Home » » खै त नीति र नियम ?

खै त नीति र नियम ?

Written By खांट्टी कुरा on Wednesday, June 26, 2013 | June 26, 2013

उहिलेको पत्रकार भनेको ति आदिम कालको पत्रकार रे ! किनभने तिनीहरुको जमानामा काँधमा भिर्ने सुतीको मैलो झोला र त्यो भित्र डायरी र मसि भर्ने पेन भन्दा अरु हुन्थेन । तर, तिनीहरुको लेखाइमा सक्ति चैँ बेजोड हुन्थ्यो । पञ्चायती मन्त्री तुलसी गिरीको पालाको गलैँचा काण्ड होस वा पोखराको नमिता-सुनिता काण्ड सबैलाई मसी भरेको कलमले नै ठिक पारेको थियो । अझ त्यतिले नपुगेर पञ्चायती ब्यवस्थालाई नै आर्यघाटमा लगेर सुताई दिएको थियो । व्यापारीले कालाबजारी गर्यो, माडे साहुबाले मुद्रा अपचलन गर्यो, रासन पानीमा मिसावट गर्यो, भनेर लेख्थे । मज्जाले काण्ड पुग्नेगरी सबैको बिषयमा लेखेर आवाज उठाउथे । पुरस्कार बापतमा कोहिले गोली खान्थे कोहिले ठिंगुरामा जाकिन्थे । कठै भन्ने कोहि थिएन । तरपनि आवाज उठाउन छोड्दैन थिए । जनताको नजरमा त्यस्ता आवाज उठाउने पत्रकारलाई हेरिने मानसम्मान अर्कै थियो ।
अहिले चिटिक्क परेको एउटा काँधे झोला अनि त्यो झोला भित्र १ थान महँगो एप्पल्को मोबाइल र आइप्याड, १ थान डिजिटल क्यामरा, १ थान डायरी, १ थान कलम लोकलाई देखाउनको लागी महँगो पल्सर मोटरसाइकल । डेरा वा घरमा दुरसञ्चारको समयमा गतिलो सेवा नदिने एडिएसएल लाइन, १ थान कम्प्युटर वा ल्यापटप, १ थान फ्याक्स मेसिन हो यत्ति जिनिस छ भने पत्रकार बन्न सजिलै पाइने रैछ । तलब भनेको त्यस्तै हो ।
राजधानीमा भन्दा मोफसलमा बर्षे च्याउसरि उम्रेको छ आजकल पत्रिकाको खेती । अनलाइन पत्रिका होस वा टि.भी, एफ.एम रेडियोको साउने भेल बगेको छ । हेर्ने दर्शक, सुन्ने श्रोता होस वा पढ्ने पाठकले कुन पढ्ने र कुन हेर्ने कुन सुन्ने भनेर त्यसको मेलो नै पाउन छोडी सके । सूचना बाड्नु र सूचना दिनु नराम्रो कार्य हैन । तर, हरेक कुरालाई फेसन र प्रतियोगिताको हिसाबले हेर्दा त्यसले गाउँ समाजमा कतीको असर पुर्याउछ त्यतातर्फ कसले ध्यान दिने ? एसएलसी परीक्षा दिनासाथ केही दिनको उद्घोषण र पत्रकारिताको तालिमे खेति सुरु हुन्छ । केही दिन पछिको तालिम पश्चात अनि सुरु हुन्छ पत्रकारिताको साउने खेति । न भाषामा सुद्धता छ । न शब्द चयनमा ध्यान दिन्छन । समाचारको शीर्षक राख्छन उट्पट्याङ् तरिकाले । हेर्नुस एउटा नमुना ' प्रचण्डले बाढी हेर्न जान लाई हेलिकोप्टर माग्दा पुर्ब राजाले २५ लाख सहयोग गरे' ! कन्या कलेजमा भन्टा भेटियो ! यो समाचारको नाउँमा विकृति हो कि हैन ? समाचारको कारणले गर्दा मानहानी भो भनेर सम्बन्धितले उजुरी दिए । उजुरी दिने भनेको पुलिस कि प्रसासनमा ? पुलिसले धुईपत्ताल लगाएर खोजे समाते र थुने पनि । राज्यको चौथो अंगलाई किन थुन्या भनेर बिरोध सुरु । गल्ति गर्ने राज्यको चौथो अंग भनिने पत्रकारलाई थुन्न पक्रिन नपाइने हो भने जनताको करको पैसाले किन प्रहरी तथा प्रसासनलाई पाल्ने ? पत्रकारको बिल्ला भिरेर सिमामा तस्करी गर्न छुट । बिज्ञापन दिएन भनेर पीत पत्रकारिता गर्न छुट । जे मा पनि छुट पाइने भएपछि किन पत्रकारीता पेसामा नलाग्ने ? जनताले हेरुन नहेरुन, सुनुन नसुनन पढून नपढुन त्यसको लेखाजोखा नराखिकन अन्धाधुन्ध तरिकाले टेलिभिजन, एफ.एम रेडियो स्टेसन, पत्रिकाको अनुमति दिनु कहाँको न्यायोचित हो ? अनि वर्षे च्याउसरि बिना अनुमति स्वदेश तथा बिदेशमा खोलिएको अनलाइन भनिने बिधुतिय डिजिटल पत्रिकालाई बिना अनुमति किन सञ्चालन गर्यो भनेर रोक्ने कसले ? एउटा जिल्लामा कति वटासम्म दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रिका र टेलिभिजन तथा एफ.एम रेडियो स्टेसन चलाउन दिने भनेर निर्देशिका त बनाएको होलानी । यदि, छ भने खै त नीति र नियमको पालना गरेको ? - See more at: http://setopati.com/pathak-bichar/1876/?utm_source=twitterfeed&utm_medium=facebook#sthash.WJu2DvGJ.dpuf
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger