Latest Post

Showing posts with label चर्चा / परिचर्चा. Show all posts
Showing posts with label चर्चा / परिचर्चा. Show all posts

क्राइमचेकको सल्लाहकारमा डंगोल !

Written By खांट्टी कुरा on Friday, October 25, 2013 | October 25, 2013

  • क्राइमचेकको सल्लाहकारमा डंगोल

क्राइमचेक प्रतिनिधि।
वीरगंज।पर्साको वीरगंजबाट विगत ६ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको क्राइम चेक साप्ताहिक एवं क्राइम चेक न्यूज डट कमको सल्लाहकारमा जनकमान डंगोललाई नियुक्त गरिएको छ ।
मकवानपुर जिल्लाको हेटौडा नगरपालिका निवासी डंगोल राष्ट्र, राष्ट्रियता र जनहितको पक्षमा विगत लामो समयदेखि आलेख तथा स्तम्भहरू लेख्दै आएका छन् । उनको लेखनशैली र राष्ट्रियताबाट प्रभावित भएर प्रकाशकले पत्रिकाको सल्लाहकारमा बसिदिनुहुन भनि गरेको आग्रहलाई स्वीकार गरेपछि आजकै मितिबाट डंगोल सल्लाहकार पदमा नियुक्त भएका हुन् । पत्रिकाको अभिन्न अंग भएपछि प्रकाशनले आगमी दिनमा अझ धेरै सफलता प्राप्त गर्दै जाने विश्वास लिएको प्रकाशक एवं सम्पादक सन्तोष मिश्रले बताउनुभयो ।
(प्रकाशित मितिः२०७० कार्तिक ७ गते विहीवार)

हार्दिक अनुरोध तथा अपिल !

Written By खांट्टी कुरा on Friday, October 11, 2013 | October 11, 2013

पत्रकारलाइ राज्यले चौथो अंगको दर्जा दिएको छ ! पत्रकार भनेसी एक सम्मानित उच्च दर्जा हो तर बिगतका केहि बर्ष देखि यो पेसाको गरिमा निरन्तर ओरालो लाग्दै गएको छ ! हिजो आज नागरिकले पत्रकारलाइ सम्मानको दृस्टीले फिटिक्क हेर्दैनन र त्यसो हुनुमा नागरिक नभएर स्वयम पत्रकारहरुनै सतप्रतिसत दोषी छन । यो बिषयमा मैले सेतो पाटि बिधुतिय पत्रिका लगायत मेरो निजि ब्लग तथा सामाजिक संजाल फेसबुकमा पनि पटक पटक उल्लेख गरेको छु !
म नाम चलेको लेखक तथा पत्रकार हैन । पत्रकारिता तथा लेखनकला मेरो कार्य क्षेत्र भित्र पर्दैन । लेख्न त सबैले कहीं केहि लेखेकै हुन्छ । कसैले नामका लागी लेख्छन भने कसैले दामका लागी लेख्छन । लेखेर २/४ पैसा कमाउला भनेर मैले सोचेको पनि छैन र म लेखेर पैसा कमाउछु भन्ने लायकमा पनि पर्दिन ।
पर्सा जिल्लाबाट प्रकाशित हुने क्राइम चेक साप्ताहिकको सम्पादक तथा प्रकाशक श्री सन्तोष मिश्रज्युको आग्रहलाइ नकार्न नसकेर मात्र मैले पत्रिकामा लेख छपाउने गरेको हुँ ! प्रिन्ट मिडिया क्राइम चेक साप्ताहिक पर्सा बीरगंज, मकवानपुर हेटौडाबाट प्रकाशित हुने हेटौडा टुडे रास्ट्रिय दैनिक, प्रदेस दैनिक, हेटौडा सन्देस, भूमध्य रेखा साप्ताहिक तथा मकवानपुरकै उत्तरी भेग बाट प्रकाशित हुने बिकास खबर पत्रिका साप्ताहिक तथा बिधुतिय अन लाइन पत्रिका हाम्राकुरा, सेतोपाटि, नेपाल प्लस, नबिन नेपाल, फास्ट नेपाल बाहेक मैले आज सम्म अरु कसैलाई लेख रचना दिएको छैन !
जानकारीमा आए अनुसार पर्सा जिल्लाको बिरगंजका केहि पत्रकार साथीहरुले मेरो ब्लग तथा फेसबुक पेज बाट मेरो रचना प्रतिलिपि गरि कसैले साभार तथा कसैले सिधै आफ्नो नाम बाट पत्रिकामा प्रकाशित गर्ने गरेको बुझियो ! म जस्तो सिकारु मान्छेको लेख/रचना लाइ केहि पत्रकार मित्रहरुले आफ्नो नाम बाट प्रकाशित गर्ने गर्दछ भन्ने कुरा बिगतका बर्ष महिना देखिनै मैले पटक पटक जानकारी पाएको छु । बिना अनुमति अर्काको लेख/रचना त्यसरी आफ्नो नाम बाट प्रकाशित गर्नु राम्रो कार्य हैन !
मेरो लेख रचना तपाइँहरुको प्रिन्ट/बिधुतिय पत्रिकामा छाप्न योग्य छ भने निसंकोच भन्नुस म मेल गरेर पठाई दिन्छु ! प्रकाशित भै सकेको लेख रचनालाइ आफ्नो नाम बाट प्रकासित गर्दा भोलि तपाइले सामाजिक बेइज्जतीको सामना त गर्नु नै पर्दछ भने प्रतिलिपी ऐन बमोजिम कारबाहीमा पनि पर्न सक्नु हुन्छ ! सम्मानित्त पद र पेसाको गरिमा कायम राख्दै अबोप्रान्त यस्तो किसिमको कार्य नगर्नु हुन भन्ने पुन: बिनम्र अनुरोध गर्दछु !
 यो पनि पढ्नु होला !
setopati.com/pathak-bichar/1876/
Jun 27, 2013 - उहिलेको पत्रकार भनेको ति आदिम कालको पत्रकार रे ! किनभने तिनीहरुको जमानामा काँधमा भिर्ने सुतीको ...


पित पत्रिकाको अर्को नमुना !

Written By खांट्टी कुरा on Monday, September 23, 2013 | September 23, 2013

बढ्दो इसाइकरण, खुल्लमखुल्ला बिदेसी हस्तक्षेप, चरम आर्थिक भ्रस्टाचार, दिन प्रतिदिन देसको सिमा मिचिनु आदि बाट जनताको ध्यान हटाउन लाइ अन्तिम सस्त्र प्रहार गर्ने भनेको नै शाही परिवार माथी निन्दनीय तरिकाले प्रहार गर्नु हो कि हैन ? जसलाई राज्यको चौथो अंग भनिने केहि पत्रकार महोदयले कलात्मक तरिकाले प्रस्तुत गर्ने गरेको देखियो ! यसै सिलसिलामा कान्तिपुर पत्रिकाले नुन, तेल मर मसला हालेर परिकार पस्केको रैछ http://www.ekantipur.com/np/2070/6/7/full-story/376260.html मा, तर बिगतका पनि केहि उदाहरण हेर्नुस !
उदाहरण १ : पुर्ब राजाले जांड खाए (अन लाइन खबर) !
उदाहरण २ : पारसले बाउ सित अंस मुद्दा गर्ने (जनसत्ता साप्ताहिक) !
उदाहरण ३ : पारस मर्यो (जनसत्ता साप्ताहिक) !
उदाहरण ४ : पारसले कान्छी स्वास्नी भित्र्याउदैछ (जनसत्ता साप्ताहिक/सेतो पाटि) !
आदि आदि !

प्रजातन्त्र र लोकतन्त्रले के दियो नेपालीलाइ ?

Written By खांट्टी कुरा on Thursday, September 19, 2013 | September 19, 2013

२४ बर्षमा नेपालको युवाले पाएको ठुलो शिक्षा भनेको नै भाषा हो ! कामरेड,शोषक, सामन्ती, अग्रगामी, पुनरुत्थानबादी, अग्रगामी छलांग अनि जे मा पनि जोडिने सब्द आग्रह निबेदन ! मङ्सिर ४ गते सम्म यो भाषाहरु मेसिन गनको नाल बाट निस्केको गोलि जस्तै गरि बर्सिन्छ ! जो जो ले यो भाषा सिके नढाटिकन जवाफ दिनुस त ति माथि उल्लेख गरिएको सब्द हरु लाइ अर्थ्याउन सक्नु हुन्छ ? अनि त्यो सब्द जसरि प्रयोग गर्नु हुन्छ त्यसले समाजमा के के परिवर्तन भयो त ? किन भने निर्दलीय पंचायती ब्यबस्था हटाउन लाइ आविस्कार गरिएको यो सब्दले आज २४ बसन्त पार गरेर २५ बसन्त टेक्न खोज्दैछ !

चुनाव भयो भने अबको निर्वाचनमा को अगाडी ?

Written By खांट्टी कुरा on Tuesday, September 03, 2013 | September 03, 2013

(रा.प्र.पा.नेपालको अध्यक्ष कमल थापा)
 पत्रकार तथा राजनीतिक विश्लेषक श्री देब प्रकास त्रिपाठीज्यु ले‘ घटना र बिचार साप्ताहिकमा अस्ति बुधबार हालको अबस्थालाई मुल्यांकन गरेर आलेख लेख्नु भएको रैछ ! पत्रकार तथा विश्लेषकको नाताले घटनाक्रम लै चिरफार त गर्नु भयो तर लेखमा न्याय गर्न सक्नु भएको छैन ! हेर्नुहोस उहाँको आलेख http://ghatanarabichar.weeklynepal.com/2013/08/28/article-item01377680413/ !
२०४६ सालको प्रजातन्त्र पछिको पहिलो आम निर्वाचन २०४८ मा पुर्ब पन्चहरुको पार्टी भनेर चिनिने रा.प्र.पा सुरुमा दुइ पार्टी थिए ! पछी एक भए तर गणतन्त्र पस्चात तिन पार्टी भो ! अहिले फेरी दुइ नै भाको छ ! नेता तिनै हुन र कार्यकर्ता पनि तिनै हुन ! फरक चैँ के मा छ भने तिनै खेमा मध्यको एक कमल थापाले गठन गरेको रा.प्र.पा.नेपालले सुरु देखिनै एकै धारणा र बिचार लिएको छ !

हार्दिक धन्यवाद !

Written By खांट्टी कुरा on Wednesday, August 28, 2013 | August 28, 2013


सदाझै आज पनि मलेसियाली समय साँझको ७ बजे डिउटी लिए ! डिउटी पुस्तिका, सवारी इन्ट्री आदिको काम धन्दा सकाएर ०७:३० बजे ल्यापटप अन गरे ! च्याट बक्समा ३ जनाको सन्देस आएको रैछ ! खोलेर हेरे र एउटा च्याट संदेसले घोर आश्चर्यमा परे !
नेपालको प्रख्यात साहित्यकार श्री जगदिस घिमिरेज्यु मेरो फेसबुकको फ्रेन्ड लिस्टमा हुनुहुन्थ्यो ! उहाँले सन्देस पठाउनु भएको रैछ !
मैले म रोजगारीको सिलसिलामा मलेसियामा छु भने ! उहाँले काठमान्डौ आउंदा लिन नभुल्नु होला है भन्नु भो ! मैले हस हुन्छ हजुर भनेर भने !

नरम दल/गरम दल !

Written By खांट्टी कुरा on Tuesday, August 20, 2013 | August 20, 2013

ड्यास पार्टीले नमाने सम्म चुनाव हुन सक्दैन - क.माकुने !
निर्वाचन सार्नु हुँदैन -क.वली !
 भारत स्वतन्त्रताको आन्दोलन गर्ने बेलामा भारतमा दुइटा खेमा थिए ! एउटा खेमा नरम दल जसको नेतृत्व गान्धीले गर्थे ! अर्को खेमा थियो गरम दल जसको नेतृत्व नेताजी सुभाष चन्द्र बोषले गर्थे !
नरम दल सान्तिपूर्ण आन्दोलन गरेर अंग्रेज आफ्नै देसमा फर्केर जाओस भन्ने चाहन्थ्यो ! तर त्यसको ठिक बिपरित नेताजी सुभाष चन्द्र बोष परेको खण्डमा हतियार उठाएर भए पनि अंग्रेज लाइ धपाउनु पर्छ भन्ने मान्यता राख्दथे !

गोर्खाल्याण्ड आन्दोलनलाइ सघाउने कुन चाहिँ माओबादी पार्टी हो त ?

Written By खांट्टी कुरा on Monday, August 12, 2013 | August 12, 2013

(गोर्खा ल्याण्ड आन्दोलन ! तस्बिर: सेतो पाटि बाट साभार)

© जनक मान डंगोल !
www.janakdangol@gmail.com
................................................. 

२८ राज्य भएको भारत मा बितेको केहि साल देखि तिलांगाना क्षेत्रका जनाताहरुले छुट्टै राज्यको माग गर्दै आन्दोलन थालेका थिए ! जब आन्दोलन सरकारको काबु बाट बाहिर जान थाल्यो तब बाध्य भएर भारतको केन्द्रिय सरकारले तिलांगाना क्षेत्र लाइ छुट्टै राज्य घोषणा गर्दै २८ बाट २९ राज्य भएको घोषणा गर्यो !

महरा पनि जय मसि भएछन !

©जनक मान डंगोल 
janakdangol@gmail.com
 
(क.प्रचण्ड हिन्दु धर्मको कार्यक्रममा)
महरा सर अर्थात कृष्ण बहादुर महरा ! हिजो जनयुद्धमा माओबादीका लडाकु महिला कमान्डर जय पुरी घर्तिले समेत आदर गरेर मान्ने उनको नजरमा एक आदरणीय नेता !
धर्म भनेको अफिम हो भनेर क.माओले भन्नु भएको छ ! हामी क.माओको सिधान्तमा हिड्ने मान्छे हौ त्यसैले कम्युनिस्टले धर्म मान्दैन ! सर्बहारा भए पछी के को धर्म ? हिजो जनयुद्धमा सबैलाई यस्तै पाठ पढाइएको थियो !
केहि दिन देखि सामाजीक संजालको भित्तोमा अचम्म अचम्मको दृश्य देख्न पाइएको छ ! बितेको हप्ता मात्र एनेकपा माओबादीको अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री क.पुष्प कमल दाहाल अर्थात प्रचण्ड, निजका सुपुत्र क.प्रकास दाहाल, एमालेको बरिस्ठ नेता क.माधब कुमार नेपाल तथा केन्द्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठले बोलबम भन्दै धार्मिक पहिरनमा तस्बिर खिचाएको दृश्य फेसबुकमा अपलोड भएको देखियो !

यसरि सुरु भयो झुठको खेति !

Written By खांट्टी कुरा on Saturday, August 10, 2013 | August 10, 2013



(ने.का.नेता तथा पुर्ब प्र.म.स्व.कृष्ण प्रसाद भटराई)
पंचायती ब्यबस्था बिरुद्ध नेपालि कांग्रेस र बाम मोर्चा मिलेर२०४५ साल देखि गरेको आन्दोलन अन्तत २०४६ सालमा आएर सफल भयो ! तत्कालिन राजा स्व.बिरेन्द्रले मरिचमान सरकार लाइ बर्खास्त गरेर अहिले खाँट्टी गणतन्त्रबादी नेता बनेका पुर्ब माहापन्च तथा पंचायती पुर्ब प्रधानमन्त्रीलाई प्रधानमन्त्रि तोकिएको थियो ! लोकेन्द्र बहादुर चन्द मन्त्रीमंडल मार्फत कांग्रेस तथा बाममोर्चा सित वार्ता भएर स्व.राजा बिरेन्द्रले नेपालमा प्रजातन्त्र घोषणा गर्नु भयो !

बन्दै,बनाउदै,अनि भत्किदैछ नेताहरुको रणनीति !

Written By खांट्टी कुरा on Wednesday, August 07, 2013 | August 07, 2013



©जनक मान डंगोल 
 janakdangol@gmail.com
राणा सासनले जनता माथि अत्याचार गर्यो ! हुकुमी जहानिया सासन लागु गरे ! श्री ५ को सबै अधिकार खोसेर श्री ३ ठुला भए ! जनताले दुख पाए र मुलुकको बिकाश भएन भनेर उहिले सात साल भन्दा अगाडी देखिनै स्व.राजा त्रिभुवनले केहि जान्ने बुझ्नेहरु संग सरसल्लाह गरेर रणनीति तयार पारे ! आधिकारिक रुपमा २००४ सालमा बनेको रणनीतिले २००७ मा नतिजा देखायो राणाहरु फालिए ! २००७ साल देखि २०१५ साल सम्म धेरैले आ आफ्नै रणनीति बनाए संबिधान सभाको चुनाउ गर्नु पर्ने तर संसदको चुनाव गरे कांग्रेसको रणनीतिले जित्यो कांग्रेसले बहुमतको सरकार बनाए !

भेडा नेपाली जनता हैन, कांग्रेसीहरु हो !

Written By खांट्टी कुरा on Sunday, August 04, 2013 | August 04, 2013

२०४६ सालको जन आन्दोलन पछी नेपाली कांग्रेसले आफ्नो पार्टीको ब्यानर तथा स्टिकरमा ४ महा पुरुषको तस्बिर राख्ने गरेको थियो ! महा मानब बि.पी, लौह पुरुष गणेसमान, सन्त नेता कृष्ण प्रसाद भटराई अनि सादा जीवन बिताउने मदेसी नेता महेन्द्र नारायण निधि!रातो चारतारे झन्डा र पार्टीको महान बाणी 'रास्ट्रीयता, प्रजातन्त्र, समाजबाद' लेखिएको हुन्थ्यो !
नेपाली कांगेस पार्टीले बनाएको आफ्नो पार्टीको वेब साइट http://www.nepalicongress.org/ मा अहिले नेता महेन्द्र नारायण निधिको तस्बिरको कुनै अत्तो पत्तो छैन भने पार्टीको महान बाणी 'रास्ट्रीयता, प्रजातन्त्र, समाजबाद' मा थप घट गरेर 'रास्ट्रीयता, लोकतन्त्र , समाजबाद' लेखिएको रैछ !

कम्युनिस्ट भनेको सर्बहारा हैन र ?

Written By खांट्टी कुरा on Monday, July 29, 2013 | July 29, 2013

हिजो पंचायती सासन हुँदा कम्युनिस्ट हरु त्यति देखिदैन थिए तर कांग्रेसी हरु भने फाटफुट रुपमा देख्न पाइन्थ्यो ! कम्युनिस्ट भनेको सर्बहारा हो र कम्युनिस्टले धर्म मान्नु हुँदैन ! यहि कुरा माथिल्लो तहको नेता देखि तल्लो तहको कार्यकर्ता सम्म लाइ घोकाइएको थियो ! धर्म नमान्ने भए पछी मन्दिर जाने पुजापाठ गर्ने फूलमाला, टिका प्रसादी ग्रहण गर्ने कुरै भएन !
हिन्दु धर्मको बाहुल्य रहेको हाम्रो देस नेपालमा ८२% हिन्दु धर्मालम्बी बस्छन भनेर नेपाल सरकार द्वारा गराइएको जना गणनाले पुस्टि गरि सकेको छ ! बाहुन क्षेत्रीले मात्र हिन्दु धर्म मान्छन भनेर भन्नु त्यो सरासर गलत र झुठो कुरा हुन जान्छ !

न म राजाबादी न म पार्टीबादी तर म हुँ एक रास्ट्रबादी !

Written By खांट्टी कुरा on Friday, July 26, 2013 | July 26, 2013

सामाजिक संजाल फेसबुकमा एक जना नया मित्रले अनुरोध पठाउनु भाको रैछ ! स्वीकार गरे लगत्तै मित्रले भन्नु भयो ‘एउटा कुरा सोध्न सक्छु सर’ ? मैले भने जब मित्रता गासि सके पछी प्रश्न सोध्नु र जवाफ दिनु कुन चाहिँ नयाँ र नौलो कुरो भयो ! एउटा हैन मन लागे जत्तिको प्रश्न सोध्न सक्नु हुन्छ ! मित्रले भन्नु भयो ‘तपाइँ राजाबादी हो ? एस्तो प्रश्न ति नयाँ मित्र मात्र हैन आज सम्म हज्जारौले मलाई सोधी सके ! प्रश्न सुन्ना साथ पारो त चढ्यो तै पनि सान्त भएर भने ‘मेरो लेखाइ लेखेर तपाइँ लाइ त्यस्तो भ्रम परेको हुन सक्छ ! मित्र सन्तुस्ट हुनु भएनछ क्यार ! मित्रले बि.बि.सी.नेपाली सेवाको प्रमुख रबिन्द्र मिश्र स्टाइलमा भन्नु भयो तपाइँ अहिलेको ब्यबस्था, पार्टी र तिनको नेताको हदै खोइरो खन्नु हुन्छ किन ?

कुन ब्यबस्था ठिक र कुन ब्यबस्था बेठिक ?

Written By खांट्टी कुरा on Wednesday, July 17, 2013 | July 17, 2013


दुइ पक्षको बिचमा कुनै पनि कारणले झैँ झगडा भए पछी एक पक्षले अर्को पक्ष माथि आफु बलियो छु भनेर देखाउन मुद्धा हाल्ने गर्छन ! मुद्धा लडने र लडाउनेमा सहयोग गर्ने काम भनेको वकिलको हुन्छ ! भन्ने बेलामा उसले आफ्नो पदको रवाफ देखाउदै ‘तपाइले मुद्धा जित्नु हुन्छ फरक पर्दैन’ भनेर आफ्नो पक्षका लाइ भन्ने गरेको हुन्छ ! मुद्धाको किनारा लाग्ने बेलामा मुद्धा जित्न पनि सक्छ हार्न पनि सक्छ तर वकिलको काम भनेको आफ्नो सेवा शुल्क लिएर मुद्धा लडिदिने हो र उसलाई यस्ता कुनै पनि मुद्धाको जित हारको कुनै मत्लब नै हुदैन !

फेरी बर्गिकरण किन नगर्ने ?

Written By खांट्टी कुरा on Friday, July 05, 2013 | July 05, 2013

अ.त भनेको अरास्ट्रीय तत्व ! यो सब्द हिजो पंचायतकालमा खुब प्रयोग हुन्थ्यो ! खासगरी २०१७ साल पछी पन्चको नजरमा कांग्रेस तथा कम्युनिस्टहरु अ.त. भए अथवा बनाइए ! पछी गामघरमा समेत मन नपरेको मान्छे हरु अ.त बनाइए ! अ.त.कै आरोप लागेर धेरै नेताहरु झ्यालखानामा जाकिएका थिए ! कुनै कुनै अ.त बहादुरले झ्यालखानामा सुरुंग खनेर भाग्न पनि सफल भए !
२०४६ सालमा बहुदल अर्थात प्रजातन्त्र पाइयो प्रभुको कृपाले ! बिना प्रभुको कृपा नेपालमा पत्ता पनि हल्लिदैन ! ब्यापार परिवहन सन्धि नबिकरण गर्दिन भने प्रभुले ! बदलामा सुदुर पुर्बको ताप्लेजुंग देखि सुदुर पश्चिमको दार्चुला सम्मको उता बाट यता आउने बाटो बन्द गरे ! नेपाल लाइ तिन तिर बाट भारतले घेरेको छ ! हामि नेपालीको फुट्या कर्म भन्नु पर्यो ! नुन देखि सुन सम्म आउने पनि उतै बाट !

यो जित कसको जनताको/यो हार कसको जनताको !

Written By खांट्टी कुरा on Thursday, July 04, 2013 | July 04, 2013

(तस्बिर:बि.बि.सी.हिन्दि सेवा बाट साभार)
बितेको साल महिनौ महिनाको आन्दोलन पश्चात नचाहँदा नचाहँदै पनि तीसौ बर्ष सासन चालाएको होस्नी मोबारकले मिश्रको सासन सत्ता बाट बाहिरिनु पर्यो ! देसमा नया निर्वाचन भयो र इस्लामिक कट्टरपन्थी ब्रदर हुडको नेता मोरसीले मिश्रको सासन सत्ता आफ्नो हातमा लिए !
'तातै खाउ जल्दी मरु' भने जस्तै गरि रास्ट्रपति मोर्सीले अथाह सक्ति आफ्नो हातमा लिन लाइ के सुरु मात्र गरेका थिए सुरु भो जनतामा रोष खास गरि धर्म निरपेक्ष खेमा तथा युवाहरुमा ! अरु देशमा जस्तै मिश्रमा पनि पस्चिमाले व्यापक रुपमा धर्म

गल्ति कस्को ?

Written By खांट्टी कुरा on Sunday, June 23, 2013 | June 23, 2013

बालबालिका भनेका काँचो माटो हो ! जसरि माटोको भाडा बनाउने
कुम्हालेले काँचो माटोलाई बिभिन्न आकृतिमा ढाल्छ त्यस्तै गरि बालबालिकाहरु लाइ पनि सानै देखि असल शिक्षा दीक्षा दिने हो भने तिनीहरुको भबिस्य उज्ज्वल हुन्छ ! तर हाम्रो देस नेपालमा चैँ त्यसो भै रहेको छैन ! बिधालय भनेको ज्ञानको मन्दिर हो ! त्याहा ज्ञान र नैतिक शिक्षा प्रदान गरिन्छ र त्यो दिने काम भनेको गुरु वर्गको हो ! घरको मुली नै खराब भयो भने त्यो घर नै छिन्न भिन्न हुन्छ ! त्यस्तै भएको छ नेपालको शिक्षा क्षेत्रमा पनि ! सरकार बाट नियुक्ति पाएको शिक्षकहरु अधिकांस त बिधालयमा नगएर राजनैतिक पार्टीका खेताला बन्दै हिडेका छन ! बिधालयका पाठ्यक्रमको

डाक्टर साब लाइ ओखती गर्न लैजाँदा मेरो भागमा कति ऋण पर्ने भो ता ?

Written By खांट्टी कुरा on Sunday, June 16, 2013 | June 16, 2013

(रास्ट्रपति डा.श्री राम बरण यादव )
जनताले हैन जनताले चुनेर पठाएका भेडी गोठको बथानले चुनेको व्यक्ति बिगत ७ बर्ष देखि नेपालको रास्ट्र प्रमुख बनेर आज सितल निवासमा अड्डा जमाएर बस्नु भाको छ ! २/३ देखि उहा बिरामी भो भनेर देस मात्र नभए बिदेस समेत तातेको छ यतिखेर ! नतातोस पनि कसरि आखिर कांग्रेसको कोटाबाट पहिलो गणतन्त्रे रास्ट्रपति बन्ने सौभाग्य जो पाउनु भाको छ डाक्टर श्री राम बरण यादबज्युले ! नेपालमा पनि त सुबिधा सम्पन्न अस्पताल नभएको चैँ पक्कै पनि हैन होला ! सरकारी कोटामा बर्षेनी बिदेसमा डाक्टर पढ्न गाका छन ! तिनीहरुले के पढेर आए र के कस्ता सेवा दिए ता देश र जनतालाई ? के त्यता तिर कसैले ध्यान पुर्याएको छ र ? स्वयम रास्ट्रपति ज्युको आफ्नै निजि नर्सिंग होम छ जनकपुरकै मुटु भानु चोकमा ! अरुलाई उपचार दिन सक्ने डाक्टरले आफ्नो उपचारको लागि चैँ बिदेस जानु पर्ने यो कस्तो बाध्यता ?

अब पनि जागेनौ भने फेरी कहिले जाग्छौ ?

Written By खांट्टी कुरा on Thursday, June 13, 2013 | June 13, 2013


अहिले यतिखेर नेपालको पत्रिका भनेको ‘कान्तिपुर’ र डिजिटल पत्रिका ‘सेतोपाटी’ मात्र हो भन्ने भान बिगत २/३ हप्ताको माथिल्लो त्रिसुलिको “बिजुली काण्डको” भण्डाफोरले देखाउदैछ ! नेपालमा समय समयमा बर्षे च्याउ जस्तै गरि कहिले बोर्डिंग स्कुल, कहिले बैंक फाइनान्स, कहिले नेट वर्किंग धन्दा त कहिले पत्रिका निकाल्नेको हुल उम्रिने गर्दछ ! उहिले तिस बर्ष पहिले मिलेर कान्तिपुरमा लगानी गर्ने पण्डितबाले पार्टी फुटा जस्तै गरि अर्को पत्रिका कम्पनि खोलेर अहिले शक्तिको भजन गाउदैछ ! त्यस्ता भजन गाउने नेपालमा धेरै पत्रिका छन ! ति पत्रिकामा काम गर्ने राज्यको चौथो अंग बाट बिभुषित ‘पत्रकार’ भन्ने ‘हुन्छबहादुर’ ले चाहेर पनि बिरोधमा लेख्न सक्दैनन ! बिरोधमा लेखनलाई आँट र हुत्ति चाहिन्छ तर नेपालमा ९०% भन्दा माथिका पत्रकारले चाहेर पनि त्यसो गर्न सक्दैनन ! किन सक्दैनन भन्दा पापी पेटको सवालले गर्दा !
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger