सदाझै आज पनि
मलेसियाली समय साँझको ७ बजे डिउटी लिए ! डिउटी पुस्तिका, सवारी इन्ट्री आदिको काम
धन्दा सकाएर ०७:३० बजे ल्यापटप अन गरे ! च्याट बक्समा ३ जनाको सन्देस आएको रैछ !
खोलेर हेरे र एउटा च्याट संदेसले घोर आश्चर्यमा परे !
नेपालको प्रख्यात
साहित्यकार श्री जगदिस घिमिरेज्यु मेरो फेसबुकको फ्रेन्ड लिस्टमा हुनुहुन्थ्यो !
उहाँले सन्देस पठाउनु भएको रैछ !
मैले म रोजगारीको
सिलसिलामा मलेसियामा छु भने ! उहाँले काठमान्डौ आउंदा लिन नभुल्नु होला है भन्नु
भो ! मैले हस हुन्छ हजुर भनेर भने !
मलाइ जस्तै सन्देस
श्री बिनोद न्यौपाने (भैरे) ज्यु लाइ पनि दिनु भाको रैछ जुन कुरा उहाँले भने पछी
थाहा पाए ! मेरो बिषयमा सोधखोज गर्नु भएको रैछ ! श्री बिनोद सरले मलेसियामा रोजगार
हुनुहुन्छ भनेर जानकारी गराई दिनु भएको रैछ !
(मदेस आन्दोलनको बारेमा लेखिएको उपन्यास 'सकस') |
हिजो मैले 'नेपाली
हरु नेपालमै कसरि अनेपाली भए' भनेर आलेख लेखेको थिए ! त्यो आलेखमा साहित्यकार
घिमिरेज्यु को मदेस आन्दोलन बारेको चर्चित उपन्यास ‘सकस’ को बारेमा पनि उल्लेख
गरेको थिए ! तर मैले ‘सकस’ पुरै पढेको छैन ! साहित्यकार घिमिरेज्युले उपन्यास
प्रकासित भए पछी सानो टुक्रा फेसबुकमा राख्नु भएको थियो ! मैले त्यो उपन्यासको सार
उहाँको फेसबुकमा नै पढ्ने मौका पाएको थिए !
देशको महान तथा चर्चित
साहित्यकारले म जस्तो एउटा ‘नौसिखिया’ लेखक बनि टोपलेको व्यक्तिको ‘आलेख’ लाइ
उहाँको व्यस्त समय लाइ थाँती राखेर पढी दिनु भएकोमा अन्त्यन्त गर्वित महसुस गरेको
छु ! मैले राम्रो लेख्छु वा लेख्दिन त्यो मुल्यांकन गर्ने काम मेरो पक्कै पनि हैन
! त्यो त पाठक तथा मित्र मन हरुको हो !
जे होस मैले आज आफुलाई
अत्यन्त भाग्यसाली सम्झेको छु ! हार्दिक धन्यवाद साहित्यकार श्री जगदिस घिमिरेज्यु तथा
मेरो बारेमा जानकारी दिनु हुने श्री बिनोद न्यौपाने (भैरे) सर लाइ समेत !
२०१३/८/२८ २३:२२