कारले आँखाको भ्रान्ति भनेकै यहि होला
कोकाकोला अर्थात हाम्रो गाम्ले भाकामा भन्ने गरिएको 'कोकोला' भनेको कलेजी रंगको गुलियो झोल नामको जिनिस । सुलित्त परेको गला र राबन माराज्की बुईनी सुपर्णखाको जस्तो कम्बर भएको त्यो पलास्टिकको जिनिस देखेर होला त्यसलाई च्वांक छम्माहरुको ज्यान संग दाँजेर किरण माईकलभन्ने कलमेले लेखेको गीतलाई  प्रल्हाद तिमिल्सिना नामको गाईने र जोनिसा पौडेल नाम्की गाईनीले आज भन्दा दुई तिन बर्ष अगाडी गएका हुन अहिले पनि  त्यो गीतलाई तिज आउनुभन्दा दुई मैना अगाडी देखिनै दरखाने निउँपारेर  ओठमा चुरोट र हातमा खोया देखि टिनबिर्केको  बोतल लिएर 'तिम्रो फिगर हो ♪♫ ♪ ♫ ♪ तिम्रो फिगर ♪♫ ♪ ♫ ♪ कोको कोला' भनेर नाच्दै अग्रगामी छलांग हानेको हानेकै छन
तिम्रो फिगर कोकाकोलाभन्ने गीतमा पोरपरार जसरि  यो पाला पनि धेरैले मच्चिमच्चि, थच्चिथच्चि, हल्लीहल्ली भाका अनुसार कम्बर मर्काएका मर्कायेकै छन । त्यसरी कम्बर मर्काउनेमा बकुल्लाको हुलमा लाज पचेका कागनामका साँढेहरु पनि देखिदैछ  त्यै  देख्या भएर यो पाला पनि  जनकमानको खाँट्टी भाकामा जस्तो देखाई त्यस्तै लेखाई भन्दै तीजे झटारोडाम्देको छु । नभाको कुरा डामेको हैन क्यार त्यसैले रिसाउन कि खुसाउन मुम्बैया भाकामा बालै फरर्र  
आधुनिक भाकाको हस्बेन, श्रीमान, काँठे भाकाको पोई, लोग्ने, खसम देखि मदेसी जुबानके बेट्वाके बापका ज्युज्यानहरु चै सुदामाका जस्तो तर हाम्री महान गणतन्त्रे आधुनिक सहरिया नारि, महिला काठंका कांठेनी गाम्ले आईमेहरुको सुकोमल ज्यु ज्यान भने दिन प्रतिदिन भगवान सिरिरामको जार लंकाधिपति राबनको बुईनी शुपर्णखाको जस्तो देख्दैछु ।  नहुन पनि कसरि ? प्रजातन्त्र देखि गणतन्त्र आयेसी सबै भन्दा फापेकोनै तिनीहरुलाई नै हो । ३३ पर्सेनको कमालले होला अहिलेको जुगमा त हजुर नारीलाई काम लाउनु हुन्न ।  नारीलाई काम लायो भने नारि अधिकार हननहुन्छरे ।  नारी अधिकार हनन भो भनेको सुन्न मात्र पर्च्च INGO देखि NGO नाम धारण गरेका भस्मे माहाराजका खलक अधिकारकर्मी भन्ने नन्दी माराजहरुले पुलिस बोलार हात पछाडि पारेर स्टिलको चुरा लाएको फोटो पत्रकारलाई खिच्न लाएर चिसो सिंडीमा लगेर जाक्छन । बुझ्नु न सुझ्नु कासी तिर कुद्नु भन्ने पदवी पाएका फतफतेहरुले नारि अधिकार हनन गरेको बापतमा पुलिस द्वारा अपराधी पक्राउभनेर भंगेरे अक्षरमा डामेको सम्चार  पत्रिकाको भित्तोमा डाम्न बेर लाम्दैनन ।
महान प्रजातन्त्र देखि अग्रगामी छलांग मारेर ल्याको अस्तव्यस्त व्यवस्थाले देखिने नतिजाचै यस्तै हुने रच्छ
अहिलेको महान गणतन्त्रे जुगमा ब्या गर्नु भन्दा अगाडी हिन्दीमा भाकामा भनिने नासमझनेपाली भाकाको अज्ञानीनामका भुरा देखि भुरीहरुले  उमेर नपुग्दै लपभन्ने मयाँ र पिरती गास्न थाल्छन । त्यसरी पिरती गास्ने बेलामा आफ्नी प्रेमिका भन्ने लभरलाई जुन तारा टिपेरदिने देखि अंग्रेजी भाकाको माई एन्जेल, माई स्विट हार्ट तिम्लाई प्रिन्सेज अर्थात राजकुमारीबनाएर राख्छु भन्दै अंग्रेजी भाकामा प्रमिस’, हिन्दि भाकाको वादा, कस्सम देखि नेपाली भाकाको किरिया खाँदै फ्लाईंग म्यारिज गर्न बेर मान्दैनन
हिजोआजको जमानामा हाम्रो बाउ बाजे देखि मेरै जमानाको शादी ब्या हुन छाड्यो ।  जबर्जस्ति गर्न पनि मिल्दैन । बाउआमाले यो कतिले घर गरि खान्छ भन्ने अनुमान लाम्दै मनले खाको केटि बिहा गर्दिन खोज्यो भने घांटीमा डोरी लाएर पिंग खेल्न बेर लाम्दैनन  वादा  कस्सम निभाउने भन्दै मण्डपबाट ब्यौली भागेको पनि देखिएको हो त्यसैले आजकल त धेरै भुराभुरीहरुले उमेर नपुग्दै फ्लाईंग म्यारिजअर्थात भागि ब्या गर्छन ।  मागी भनेको त्यस्तै हो
गाला मुस्तांगे स्याउ हुन्जेल त रमाइलै हुन्छ । जब तिनीहरुका जोईकी भुडीले करामत देखाउन थाल्छ त्यसपछि गैरी खेत बन्धकी राखेर हुन्छकी सयकडा ५ मा ब्याज काढेर हुन्छ हान्निने भनेकै खाडी मलेस्या हो भने मुग्लाने भएसी तिनका जोईले पाउने पद भनेको तोरी लाउरेदेखि डोरी लाउरेसम्म हो । यो ज्यानले पनि १० बर्ख डोरी लाउरेको पद पाएकै हो
कुरो माथी टुप्पामा लेख्या फिगर देखि कोकोकोलाको  
हामी बरा सुदामा देखि चैनिजे हिरो ब्रुस्लीको जस्ता ज्यान भका पोई, खसमहरुको जोईहरुलाई हिजाज डोको नाम्लो भिरेर घाँसपात गर्न देखि हाम्रा बाको पालामा बनेको श्याम स्वेत रंगको नेपाली फिलिम पराले आगोमा गौथली नामकी हिरोनिले गाएकी उडी जाउँ भने म पन्छी हैनभन्ने जङ्गली गाना  घन्काउदै बन जंगल चाहार्न जानु पर्दैन । त्यहि जानु पर्ला भनेर पोई हिडेको महिना दिन नबित्दै भुराभुरी पढार ठुलो मान्छे बनाम्ने बहानामा गामबाट सहरा कोठो भाडामा लिएर बस्छन हैन बस्न बाध्य पार्न लगाईन्छ । बाउ आमा भन्दा जोई प्यारो भ सी के लाग्छ नि राम तर त्यसरी बस्ने धेरैका भुराभुरीहरु ट्यापे अर्थात लागु औषधिका अम्मली भो भनेर पत्रिकामा दिनहु छापिने खबर पनि पढ्ने बानि परि सकेको छ ।
हिजो गाम्घरमा ढाडको छाला खुईलिने देखि अन्वार घामले डढ़ेर दक्षिण भारतका हिरो रजनिकांत जस्ता हाँडी अन्वार भकाहरु शहरमा डेरा गरेर बस्नासाथ फेयर एण्ड लभ्लीको कमालले छुन पनि दाग लाग्ने हेलम्बुकी शेर्पिनी जस्ती हुँदै गाको तिनका तोरी देखि डोरी लाउरे पतिदेव सुदामाहरुले पनि देखेकै होलान । अल्छी तिघ्रेभएसी स्वादे जिब्रोहुनेनै भो भने  आहार देखि बिहारको बारेमा अरु के बयान गराई भो
त्यसैले जबजब गाम्ले बाट महान आधुनिके नारीमा पदोन्नती भएकाहरुको माहान पर्व तिजजस्तो चाडबाड आम्छ अनि तिनै शहरा बस्ने जोईहरुले गाम्घरको कला संस्कृतिलाई चटक्क छोडेर शहरिया खिचडी मिसाएर लेख्ने खिचडी गीतकारको शब्दमा आर्को खिचडी संगीतकारले धुन भरेर गाईने गाईनिहरुले गाएको बोर भयो यार’, ‘टेन्सन छ जिन्दगि  देखि तिम्रो फिगर कोकोकोलाभन्ने गीतको भाकालाई गोराको भाकामा लिप्संग गर्दै एउटा हातमा घामे चुरोट अनि आर्को हातमा टिनबिर्के रौसि देखि  ब्युरको बोत्तल देखाम्दै नाच्न थालेका छन ।  
त्यै फिगर अर्थात ज्यानको बनावट पनि २५० ML को कोकोकोलाको बोत्तल जस्तो सुलित्त परेको भाको भए त गीतले भन्न खोजेको अर्थ लाउथ्यो तर ज्यान चै १० टाउके राबनको बुईनी शुपर्णखा अर्थात जम्बो पेउसीको जस्तो अनि तिम्रो फिगर कोकोकोलाभन्दै नाच्ने देखि सबथोक देखाई दिन्छु’, ‘मेरो सेक्सी ज्यानभन्दै अर्थ न बर्थ गोबिन्द गाईजस्ता शब्द घुसाउने अहिलेका जोति मर्नी जस्त गाईनेनीहरु भसी उही हिन्दि सिनेमा ३ ईडीयटको पात्रले भन्ने गरेको शब्द माथी चमत्कार नभएर बलात्कार भयो कि भएन ? त्यहि भएर जस्तो देखाई त्यस्तै लेखाई  डामेको छु । नभाको कुरा डामेको हैन क्यार । त्यसैले रिसाए नि खुसायेनी के को टयासट्यास
(बिकृति र विसंगति बिरुद्ध लेखिएको यो व्यङ्ग्य नारीहरुको अपमान गर्न भनेर हैन । समाजमा नकारात्मक बिचारधारा  त्यागेर आगामी दिनहरुमा सकारात्मक देख्न पाईयोस  भन्ने मनसायले लेखिएको लेखकको निजि बिचार मात्र हो )
'प्रदेस दैनिक हेटौडाको मिति २०७५ भाद्र २६ गतेको अंकमा प्रकाशित'

Monday, September 10, 2018

भेष भुषा र संस्कृति भनेको आफ्नै राम्रो

खांट्टी कुरा     September 10, 2018    
२३ भाद्र २०७५ मा हेटौडा स्थित क्लब हेटौडा पार्टी प्यालेसमा नेपाल मगर यूवा संघको तेस्रो महाधिबेसन तयारीको लागी भनेर च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । रु १०००/- टिकट दर राखिएको उक्त कार्यक्रममा अत्याधिक दर्शक ओईरियेका थिए ।
२०४६ सालको प्रजातन्त्र देखि २०६४ सालको गणतन्त्र स्थापना सम्ममा आई पुग्दा सम्म लाखौ कार्यक्रम संचालन भयो होला तर हरेक कार्यक्रममा नेपाली संस्कृतिको पहिचानलाई चटक्क बिर्सेर बिदेसी छापले रंगीएको रंगी बिरंगी खादाले स्थान पायो । तर मगर युवाहरुले आयोजना गरेको कार्यक्रममा भने प्रमुख अतिथिको गलामा खादा नदेखिएर सयपत्री फूलको मालाले स्थान पाउनु पनि राम्रै पक्ष थियो ।


आर्को राम्रो पक्ष भनेको मन्चमा दर्शक भन्दा अतिथि धेरै हुने गर्दथ्यो भने मगर युवा संघको कार्यक्रममा भने प्रमुख अतिथि र कार्यक्रमको सभाध्यक्ष बाहेक अन्य २/३ जना अतिथि निम्ता हुनुलाई आयोजकको सकारात्मक चिन्तनलाई लिन सकिन्छ ।
हरेक कुराको सकारात्मक तथा नकारात्मक पक्ष हुने गर्दछ । सकारामक पक्ष माथि उल्लेख गरियो । मगर युवा संघले आयोजना गरेको नकारात्मक पक्ष भनेको दर्शक धेरै अनि सानो सभा हल, कम्जोर ध्वनी (Sound Sustem) रहेको देखियो । ध्वनी उच्च गतिमा बजाईयो भने त्यसले स्वास्थ्यमा नराम्रो असर पुर्याउछ । खासगरी मुटु कम्जोर भएको दर्शकको हकमा त्यसरी उच्च गतिमा संगीतको ट्रयाक बजाउनु गलत कार्य हो ।
यो लेखाई बिरोधमा लेखिएको हैन । आउँदो कार्यक्रमहरुमा यस्ता कमि कमजोरीलाई सुधार गर्ने हो भने सुनमा सुगन्ध पक्कै पनि हुनेछ भने यो पंक्तिकारको ठम्याई मात्र हो ।

Saturday, September 08, 2018

नेवार जातिले तीज मान्दैन र मान्नु पनि पर्दैन, किन ?

खांट्टी कुरा     September 08, 2018    

तीजको धार्मिक पृष्ठभूमि

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई 'चिताएको कुरा पुगोस्' भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ (विकिपिडिया) ।

नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ। जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । बेल  विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराउने चलन छ । 
सनातन हिन्दू नै भएतापनी नेवार समुदायका महीलाहरुले तिजको समयमा यो व्रत बस्नु पर्दैन अथवा भनौ बस्ने परम्परा छैन किन कि नेवार समुदायका सनातनी कन्याहरुको बाल्य अवस्थामा नै भगवान सुबर्ण कुमार        (हिरण्य गर्भ:) संग बैदिक-तन्त्र निर्देशन अनुसार  इही (इहीपाविवाह ) संस्कार सम्पन्न भै कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरि सकेका छन ।
बिजय शर्मा राजोपाध्याय (नेवा:पुरोहित) ले दिनु भएको जानकारी  पढन  यहाँ क्लिक गर्नुहोस
तीजको व्रत लिई नेवार महीलाहरुले पुन: सौभाग्यका लागि व्रत बसि कामना गर्नु पर्ने आवश्यक्ता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले गर्दा सनातन हिन्दू नै भयेतापनी नेवार महीलाहरुले तीजको यो व्रत लिदैनन ।
आजकाल केही नेवार कन्या देखि महीलाहरुले अरुहरुको देखासिकी गर्दै तिजको ब्रत बस्न थालेका छन । रहरले यो व्रत बसेको हुन भने व्यक्तिको स्वतन्त्रता माथि बोल्ने र लेख्ने कुरा भएन तर अज्ञानताबास बसेका हुन भने त्यो नेवारी जुन नेवार परम्परा,संस्कृत र धर्म संस्कार  बिपरित छ ।  
पुन: संसोधन सहित प्रस्तुतकर्ता:जनकमान डंगोल

Friday, September 07, 2018

मुल्लाजी को झटारो

खांट्टी कुरा     September 07, 2018    
एउटा राजाले उध्रेको, फाटेको सिलाउने एकजना सूचिकार राखेको रहेछ । ऊ कपडा रफ्फू गर्नमा भन्दा पनि राजाका हरेक कुरा रफ्फू गर्नमा माहिर रैछ, उसले राजाका हरेक कुरालाई यसरी व्याख्या र विश्लेषण गर्दो रैछ कि सुन्ने मान्छेहरू मख्ख पर्दा रहेछन् ।
एकदिन राजाले एउटा सभामा आफ्नो जवानीको कहानी सुनाएर जनतालाई मख्ख पार्न खोजेछ । जोशमा आएर राजाले भन्न थालेछ... "एकपल्ट म शिकार खेल्न जाँदा यस्तो भयो कि मैले आधा किलोमीटर टाढाबाट तीर चलाएँ, त्यो तीर गएर हरिणको देब्रे आँखामा लाग्यो र दाहिने कानबाट निस्किएर पछाडिको दाहिने खुरमा गएर गाडियो ।"
राजाले सोंचेको थियो उसका कुरा सुनेर जनताहरूले ताली बजाउनेछन् तर कसैले बजाएनन्, कसैले पनि उसका कुरा पत्याएनन् । राजालाई नि लागेछ कि... सायद आज उसले अलि बढी नै गफ दियो । त्यतिबेलै राजाले सूचिकारतिर हेरेछ । सूचिकार फटाफट उठेर भन्न थालेछ, "मित्रहरू ! यो कुरा सही हो, त्यतिबेला म पनि महाराजको साथमा थिएँ । वास्तवमा त्यतिबेला महाराज पहाडको टुप्पामा हुनुन्थ्यो र हरिण पहाडमुन्तिर । हावा पनि जोड चलिरहेको थियो, नत्र त्यति टाढा तीर जाँदैनथ्यो । जहाँसम्म आँखा, कान र खुरको कुरा छ, संयोग भनौँ कि के भनौँ... ठीक त्यतिबेला हरिणले पछाडिको दाहिने खुट्टा उठाएर दाहिने कान कन्याइरहेको थियो ।" यो कुरा सुनेपछि जनताहरूले ताली पिट्न थालेछन् ।


भोलिपल्ट सूचिकार आफ्नो पोकोपुन्तरो बाँधेर जान लाग्दा राजाले "कहाँ हिँडेको ?" भनेर सोधेछ । सूचिकारले भनेछ ~ "महाराज ! माफ गर्नुहोला । म सानोतिनो सूचिकार मात्र हूँ । उध्रेका, फाटेका कपडाहरू मात्र रफ्फू गर्न सक्छु... ठूल्ठूला भ्वाङ टाल्न सक्दिनँ ।"
 .......
यहाँ पनि केही सूचिकारहरू (ल****भक्त) यस्तै छन्, जो आफ्ना नेताका हरेक निर्णय र हावा गफहरूलाई रफ्फू गर्नमा माहिर छन् । विपक्षका सही कुरालाई पनि गलत साबित गर्न र आफ्ना पक्षको गलत कुरालाई पनि रफ्फू गर्न त कसैले यी ल****भक्तहरूबाट सिकून् ।
उनीहरूसँग आरोपको जवाफ पनि 'आरोप' हुन्छ । सरकारले गलत निर्णय नै गरे पनि "गलत हो" भन्दैनन् बरु उल्टै विपक्षको निर्णय हो भनिदिन्छन् । राम्रा कामहरूको क्रेडिट आफूले लिने, उध्रेका फाटेका सिलाउने र ठूल्लाठूला भ्वाङ परेपछि त्यसको दोष विपक्षलाई लगाउनेहरू नै असली चाटुकार (सूचिकार) हुन
सामाजिक संजाल फेसबुकमा मूल्ला नसरुद्दीन  नामले परिचित सरोज अनुराग हास्य मिश्रित लेखमा माहिर हुनुहुन्छ । उहाँको कतिपय लेखाईमा अस्लिलता देखिन्छ । हेर्दा वा पढ्दा अस्लिलता देखिएता पनि वर्तमान परिप्रेक्ष्यमा मुल्लाजिको लेखाईमा गहिरो व्यङ्ग्य मार्फत सरकार, पार्टीका नेता र तिनका बानर सेनाहरु माथि धावा बोल्न सफल भएको छ भनेर माथिको लेखाईले प्रस्ट पारेको छ ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .