ठकुरीहरुको भात भान्छामा पिठो पिठो जे पाके पनि ईज्जेत आमादको साथ ‘ज्युनार गर्न
आइस्योस’ भन्छन ! हिजो आज ठुला सहर बजारमा बस्ने सबै बर्गका जात जातिले यो भाषा
लाइ टपक्क टिपेका छन चाहे ति जति सुकै धनि हुन या गरिब ! आइस्योस, गैस्योस, खाइस्योस,
बक्स्योस, हिडीस्योस, मर्जी होस आदि !
महान क्रान्ति गरेर प्रधानमन्त्रि भएका जनताको छोरा कामरेड डा.बाबुराम भटराईले
पद ग्रहण गरेकै दिन पहिलो उर्दी जारि गरे ! मेरो कार्यकाल भरि माथि लेखिएका भाषा
हरु सामन्ती भाषा भएकोले त्यस्ता भाषा बोल्न र लेख्न पाइदैन ! त्यस्ता भाषा बोल्न
र लेख्ने माथि कारबाही हुनेछ ! कुरा ठिकै पनि हो ! कम्युनिस्टहरुको नजरमा सबै बर्ग,जाति
र भाषा समान हुन ! सबै समान भए पछी उनीहरुको नजरमा देखिएको सामन्ती भाषा किन
बोल्ने ?
शोषक र सामन्ती भनेको के हो ता भनेर अर्थ खोज्ने र हेर्ने हो भने बलियाले
निर्धा माथि अन्याय र अत्याचार गर्नु, निर्धाको जाय जेथा चल अचल सम्पति बिना कारण
हडप्नु लाइ शोषक र सामन्ती भनिन्छ ! हिजो राणा तथा पन्चहरु कांग्रेस,
कम्युनिस्टको नजरमा शोषक र सामन्ती थिए ! शोषक र सामन्ती भएकै कारणले गर्दा जनतालाई
आन्दोलित बनाएर तिनिहरु फ्याकिए ! कम्युनिस्टकै घटक मध्येको माओबादीहरुको नजरमा
२०४६ साल पछी जन्मेर सत्तामा हाली मुहाली गरेकाहरुमा राजा समेत थपिएर ति सबै शोषक
र सामन्ती ठहरिए ! आन्दोलन गर्ने तिनै जनता हुन ! आन्दोलन गरे राजा र प्रजातन्त्र फ्याँके
सत्तामा पुगे र अहिले सत्ताको तर मार्दैछन !
गाउँ कांठमा बस्ने भनेको जनताहरु हुन ! त्याहा पनि ठुला ठालु नबस्ने चैँ पक्कै
हैनन ! ति ठुला ठालुहरुले राणा शाही हुँदा घरको बार्दलीमा सबैले देख्ने गरि श्री ३
महाराजको तस्बिर राखेर जय जय जय लेख्थे ! पछी राजाको तस्बिर राखेर श्री ५ महाराजको
जय जय जय लेख्न थाले ! फरक यत्ति हो अहिले राजाको फोटोको ठाउँमा कसैले कांग्रेसको,
कसैले कम्युनिस्टका स्वदेसी तथा बिदेसी नेताहरुको तस्बिर झुन्ड्याएर महान नेता लाइ
जय नेपाल/लाल सलाम भनेर लेखेर राख्न थालेका छन !
परिवर्तनत पटक पटक भयो नेपालमा ! अहिले सम्म भाषा बदलिएको छैन ! बाहिर देखावटीरुपमा
जे जस्तो भए पनि भित्र उही उनीहरुले भन्ने गरेको सामन्ती भाषा निर्धक्क संग प्रयोग गरेका
छन ! जनता लाइ चुस्न छोडेका छैनन ! समर्थन गर्यो ठिक बिपक्षमा जाना साथ उठिबास
लगाई दिन्छन ! हिजो पनि त्यहि आज पनि त्यहि फरक यत्ति हो हिजो बाजे पछी बाबु र
अहिले छोरा छन ! हिजो नारायणहिटी एउटा दर्बार थियो आज त्यस्ता दर्बार गनी साध्य
छैन ! बरु नारायणहिटी दर्बार पुरानी भयो तर आज नया दर्बार थपिने क्रम जारि छ भने हिजोको
हिटी दरबारमा बस्ने शोषक र सामन्ती हुन कि अहिलेको नया दरबारमा बस्ने शोषक र सामन्ती
हुन ? यसको लेखाजोखा गर्ने कसले ?