कुम्हालेले काँचो माटोलाई बिभिन्न आकृतिमा ढाल्छ त्यस्तै गरि बालबालिकाहरु लाइ पनि सानै देखि असल शिक्षा दीक्षा दिने हो भने तिनीहरुको भबिस्य उज्ज्वल हुन्छ ! तर हाम्रो देस नेपालमा चैँ त्यसो भै रहेको छैन ! बिधालय भनेको ज्ञानको मन्दिर हो ! त्याहा ज्ञान र नैतिक शिक्षा प्रदान गरिन्छ र त्यो दिने काम भनेको गुरु वर्गको हो ! घरको मुली नै खराब भयो भने त्यो घर नै छिन्न भिन्न हुन्छ ! त्यस्तै भएको छ नेपालको शिक्षा क्षेत्रमा पनि ! सरकार बाट नियुक्ति पाएको शिक्षकहरु अधिकांस त बिधालयमा नगएर राजनैतिक पार्टीका खेताला बन्दै हिडेका छन ! बिधालयका पाठ्यक्रमको
सट्टामा ति कलिला अबोध नानिहरुलाई बिभिन्न राजनैतिक दर्शन घोकाइन्छ ! मानौ नेपालमा यतिखेर बिधालय भनेको बिधालय नभएर बन्द कसरि सफल पार्ने ? हड्तालमा कसरि भाग लिने ? सुरक्षाकर्मी सित कसरि डटेर मुकाबिला गर्ने आदि बिषयमा पारङ्गत गराइने तालिम केन्द्र भएको छ ! राजनतिक पार्टीका नेता आउँदा बिधालयनै खालि गराएर पार्टीको झण्डा बोकाएर पार्टी नेताको जय जयकार गराउन लान्छन ! बन्द हड्तालमा अत्याधिक मात्रामा कलिला साना बिधार्थीको प्रयोग गर्ने गरिन्छ ! बिधालयमा संचालक समितिको नियुक्ति पनि हिजो आज पार्टीको भागबण्डा भाको छ ! संचालक समितिले आस्थाको आधारमा शिक्षक शिक्षिका नियुक्ति गर्छन ! नियुक्ति पाएको शिक्षक शिक्षिकाले पनि आफुले नपढ़ायेर खेताला शिक्षक शिक्षिका भर्ति गर्ने गरेको पनि देखिएकै हो ! संसारमा सबै भन्दा धेरै पर्व बिदा पनि हाम्रै देशमा हुन्छ ! त्यहि माथि बन्द हड्ताल आदि जोड्दा त आधा बर्ष पनि पढाइ हुँदैन ! गल्ति गर्ने माथि कारबाही गर्ने हिम्मत सरकारले गर्न सक्दैन किनभने सबै ठाउँमा पार्टीको मान्छे भर्ना भै सकेको छ ! प्रबेशिका परिक्षामा तल्लो प्रतिसतमा बिधार्थी उत्तीर्ण नभाको साल नै हुदैन ! २४ बर्षमा यी राजनीतिक पार्टीले हरेक क्षेत्रमा यति बितण्डा मच्चाएको छ कि जसको बयान नै गर्न सकिदैन ! हरेक क्षेत्रमा अराजक स्थिति छ र यस्तो हुनुमा ति राजनीतिक पार्टीका नेताहरु मात्र नभएर जनता स्वयम पनि दोषी छ ! किनभने अहिले यतिखेर नेपालको जनता नेपाली जनता नभएर राजनीतिक पार्टीको भोट बैंकमा बाडिएको छ ! २४ बर्षमा हाम्रो राजनीतिक पार्टीका नेताहरुले दिएको अग्रगामी छलांग, परिवर्तन र नया नेपाल यहि नै हो क्यार ! (दुवै तस्बिर हाम्रा कुरा डटकम बाट साभार)
0 Comments:
Post a Comment