(ब्लगर- जनकमान डंगोल) |
इतिहासमा लेखिए अनुसार उहिले परापुर्वकालमा मंजुश्रीले चोभारको
गल्छेडोलाइ खडगले काटेर खाल्डो को पानी बाहिर पठायेसी बल्ल नेपाल बन्या रे
भनेर इतिहासमा पढेको थिए ! को को काहाँ काहाँ बाट आए बसे २०४६ साल सम्म
कसैलाई मतलब नै भएन ! जुन दिन बाट नयाँ नेपाल बनाउछु भन्नेहरुले जाती
पिच्छे राज्य दिन्छ्म भनेर राज्य बाड्ने कुरा गरे त्यो दिन बाट नंग मासु
जस्तरी मिलेका बसेका भाइ साथीहरु पनि टाढा टाढा हुन थाले !
मेरो ससुराली जनकपुरको बन कार्यालय नजिकै थियो ! “पहिला ससुराली जादा मलाइ सबैले दर्जा अनुसारले सम्बोधन गर्थे ! म पनी जनकपुरेको ज्वाईसाप, भिनाज्यु भनेर भन्दा घिरौलाको जत्रो नाक पार्थे” ! हिजो सरकारी जागिरेको सिलसिलामा जनकपुरमा कार्यरत हुँदा मैले मेरो सवारी चालक अनुमति पत्र जनकपुरमा नै बनाएको थिएँ ! नबिकरण फेल भएछ ! नबिकरण नगरे सवारी चाललक अनुमति पत्र रद्ध हुने सम्भावना थियो ! त्यसैले प्रबास बाट छुट्टीमा घर जादा सवारी चालक अनुमति पत्र नबिकरण गर्न जनकपुर गएको थिएं ! ‘एक पन्थ दो काज’ भन्दै ससुराली गाउँमा भला कुसारी पनि गर्नु पर्यो भनेर सबै जना मान्यवर लाइ भेटघाट गर्न गए ! तराईबासीको हुलमा मेरो एक्लो ससुराली घर ! ससुरालीका छर छिमेकीहरु बोल्न चैँ बोले तर पहिलाको जस्तो बोलीमा कुनै मिठास थिएन !
उपेन्द्र यादबले ‘मदेसी जन अधिकार फोरम’ नामको पार्टी गठन गरेर मदेस आन्दोलन चलाए ! बाध्य भएर मेरा ससुरा लगाएत धेरैले (मधेसको भाषामा भन्नु पर्दा ‘पहडिया’ हरुले) बाध्यताबस बर्षौ बर्ष देखि बस्दै आएको थातथलो छोड्नु पर्यो ! कौडीको भाउमा जुगौ बसेको स्थान छोड्नु पर्दाको पीडालाई लिएर होला साहित्यकार श्री जगदिस घिमिरेज्युले ‘सकस’ उपन्यास लेख्नु परेको थियो !
हालै मेरो छीमेकी बन्न आइ पुगेका छन एक जना मेरै जातका नेवार दाज्यु ! जनकपुरको मुटु ‘शिब चोक’ मा उहाँको घर ! जनकपुर चुरोट कारखाना मा काम गर्नु हुन्थ्यो ! फोरम आन्दोलन चर्क्यो तब सुरु भयो ति दाजुको दुर्दिन ! साँझमा नचिनेका मान्छे आएर भन्दा रैछन यो ठाउँ छोड ! जन्मे त्यहि, हुर्के त्यहि अनि बिहेबारी पनि धनुषा जिल्ला को उत्तर बटेस्वर अर्थात एभरेस्ट पेपर मिल्सको पश्चिमको गाउँमा भो ! जनकपुरमा ३ जना छोरा छोरी हुर्के बढे ! बसेको ठाउँ छोड्न मानेनन ! त्यस पछी सम्साझै कन्चटमा पेस्तोल ताक्न सुरु गरेछन ! बाध्य भएर आँखा बाट तुरुक्क आँसु चुहाउदै कौडीको भाउमा घर जग्गा बेचेर मेरो छिमेकी बन्न आउनु भयो ! नेवार भनेर के गर्नु जिन्दगीनै मदेसमा बिताएका ! अहिले सम्म ति छिमेकी दाज्यु तथा तिनका परिवार हाम्रो गाउँ टोलमा घुलमिल हुन् सकेका छैनन ! मणि हराको सर्प जस्तै भाका छन !
जनकपुरको ‘जनकचोक’ अर्थात नेपालको पुरानो रेल चढ्न जाने बाटो जसलाई ‘स्टेसन रोड’ पनि भनिन्छ ! सोहि स्टेसन रोडमा लुगा सिलाउने एउटा टेलर पसल छ ! मेरो साइला जेठानको मितको, उहाँ मुसलमान हुनुहुन्छ ! हामि जात जातिको कुनै भेदभाव नगर्ने मान्छे र अहिले सम्म पनि गरेका छैनौ ! बसिन्छ खाइन्छ, हामीले उहाँको घरमा गएर बस्दा खाँदा न उहाँको जात बढेको छ न हाम्रो जात घटेको छ ! जाने बेलामा भेट्नु पर्यो भनेर त्याहा गए ! दाइ ‘नमस्ते’ सन्चै हुनुहुन्छ ? जनकपुर त सारै चेन्ज भएछनि दाइ भने ! उहाले मदेसको लवजमा भन्नु भो ‘ज्वाइसाप तपाइँ हरु त सरकारी नोकरी पनि छोडेर अब बिदेसमे काम गर्न जो बस्नु हुन्छ, फोरमले सब पहाडिया जो खेदिगो, बन्द ब्यापार केहि छैन ज्वाई साप ! हामि त हाय तौवा भै सकेको छ ! अब हामीहरु लाइ पनी हेटौडा तिर जो बोलाइ लिनुस’ भनेर भन्नु भो ! मित जेठान दाज्युको कुरा सुनेर एक छिन टोलाए ! हिजोको ति सुनौला रंगिन गुल्जार जनकपुरलाइ सम्झे ! जवाफ दिन सकिन अनि ‘नमस्ते’ दाइ मेरो गाडी छुट्न लाग्यो जान्छुहै भने ! उहाँले अध्यारो मुख लाउदै भन्नु भो ‘तपाइँ घर पुगे नपुगेको जो हाम्लाई चिन्ता हुन्छ ! त्यसैले हेटौडा घर पुग्ना साथ मलाइ टेलिफोन जो गरि हाल्नुस हाँ’ ! मैले भक्कनिदै भने ‘हस दाइ’ ! मनमा हुरी चल्यो, आँखाबाट तुरुक्क आँसु झर्यो र मनमनै भने ‘हे नयाँ नेपाल बनाउछु भन्ने मुढे नेताहरु हो स्वर्ग जस्तो नेपाल लाइ किन नरक बनायेउ ? पुस्तौ पुस्ता देखी बसेको नेपालीहरु आज नेपालीहरु बिचमा नै कसरि अनेपाली भए ?
http://www.fastnepal.com मा प्रकाशित !
प्रकाशित तारिख इ.स. 2013/8/26