Tuesday, August 18, 2020

रास्ट्रकवीमा हार्दिक श्रद्धान्जली

खांट्टी कुरा     August 18, 2020    

रास्ट्रकवीमा हार्दिक श्रद्धान्जली 

सताब्दी पुरुष स्व.रास्ट्रकवी माधव प्रसाद घिमिरे  

आजबाट हामि बीच रहनु भएन । 

उहाँ प्रति हार्द्क श्रद्धान्जली अर्पण गर्दै

 यस दुखद घडीमा शोकसन्तप परिवारजनमा 

हार्दिक समवेदना प्रकट गर्दछु ।

ब्लगर-जनकमान डंगोल 

कला र चर्तिकला

खांट्टी कुरा     August 18, 2020    

 

होलिवाईनको करामत देखिदैछ

खांट्टी कुरा     August 18, 2020    

लाल बादशाहको युग !

बिष्णु प्रताप शाह अहिले हिरासतमा छ उनलेे यति मात्रै अपराध गरेको थियो की मुस्लिम मुख्यमन्त्री भएको कारणले हिन्दु किशोरीले न्याय पाएन भनेर बोलेकै भरमा साम्प्रदायिक जातीय भड्काव गरेको आरोपमा थुनामा छ,

तर भारतीय मुलका पास्टर गोपाल गुरुङले खोलेको MNO पार्टी नेपाल सरकारको निर्वाचन आयोगमा दर्ता गरेको छ।
उनीहरु सार्वजनिक मञ्चमा बाहुन क्षेत्री फटाह डाँका चोर लखेटेर पठाउन पर्छ भन्दै चुनावी प्रचारप्रसार गर्छ, उनको पार्टीको सार्वजनिक आमसभा सरकारको जानकारीमा अनुमतिमा सुरक्षामा नै आयोजना हुने हो।
आज एउटा भिडियो भाइरल भएको रहेछ MNO सम्बद्ध केही युवाहरूले भिडियोमा बुद्धको तस्वीर बोक्दै नेपालको राष्ट्रिय झण्डा जलाएर शरणार्थी बाहुन क्षेत्री लगारौं भन्दै रहेछ, डिजाइन कस्तो गरेको छ भने यो जलाउने समुह बौद्ध समुदायले गरेको रहेछ भन्ने आभास दिलाउन बुद्धको तस्वीर बौद्ध झण्डा प्रयोग गरेको छ, प्रष्ट छ बौद्ध विरुद्ध हिन्दु समुदाय आक्रमक होस् भन्ने तर्फ भिडियो लक्षित छ।
म MNO लाई केही भन्न चाहन्न एउटा डाँकाले डकैती गर्नु अनौठो होइन मान्दिन तर नजिकै रहेकोे प्रहरी चौकी हेरेर बस्छन् भने त्यो अनौठो हो र यही अनौठो भित्रको रहस्य नबुझ्ने ति जन्मले हिन्दुको कोखमा जन्मेका र जन्मदै पण्डित नारायण पोखरेल काशीनाथ तिवारी जस्ता गुरुहरुको छाती बाट बगेको रगतको बाछिटाले मुखमा लतपतिएको हिन्दुहरुको किंकर्तव्यविमुढ अनुहारहरु देख्दा अनौठो त्यहाँनेर मात्रै हो !!
नेपालमा जातले हिन्दु प्रधानमन्त्री छ, हिन्दु राष्ट्रपति छ,हिन्दु सेनापती छ, हिन्दु प्रहरी महानिरीक्षक छ, हिन्दु प्रधान न्यायाधीश छ, हिन्दु प्रतिपक्षी दलको नेता पनि छ, हिन्दु पत्रकार महासंघको अध्यक्ष पनि छ फ़ेरि यस्तो हुन्छ किन ? किन खुलेयाम छुट छ ? किन लाचार हुन्छ सारा सरकारी संयन्त्रहरु ? किन मौनता छाउँछ अधिकारीहरु ?
 

किनकि महान क्रान्तिकारी अग्रगामी छलाङ भन्दै मन्दिर तोडफोड गर्दै गुरिल्ला लाई गाई गोरु काट्न लगाउदै प्रखर पण्डित नारायण पोखरेल एवं काशीनाथ तिवारीहरु जस्ता धार्मिक अभियान्ता लाई गोली ठोकेर ढलाएर खडा भएको हो यो संविधान ! हो यही संविधानको जन्मदाता हुन् लाल वादशाह हरु र ती बादसाह हरुको सत्तामा जुठोपुरो टपरी टट्काउदै खाने जागिरे हुन् प्रशासन !!
त्यसैले MNO त बाहिर देखिने कारण मात्रै हुन कारकतत्व त सत्तामा लाल बादशाहरु बिराजमान छ !


 

Monday, August 17, 2020

कविता: सपनाका पीठहरु

खांट्टी कुरा     August 17, 2020    
मर्दैनन सपना कहिल्यै 
सतीदेवीको आत्मदाह झै, 
..
महेश्वर रुपाखेतीबरु, 
बोकेर हिँड
भौतारिए पनि जताततै
महादेवले सतीदेवी झै,

..
जहाँ जहाँ अङ्ग पतन हुनेछन
त्यहाँ त्यहाँ खडिनेछन सपनाका शक्ति पीठहरु
अनि
पूजिने छन जुग जुग सम्म
तिम्रा सपनाहरु ।

महेश्वर रुपाखेती बर्लिन, जर्मनी, १३ अगस्त २०२०

फुट्ने कि जुट्ने

खांट्टी कुरा     August 17, 2020    

कांग्रेस २००४ साल तथा कम्युनिस्ट पार्टी २००६ सालमा स्थापना भएको हो । दुवै पार्टीहरुको स्थापना भने नेपालमा नभएर छिमेकी भारतमा भएको थियो भनेर ईतिहासमा लेखिएको छ । दुवै पार्टी स्थापना गरिनुको मुख्य उद्धेश्य नेपालमा स्थापाना भएको जहानियाँ शासनको जरै देखि उखेलेर फ्याँकी राजा सहितको प्रजातन्त्र स्थापना गर्नु थियो ।

२००७ सालमा नेपालमा १०४ बर्षे जहानियाँ राणा शासनको बिरुद्धमा युद्धको शंखघोष कांग्रेस पार्टीले गरेको थियो । आजको दिन सम्म पनि कांग्रेस पार्टीले नेपालमा प्रजातन्त्रको स्थापना हामीले गरेका हौ भनेर भन्न छाडेका छैनन  र जुन देसमा बसेर पार्टी जन्माए तिनैको सहयोगमा प्रजातन्त्र स्थापना गरे बापत मस्तीको तर समेत दुबैले मार्दैछन ।

अमेरिकी साम्राज्यबाद – मुर्दाबाद ।

भारतीय बिस्तारबाद – मुर्दाबाद ।

नेपालका कम्युनिस्टहरुले जनताको अगाडी गएर घोक्रो सुक्ने गरि लाउने नारा २०६४ साल पछी स्यालको सिंग जस्तै गरि बिलाएर गएको छ । कम्युनिस्ट पार्टीमा लाग्नेहरु आफ्नो प्रशंसा मात्र सुन्न चाहन्छन । आलोचना गर्ने बिरुद्ध सके सफाया नसके छुट्टै पार्टी खोलेर आफै सर्वेसर्वा बन्छन । आर्यघाट नपुगे सम्म पद छोडदैनन । नेपालमा हुन या अन्य देशमा देखिएको नतिजा हो ।

कम्युनिस्ट पार्टीमा लाग्नेहरु गुटबन्दीमा लाग्न रमाउछन । आफ्नै संस्थापक नेतालाई गद्धारको तक्मा भिराउन बेर मान्दैनन । गद्धार पुष्पलाल भनेर किताब समेत प्रकाशित भएकै हो ।

नेपालमा २००६ देखि आजको मिति सम्ममा के कति कम्युनिस्ट पार्टी खोलियो भन्ने कुनै लिखित दस्ताबेज संग्रह गरेर राखेको पाईदैन । लिखित दस्ताबेज जम्मा गर्दा गर्दै आर्को गुट वा पार्टी जन्मी सकेको हुन्छ भने कुनैको अस्तित्व नै मेटी सकेको हुन्छ ।

बडो ठुलो उत्साह र उमंग लिएर एमाले र माओबादी पार्टीको मिलन भयो । चुनाव नजितुन्जेल सम्म यी पार्टी र तिनका नेता देखि कार्यकर्ताको फुर्ति गज्जब र अचम्मकै थियो । जब चुनाबी नतिजाले दुई तिहाईको सिट प्राप्त हुनासाथ सत्ता र भत्ताको लोभमा एकले आर्कालाई खुईल्याउने, उचाल्ने र पछार्नेको काम आजको मिति सम्म जारीनै छ । पार्टीको खाँट्टी आस्थावान कार्यकर्ताहरु गुट उपगुटमा बाडिन बाध्य भएका छन । आफ्नै नेताहरुले गरेको गलत कामको बिरुद्धमा चोर औंला देखाउन सक्दैन । सामाजिक संजाल देखि पत्र पत्रिकामा छापिएको भ्रस्टाचार एकले आर्कोलाई खुईल्याउने माध्यम बनेको छ । राणाकालको ताबेदारी र चाटुकारिता पुन ब्युंतिनु पनि ठुलै उपलब्धि ठानेका छन । 

कम्युनिस्ट पार्टीको गुट उपगुट जन्माउने कला अहिले आएर कांग्रेसले पनि सिकेका छन । प्रजातन्त्र बेचि खाए । बाँकी रहेको रास्ट्रियता र समाजबादलाई पनि चटक्क बिर्सदै गुटको राजनीतिमा रमाएको देख्दा खाँट्टी कांग्रेसीहरुको मन कति छिया छिया भएको होलान ।

धेरै टाढाको उदाहरण के दिनु । पंक्तिकारको जन्मथलो नुवाकोटका कांग्रेसीहरु दुई गुटमा विभाजन भएर एकले आर्कालाई खुईल्याउन कुनै कसर बाँकी छाडेका छैनन । कांग्रेस पार्टीमा अहिले पार्टी सभापति शेर बहादुर देउवाको बर्चस्व कायम छ । पुराना केहि थान नेताहरु रामचन्द्र पौडेल खेमामा लागेका छन । देउवा र पौडेल पछी कृष्ण प्रसाद सिटौला गुट पनि राम्रै संग मौलाएको देख्न पाईन्छ । कुनै पदमा नहुँदा पनि प्रस्तावक बनेर नेपालमा गणतन्त्र स्थापना गर्ने पनि तिनै सिटौला थिए । सक्कली कांग्रेसीहरु अझै पनि स्व.बि.पी., गणेशमान र भटराईकै मार्गमा हिडन चहान्छन तर नचाहँदा नचाहँदै पनि जय नेपाल भन्दै कुनै गुट रोज्न बाध्य पारिएका छन ।

मिति: २०७७/०४/३१ गते लोकप्रिय डिजिटल पत्रिका नयाँ पत्रिकामा पौडेल पक्षको निरन्तर विरोध, देउवा अगाडि बढेकोबढ्यै शिर्षकमा रमेस सापकोटाको लेख प्रकाशित भयो । समाचारको पहिलो हरफमा नै दुई गुटमा बाँडिएको नुवाकोटे कांग्रेसी हस्तीहरुको भनाई समेटिएको थियो ।

सभापतिले धेरै अघिदेखि विभागमा नाम पठाउन पार्टी नेतालाई आग्रह गर्दै आउनुभएको छ । तर, उहाँहरूले नाम पठाउन कहिल्यै पनि चासो दिनुभएन । सहमतिमा गरौँ भनेर लामो समयसम्म कुर्नुभयो । तर, नाम नपठाएपछि विभाग गठन गरी पार्टीलाई चलायमान गर्न लाग्नुभएको हो ।-डा. प्रकाशरण महत

सभापतिजी चार वर्ष चुपचाप बस्नुभयो, तर महाधिवेशनको वर्ष लागेपछि उहाँलाई विभाग गठन गर्ने, संगठनका अरू विवादित काम गर्ने जोस चल्यो । विधिविधान र पद्धतिले नदिने काम गरेर उहाँले निष्पक्ष, स्वतन्त्र महाधिवेशन हुनेमा प्रश्न उठाइदिनुभयो । हाम्रो आपत्ति यसैमा हो ।-अर्जुननरसिंह केसी

देश जोड्ने बडामहाराजधिराजले उतिबेला आफ्ना सन्तान देखि भाई भारदारहरु लाई दिएको अर्ति र उपदेसलाई ‘दिब्योपदेस’ भनेर भन्ने चलन छ । भाई फुटे गँवार लुटे त्यसै मध्येको यौटा प्रख्यात उपदेस हो ।

राणाको शासनकालमा राणाहरुले जनताको शोषण गरे पनि रास्ट्रको मामिलामा कोहि कसै संग लेनदेन गरेको देखिदैन । बरु अंग्रेजसंग लडाईमा हारेको भूमिहरु मध्ये केहि भाग फिर्ता ल्याएका थिए ।

राणाकै आफ्ना भाई भतिजाहरुको फुटको कारणले गर्दा राणा शासन पतन हुनुको कारण मध्येको एक पनि थियो । उदाहरणको सुबर्ण सम्सेरको ईतिहास खोतलेर हेरे पुग्छ । काँग्रेसले सुबर्ण समसेरलाई प्रयोग नगरेको भए सजिलै प्रजातन्त्र स्थापना हुन सक्दैन थियो ।

नेपालमा दोश्रो पटक २०४६ सालमा प्रजातन्त्र स्थापना भएको ४ बर्ष नपुग्दै नेपाली कांग्रेस पार्टीमा सुरु भएको छत्तीसे र चौहत्तरे गुटले गर्दा थला परेको नेपालि कांग्रेस पार्टी अहिले सम्म तंग्रिन सकेको छैन । बिगतका गल्तीबात पाठ सिक्नु कता हो कता अहिले पनि देउवा गुट, पौडेल गुट र सिटौला गुट बन्छन भने   पछिका पुस्ताहरुले नेपालमा कांग्रेस पार्टी पनि थियो र भन्दै गुगलमा खोज्नु पर्ने स्थित नआउला भन्न सकिन्न ।

प्रकाशित मिति: २०७७/०४/३१ शनिवार

 

 

जानकारी

खांट्टी कुरा     August 17, 2020    

 

जानकारी

खांट्टी कुरा     August 17, 2020    

 

हामि पनि नाच्नु पर्च्च बिच्चबिच्चमा

खांट्टी कुरा     August 17, 2020    

'फिगरभनेको गोरा र कुइरेको भाका हो तर त्यसलाई खाँट्टी नेपाली भाकामा भन्नु पर्दाचै ज्यानको बनावट भनेर भनिन्छ तर भाका लामो भो भनेर फिगर भनेका होलान

हाम्रो देसा छयालीसाले बौदलले पाउकस्ट गरेपछि हरेक क्षेत्रमा दिनहुँ जसो आमुल क्रान्तिकारी परिवर्तन भको भै छ । बौदलपनि क्रान्ति गरेर आको हो । सत्रौ हजार आफन्तीहरु लाई जेम्राज्का काज फिर्ता पठाएर ल्याको कथित गणतन्त्र पनि त्यस्तै त्यस्तै गरेरनै ल्याएका हुन  । जसरि मनेकम्रेटहरुले अग्रगामी छलांग मारेर गणतन्त्र ल्याएपछी सन्सनी मच्चाए त्यस्तै गरि अहिले संगीतको दुनियाँमा पनि मिस्मासे भाकाले सन्सनी मच्चाएको छ ।

तिम्रो फिगर कोकाकोलाभन्ने चल्तीको भाका पनि  सुन्नु भएकै होला । यो भाका दिनमा भन्दा पनि साँझको बेला सुन्दा अर्कै किसिमको आनन्द आउँछ । साँझको बेलामा भेलीमा युरिया मिसाको खोया देखि टिनबिर्के लगाए पछी दुई बिस नाघेकी छ्म्मा पनि एक बिस जस्तो देखिन्छ भने बंगुरे ज्यान भएका मुईय्याहरु कोकोकोला जस्तो देखिनु कुन ठुलो कुरो भो  खोयाँको चमत्कारले आँखाको भ्रान्ति भनेकै यहि होला

कोकाकोला अर्थात हाम्रो गाम्ले भाकामा भन्ने गरिएको 'कोकोला' भनेको कलेजी रंगको गुलियो झोल नामको जिनिस । सुलित्त परेको गला र राबन माराज्की बुईनी सुपर्णखाको जस्तो कम्बर भएको त्यो पलास्टिकको जिनिस देखेर होला त्यसलाई च्वांक छम्माहरुको ज्यान संग दाँजेर किरण माईकलभन्ने कलमेले लेखेको गीतलाई  प्रल्हाद तिमिल्सिना नामको गाईने र जोनिसा पौडेल नाम्की गाईनीले आज भन्दा दुई तिन बर्ष अगाडी गएका हुन अहिले पनि  त्यो गीतलाई तिज आउनुभन्दा दुई मैना अगाडी देखिनै दरखाने निउँपारेर  ओठमा चुरोट र हातमा खोया देखि टिनबिर्केको  बोतल लिएर भनेर नाच्दै अग्रगामी छलांग हानेको हानेकै छनतिम्रो फिगर कोकाकोलाभन्ने गीतमा पोरपरार जसरि  यो पाला पनि धेरैले मच्चिमच्चि, थच्चिथच्चि, हल्लीहल्ली भाका अनुसार कम्बर मर्काएका मर्काउन नपाउने भए । त्यसरी कम्बर मर्काउनेमा बकुल्लाको हुलमा लाज पचेका कागनामका साँढेहरु पनि देखिन्थे   त्यै  देख्या भएर यो पाला पनि  जनकमानको खाँट्टी भाकामा जस्तो देखाई त्यस्तै लेखाई भन्दै तीजे झटारोडाम्दिम भनेको कोरोना माते हो कि पितेको कारणले गर्दा यो पाली 'तिम्रो फिगर हो ♪♫ तिम्रो फिगर ♪♫ कोको कोला देखि हामि पनि नाच्च्नु पर्च्च बिच्चबिच्चमा ♪♫ भन्ने तिघ्रेहरुको योजना पनि पिलित्त भाको देख्दा कम्ता टेस परेको छैन

 

Saturday, August 01, 2020

नेपालमा राजतन्त्र गिरिजाले फालेका हुन ।

खांट्टी कुरा     August 01, 2020    

  • राजा संधै पहिलो हुन्छ त्यसैले बि.पी ले संधै हामि दोश्रो हौँ, पहिलो हैन भन्नु भएको थियो ।
  • नेपालमा राजा गिरिजा दाइले फालेका हुन ।
  • नेपालमा प्रजातन्त्र मान्ने राजा चाहिन्छ ।
  • देश संचारबाट साभार

Saturday, July 25, 2020

नाग पञ्चमीको महत्व ।

खांट्टी कुरा     July 25, 2020    

मोहन लामा रुम्बा

आज नागपञ्चमीको दिन घरको ढोकामा एकजना लामा आएर टास्दै थियो अर्को पण्डित पनि संग संगै टाँस्न आइपुगे यही त हो हाम्रो समन्वयात्मक नेपाली संस्कृति ! आफू पनि बाउ बाजे देखिन गर्दै आएको घरको नागथानमा नाग पुजा गर्दै !!

लुइ ग्याल्पो सा स्रुङ घि भुला याङ धाग पार कुल लो जामभुई लिङ दिर छ्यार राव तु फोब च्यिग स्वाह।
लुइ ग्याल्पो नुत ला याङ धाग पार कुल लो जामभुइ लिङ दिर छ्यार राब तु फोब च्यिग स्वाह ………।

-नागराजा ऐरावतलाई बिन्ती गर्दछु, यस जम्बुद्विपमा वर्षा गराई देउ स्वाह। नागराजा नुतलाई बिन्ती गर्छु यस जम्बुद्विपमा वर्षा गराई देउ स्वाहा।।

धे धागला सोगपा लुइ ग्याल्पो थामच्यद ला याङ धाग पार कुललो। जामभुइलिंग दिर छ्यार राब तु फोब च्यिग स्वाहा।

- ती आदि सम्पुर्ण नागराजा हरुलाई बिन्ती गरि यस जम्बुद्विपमा वर्षा गराई देउ स्वाहा।।

नाग पुजा गर्ने बिधि : छ्यु ङोन पोय काङ वाइ भुम पा घाङ वा श्यि श्याग पार झ्याओ, तोर्मा धाङ दुग पा धाङ मे तोग चि न्यु क्यिय ज्यार रो। धेला छ्योय म्रे वय……………………… :
भावर्थ : पवित्र जलले भरिएको चार वटा कलश राखेर तोर्मा,धुप,पुष्प तयार गरि गाईको गोबरको लेदो बनाई तीन हात जति पुर्व पटि तीन शिर भएको नागराजा अनेकौं सेवक सहित गोबरले लेखी एवं पुर्वक चारै दिशामा पश्चिम उत्तर दक्षिण चारै दिशाको नागराजा लेखी मैत्री भावमा रहि पुजा गर्नुपर्ने उल्लेख पवित्र ग्रन्थ धोमाङमा नाग पुजा सम्बन्धि उल्लेख छ।

तस्विरहरु लेखकको फेसबुक वालबाट लिइएको हो !

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .