Saturday, September 08, 2018

नेवार जातिले तीज मान्दैन र मान्नु पनि पर्दैन, किन ?


तीजको धार्मिक पृष्ठभूमि

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई 'चिताएको कुरा पुगोस्' भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ (विकिपिडिया) ।

नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ। जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । बेल  विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराउने चलन छ । 
सनातन हिन्दू नै भएतापनी नेवार समुदायका महीलाहरुले तिजको समयमा यो व्रत बस्नु पर्दैन अथवा भनौ बस्ने परम्परा छैन किन कि नेवार समुदायका सनातनी कन्याहरुको बाल्य अवस्थामा नै भगवान सुबर्ण कुमार        (हिरण्य गर्भ:) संग बैदिक-तन्त्र निर्देशन अनुसार  इही (इहीपाविवाह ) संस्कार सम्पन्न भै कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरि सकेका छन ।
बिजय शर्मा राजोपाध्याय (नेवा:पुरोहित) ले दिनु भएको जानकारी  पढन  यहाँ क्लिक गर्नुहोस
तीजको व्रत लिई नेवार महीलाहरुले पुन: सौभाग्यका लागि व्रत बसि कामना गर्नु पर्ने आवश्यक्ता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले गर्दा सनातन हिन्दू नै भयेतापनी नेवार महीलाहरुले तीजको यो व्रत लिदैनन ।
आजकाल केही नेवार कन्या देखि महीलाहरुले अरुहरुको देखासिकी गर्दै तिजको ब्रत बस्न थालेका छन । रहरले यो व्रत बसेको हुन भने व्यक्तिको स्वतन्त्रता माथि बोल्ने र लेख्ने कुरा भएन तर अज्ञानताबास बसेका हुन भने त्यो नेवारी जुन नेवार परम्परा,संस्कृत र धर्म संस्कार  बिपरित छ ।  
पुन: संसोधन सहित प्रस्तुतकर्ता:जनकमान डंगोल