साना काठ चिर्ने फलामको पातलो दाति भाको औजारलाइ नेपालीमा करौती भन्ने गरिन्छ ! हिजो पंचायतकालमा पार्टी वा दलले चुनाउमा भाग लिन पाउदैन थिए ! सधै सत्तामा पुगेर तर मार्न पल्केकाले आफु भन्दा बलियो उम्मेदवारहरु लाइ चुनावमा हराउन तेस्रो व्यक्तिलाइ आर्थिक सहयोग गरेर चुनावमा भाग लिन लगाउथे ! जसको कारणले गर्दा जित्ने व्यक्ति पनि भोट काटिएर हार्ने स्थितिमा पुग्दथ्यो !
हिजो पंचायतकालको थितिलाइ पछ्याउदै हाल केहि व्यक्तिहरुले ठुला राजनैतिक पार्टीहरु लाइ निर्वाचनमा हराउन करौती पार्टी खोल्नेको लिगलिग दौड सुरु भाको छ !
नारा एकै, पार्टीको झण्डा र नाम पनि उस्तै उस्तै, उदाहरणको लागी पहिला माओबादी त्यस पछी जुटेर मिस्सिएर एमाओबादी भयो ! पार्टी भित्रको आपसी कलहले गर्दा संस्थापन पक्ष चैँ एमाओबादी र फुटेर जाने चैँ बिचमा धर्को जसलाई अंग्रेजीमा ड्यास भन्ने थपेर ने.क.पा.-माओबादी भो ! एमाले को पनि त्यस्तै छ ! ने.क.पा.एमाले, माले, समाजबादी के के हो के नाम पनि सम्झिन गारो ! त्यस्तै हाल रा.प्र.पा.मा पनि छ ! एउटाको रा.प्र.पा. र अर्कोको रा.प्र.पा.नेपाली ! मदेसबादी पार्टीहरुको ता झन गनी साध्य छैन ! हाल थप पार्टी खोलिदैछ र अझै खुल्ने तरखरमा होलान ! बिस्वको सुपर पावर अर्थात महाशक्तिसाली अमेरिकामा जम्मा दुइटा मात्र पार्टी छ ! तर असल दक्षिणी छिमेकीको हावाले भेट्टाको र सबै उतैको नक्कल गर्ने बानि परेको हाम्रो देशमा भने देशको बिकास गर्न नसके पनि आफ्नो र सन्तानको बिकास गर्नकै लागि भए पनि पार्टी खोल्ने होडबाजी चैँ कायमै रहेको छ ! कम्युनिस्ट भन्नाले सबै सिद्धान्त एकै, झण्डा र त्यसको रंग एकै, गाउने गीत एकै अनि अभिवादन पनि एकै तर नेपालमा मात्र कम्युनिस्ट पार्टी तिन बिस पुगी सके ! समाजबाद भने पछी कांग्रेसले अपनाएको बिचारधारा हो आज त्यसै लाइ पछ्याउदै कति पार्टी खुलेका छन गन्न सकिदैन ! कम्युनिस्ट बिचारधारा नमान्ने तर समाजबाद हैन उदारबाद भन्दै रा.प्र.पा.खोलिएको छ ! बिचार त कांग्रेसकै जस्तै भाको धेरै पार्टीहरु छ अहिले यतिखेर नेपालमा ! यी सबै पार्टीहरु लोकतन्त्र र धर्म निरपेक्षता मान्ने भन्दै खुलेका हुन ! तर यी सबै भन्दा अलिकति फरक राजसंस्थामा बिस्वास राख्ने र हिन्दुको बाहुल्यता भएको देसमा हिन्दु रास्ट्र घोषणा हुनु पर्दछ भन्ने चैँ रा’प्र’पा. नेपाल र उसको नारा चैँ लोकतन्त्र नभएर रास्ट्रीयता, प्रजातन्त्र र उदारबाद हो ! जातीयताको नाउँमा, सम्प्रदायको नाउँमा जे जे को नाउँमा खोलियेता पनि नेपालमा यतिखेर रास्ट्रीयस्तरमा पहिचान बनाइ सकेका बाहेक अरु पार्टीहरु चैँ ठुला पार्टीको भोट काट्न लाइ पार्टीको नाउँमा खडा गरिएको हुँदा यस्ता पार्टी र तिनका उम्मेदवार लाइ करौती पार्टीको करौती उम्मेदवार भन्ने कि नभन्ने ?