Home » » के मदेस आन्दोलन सहि रैछ त ?

के मदेस आन्दोलन सहि रैछ त ?

Written By खांट्टी कुरा on Tuesday, August 27, 2013 | August 27, 2013

(जनकपुरको प्रख्यात जानकी मन्दिर)
म व्यावसायिक लेखक तथा पत्रकार हैन ! मलाइ पत्र पत्रिकामा आलेख लेख्दा यसरि लेख्नु पर्छ भनेर क्राइम चेक साप्ताहिकको प्रकाशक तथा सम्पादक श्री सन्तोष मिश्रजीले ज्ञान दिनु भाको थियो त्यो पनि फेसबुकको च्याट कुराकानी मार्फत ! २/३ बर्षको अन्तरालमा मैले २०० भन्दा माथिनै आलेख लेखि सके ! धेरैले मन पराउनु भो ! कतिपयले यस्तो गर्नु पर्छ भनेर सल्लाह सुझाब दिनु भयो ! कत्तिले वाहियात आलेख भनेर गालि पनि गर्नु भो ! तालि पनि खाए र गालि पनि खाए !
तर,
मैले धेरै दिन लगाएर 'नेपाली हरु नेपाल भित्रै कसरि अनेपाली भए' शिर्षक मा एउटा आलेख बनाए ! २०१३/८/२६ मा http://fastnepal.com/?p=1422 र मेरो निजि ब्लगhttp://janakdangol.blogspot.com/2013/08/blog-post_8510.html#more मा प्रकाशित गरे ! यो आलेख लेख्दा मेरो मन धेरै पल्ट भारि भाको थियो र चस्माको फ्रेम पनी धेरै पल्ट भिजेको थियो ! म जे देख्छु त्यहि लेख्छु ! यो आलेख पनि मैले सत्य घटना र प्रत्यक्ष आँखाले देखेको भएर सबैलाई जानकारी होस भनेर राखेको हु !
'मुरली चोक' अर्थात प्रजातन्त्र आए पछि भाको 'बिधापति चोकनिवासी एक जना भाइले मेरो आर्टिकल पढ्नु भएछ र उहाँले मेरो च्याट बक्समा पठाउनु भएको सन्देस तल जस्ताको तस्तै C&P प्रस्तुत गरेको छु !

Anshuman Chaudhary
Ma janakpur ko basinda ho..mero ghar murli chowk ma chha...ma ahile engineering gardai chhu india ma..Maile tapai ko atinai nai ramro article padhna paye jasma janakpur ko jikir gariyeko chha..sanchai nai aaja ko janakpur ra 10 barsa agadi ko janakpur ma dherai farak chha...Jun din dekhi madhesh andolan bhayo tyo din dekhhi janakpur ya purai madhesh kai durgati suru bhayo..Ma 10 class ma huda madhesh andolan start bhathyo..yo andolan awasykta thyo tara yaslai sahi rupma garna sakinea ra aja tyo madhesh ko durgati ko karan banyo...Madhesh andolan pachhi jati pani hamra pahadi mul ka sathi haru thiye jo pahilai dekhi tyahan basdai aayeka thiye,uni haru sab bisthapit bhaye..Aaj kal janakpur pura suna bhachha, uni haruko bina...Janakpur ko bikash thappa bhachha...Janapur ma uniharuko khancho bha chha ahile..Janakpur aba janakpur rahena..Chor fataha haru neta bhachhan aile..Janakpur bomb kandka mukhya abhiyukt fb me hero banchha ra janta haru toy chorlai sir bollauchha..Deherai achamma ko kura vairachha...K garne janakpur ko durgati..
..
के मदेस आन्दोलनले जनता खुसि रैछन त ? यसै बिषयमा मेरो जनतान्त्रिक मंचको अध्यक्ष श्री Mukesh Choudhary ज्यु सित पनि निकै लामो च्याटमा कुराकानी भाको थियो ! उहाँ पनि मदेसी नेता तर उहाँ पनि त्यो आन्दोलन सहि छैन भन्दै हुनुहुन्छ ! हेर्नुस उहा सीतको कुराकानीको केहि अंश C&P ..
..
Mukesh Choudhary
Jab m kaha yo khabar aayo ki kehi manchhe haru unknow number bat pahadi haru lai dhamkay r sasto ma ghar bhechn sadyantra garirahe ko..m aafai..yesko birodh gare r dherai pahadi mitra haru lai support pani gare Jo madhesh ma janmyo...mero bichar le u madheshi nai ho.
..
लेख्नु पर्ने कुरा त अघिल्लो ब्लग http://janakdangol.blogspot.com/2013/08/blog-post_8510.html#more मा प्रस्तुत गरि सकेको छु ! पहिला हामि नेपालि हौ ! हिमाल, पहाड र तराइमा बस्ने हामि सबै नेपाली हरु एकै हौ ! २०४६ साल पछिका राजनैतिक पार्टीका नेताहरुले जनताहरु लाई फुटाउने भन्दा अरु कुनै काम गरेनन ! यस्तै भयो भने नेपाल र नेपालीको अस्तित्व अब मेटिन सक्छ ! हाम्रो जन्मभूमिमा बिदेसिका बुटले परेड खेल्न सुरु गर्न बेर छैन ! त्यसैले नेपाली हौ र नेपाली भएर सोचौ र अब सबैले निडर भएर सोधौ हाम्रा राजनीतिक पार्टीका नेताहरुलाई “तपाइँ हरुले नेपालमा पार्टी खोलेर राजनीतिक गर्न जनता लाइ सुख सान्ति दिन खोलेको कि जनता जनतालाइ लडाउन खोजेको” ? सोध्नु पर्ने प्रश्न यहि नै हो र यतिनै हो ! सबैले भोगेको र देखेको बिकास, सान्ति र सुब्यबस्था कस्तो छ त्यो मैले बर्णन गर्नु जरुरि नपर्ला !
date 2013/08/27/3 22.11
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger