sponsor

Slider

Recent Tube

आलेख

च्वास्स-चुस्स

Life & style

Games

entertainment

Foto

हिजो आर्कालाई शोषक र सामन्ती भन्नेहरु आज आफै शोषक र सामन्ती बनेका छन

 पंक्तिकार पूर्व रास्ट्र सेवक । तत्कालिन श्री ५ को सरकारको पालामा सूरक्षा सेवामा भर्ना भएर चानचुन २० बर्ष देश नरेस र जनताको सेवा गर्न अबसर पाएको हुँदा पंचायत देखि प्रजातन्त्र हुँदै गणतन्त्र सम्मको शासन ब्यबस्थालाई देख्न र भोग्न समेत पाएको छ ।
सूरक्षा सेवामा अवकाश भए पछी निजि सुरक्षा कम्पनिमा काम गर्न कुनै कठिनाई हुन्न । देस देखि बिदेसमा सुरक्षा सेवामा सजिलै संग रोजगार प्राप्त गर्न सकिन्छ । बिदेस मलेसियाको १० बर्षे सेवा पछी पुन: स्वदेशमा आएर निजि सुरक्षा सेवा प्रदान गर्ने कम्पनिको सेवा दिन थालेको पनि झन्डै १७ महिना पुग्न लागि सकेको छ ।
पंक्तिकारले लामो समय सम्म कार्यालय संचालन अर्थात फाँटवालाको जिम्मेवारी सम्हालेको हुँदा पुन निजि सुरक्षा सेवा प्रदायक कम्पनीमा पनि होही हैसियतमा काम गर्ने अवसर पाएको छ । कामको सिलसिलामा देखिएको देखाई, भोगाई र समस्यालाई बर्णन गर्ने मनसायले यो आलेख लेखिएको हो ।
निजि सुरक्षा कम्पनिको काम भनेको सरकारी जस्तो हुन्न । रोजगार दिने कम्पनि, ब्यक्ति वा संस्थाले नचाहेको खण्डमा जुनसुकै बेला पनि सेवाबाट हट्नु पर्ने हुन्छ । त्यो भनेको डिउटीको समयमा मादक पदार्थ सेवन गर्नु, चोरि वा कम्पनीको अहितमा पुग्ने काम, डिउटीको समयमा लापरबाही गर्नु हो ।
केहि महिना अगाडी एकजना सुरक्षाकर्मीले आफ्नो पदीय दायित्व बहन नगरेको हुँदा निजलाई कम्पनीको नियमानुसार डिउटी होल्ड गर्नु पर्ने बाध्यता आयो । मलाई के कति कारणले डिउटी होल्ड गरियो भनेर रोजगार दिने कम्पनीमा आएर सोधखोज गर्नु पर्नेमा त्यसो नगरी मजदुर संगठनमा गएर कम्पनि बिरुद्ध उजुरी दिने काम सम्म भयो । मजदुर युनियनका नेताहरु आए । धाक धम्की देखि अप्सब्द प्रयोग भयो । पंक्तिकारलाई कोठा भित्र थुनेर बन्दि बनाउने सम्मको कुरा उठे । गल्ति गरेको हो हैन भन्ने तर्फ सोधखोज हुनुपर्थ्यो तर त्यसो नगरी धम्कीको भाषा मात्र प्रयोग भयो । कम्युनिस्ट राजनीतिको स्कुलिंग छुद्र हुने रैछ भन्ने अनुभव गरियो ।
नेपालको सबै राजनीतिक पार्टी देखि तिनका भात्री संगठनहरुको  आम्दानीको श्रोत भनेको चन्दा संकलन हो । चन्दा पनि भने जत्तिको दिनु पर्दछ । नदिएको खण्डमा जे पनि गर्न पछी पर्दैनौ भन्ने धम्कि दिन बेर मान्दैनन ।
मजदुर दिबस । मजदुर दिबसको समयमा बिदेसमा पनि कम्पनि मालिकहरु संग चन्दा माग्छन वा माग्दैनन त्यो थाहा भएन तर हाम्रो देसको हकमा भने २/३ हप्ता अगाडी देखिनै अत्यत्न सिष्ट भाषामा लेखिएको ‘सहयोगको लागि अनुरोध’ भन्ने चिठि आइपुग्छ । चिठि दिनु भन्दा अगाडी हामीहरुले त्यो कम्पनि माथि दुर्ब्यबहार गर्नु हुन्नथ्यो भन्ने हेक्का राखेको भए चन्दाको चिठि बुझाउन जाने आँट पक्कै पनि गर्दैन थिए ।
युनियन तथा संघ संगठन भनेको नेपालको पार्टीका नेताहरुले आफ्ना कार्यकर्ताहरुको भरण पोषण गर्नको लागी खोलिएको संस्था हो र त्यो भन्दा अरु केहि पनि हैन । राजनीतिक पार्टीको आडमा ब्यापारी, कम्पनि देखि उधोगपतिलाई अनेक हथकण्डा अपनाएर चन्दा दिन बाध्य पारिन्छन । ब्यापारी भनेको नाफामा रमाउने ब्यक्ति वा समुह । ब्यापारीहरु १०० खर्च गरेर हजार कमाउने गर्छन । हामीले व्यापारीहरु देखि उधोगपतिहरु संग चन्दा माग्यौ भने त्यसको भार आफै देखि जनता सम्म पर्छ भन्ने हेक्का किन राख्दैनन ?
देसको बिकास र जनताको लागी भनेर क्रान्ति गरेका हौ भनेर अहिले पनि नेताहरु भन्न लाज मान्दैनन । हिजो राणा देखि पंचायती शासकहरुलाई ‘शोषक र सामन्ती’ भन्थे । त्यस्तो भन्नेहरु आज आफै उधोगपति देखि अर्बौका सम्पतिको मालिक बनि सकेका छन ।  त्यसरी मालिक बन्नेहरु के कसरि मालीकको दर्जामा पुग्न सफल भए ? देस र जनताको श्रम र सम्पतिको शोषण नगरेको भए के मालिकको दर्जामा पुग्न सम्भव हुन्थ्यो ?
यी सबै घटनाहरु तिनीहरुको रिकुटे देखि बरिस्ट सम्मका कार्यकर्ताहरुले राम्रै संग देखेका छन तर बिरोध गर्ने आँट र हिम्मत भने गर्दैनन । बिरोध गर्नुको सट्टा नेताहरुको ईसारामा मदारीको बाँदर बनेका छन । हिजो अरुलाई जे भाषा प्रयोग गरेका थिए आज त्यहि भाषाको हकदार बन्न पुगेका छन भने यिनीहरुले पटक पटक गरेको क्रान्ति भनेको चितवनको धुर्बे हात्तीको दांत जस्तै हो ।

राजनीति आस्थाको आधारमा भेदभाव किन ?

जनकमानको खाँट्टी भोगाई
जनकमानको खाँट्टी भोगाई
तस्बिरमा देखाईएको घर हेटौडा उप-महानगर पालिका वार्ड नम्बर ८ कमानेको मदन तथा लाली गुराँस मार्गको चार दोबाटोमा पर्छ । पश्चिम तिर चार दोबाटोलाई चौराहा पनि भनिन्छ ।
 ..
चुनाव भयो । स्थानीय सरकार पनि गठन भयो । चुनावमा दक्खिन तर्फको घरमा कांग्रेसको चारतारे झण्डा पनि देखेका थिए भने तस्बिर भएको घरमा माओबादी केन्द्र नामको पार्टीको झण्डा निकालेर फालेकोले होला झण्डा फालेको भोलिपल्ट नजिकै बम समेत राखेर तर्साएका पनि थिए ।
..
एमाले बिरोधि भन्ने ठानेछन । आफ्नो समर्थकको घर अगाडिको पोलमा CFL बत्ति जडान गरे तर मदन मार्ग तथा लाली गुराँस मार्गको यो चौराहामा CFL बत्ति किन जडान भएन ? राजनीतिक आस्थाको आधारमा भेदभाव गर्न पाईन्छ ?
 ..
लोकतन्त्रमा बिरोध गर्न पाईदैन भने नेपालमा पंचायती ब्यबस्था ठिक र फेरी पनि पंचायती शासन लागु हुनु पर्दछ भनेर किन नभन्ने ?




आफ्नो फाईदाको लागी जनता जुधाउने पार्टीलाई बहिष्कार गर्नु पर्दछ


भारत उत्तर प्रदेशको क्षेत्रीय पार्टी समाजबादी तथा बहुजन समाज पार्टी केहि दिन अगाडी सम्म एक आर्काको घोर बिरोधिको रुपमा परिचित थिए ।
बिहार राज्यको क्षेत्रीय पार्टी रास्ट्रिय जनता दल तथा जनता दल युनाईटेड पनि अहिले आएर एक आर्काको घोर बिरोधि बनेका छन ।
पश्चिम बंगालको त्रिणमूल कांग्रेस पार्टी र बामपन्थी पार्टी अहिले एक आर्काको घोर बिरोधि बनेका छन तर कुनै समय एक आर्कासंग लगन गाँठो कस्न बेर मान्दैनन ।
यी केहि उदाहरण हुन ।
लामो समय सम्म भारतको शासनमा आफ्नो पकड जमाउन सफल भएको भारतीय कांग्रेस पार्टी अहिले ४४ सिटमा खुम्चेर रहेको छ ।
केहि बर्ष देखि भारतको राजनीतिमा अब्ब्लता कायम गर्न सफल भएको भारतीय जनता पार्टीको दिन प्रतिदिनको लोकप्रियता बाट अहिले माथि उल्लेख भएका पार्टीहरुको होस् हवास गुम भएको देखिदैछ । आउंदै गरेको चुनावमा कुनै पनि हालतमा भारतीय जनता पार्टीलाई रोक्न सकिएन भने राजनीतिक भविष्यनै अन्धकारमा पर्ने भयले पश्चिम बंगालको मुख्य मन्त्रि तथा  त्रिणमूल कांग्रेस पार्टीको अध्यक्ष ममता बनर्जीको अगुवाईमा मोर्चाबन्दी बनाउदैछन ।
बिहार राज्यको पुर्व मुख्य मन्त्रि लालु प्रसाद यादब पटक पटक मुख्य मन्त्रि भए । अहिले करोडौ करोडको चारा घोटाला काण्डमा मुछिएर अहिले जेलमा परेका छन । आफु बिरुद्ध आएको फैसला बाट अत्तालिएर यादब अहिले अस्पताल भर्ना हुन पुगेका छन ।
अस्ति राम नवमी पर्वको उपलक्ष्यमा भारतीय जनता पार्टीले बिहार, उत्तर प्रदेस तथा बिहारमा झाँकी सहितको जुलुस प्रदर्शन गर्यो । हिन्दुत्वको नारा बोकेको भारतीय जनता पार्टीको जुलुसमा आक्रमण भयो । त्यहि बिषयलाई लिएर अहिले बिहार तथा पश्चिम बंगालमा साम्प्रदायिक दंगा फैलिएको छ । बिपक्षी पार्टीहरु केन्द्रिय सरकार माथि दोष थुपारेर आफु पानि माथिको ओभानो बन्दैछन । को सहि को गलत छानबिनले बताउला । अहिले सम्म लेखिएको समाचारले औलो माथि उल्लेख भएको पार्टीहरु प्रति तेर्सिन खोजेको हो कि भन्ने भान हुदैछ ।
आफ्नो प्रदेसमा भएको घटनाको बारेमा मुख्य मन्त्रि ममता बनर्जीलाई थाहा नभएको पनि हैन तर कलकत्तामा बसेर साम्प्रदायिक हिंसाको बारेमा को सहि र को गलत भनेर छानबिन गराउनु पर्नेमा दिल्लीमा बसेर भारतीय जनता पार्टी बिरुद्दको अगुवाईमा मोर्चाबन्दी निकालेर बसेकी छिन ।
राजनीतिक पार्टीका नेताहरु चुनावको समयमा मात्र मतदाताहरु सम्झिन्छन । जनताको दुख पिरमा साथ दिनु राजनीतिक पार्टीका नेताहरुको आफ्नो धर्म र कर्तब्य पनि हो तर सत्तामा पुगेपछी वा बिपक्षमा पुगेपछि साम्प्रदायिक दंगा फसाद गराउन समेत बेर मान्दैनन जनतालाई दुख कस्ट दिने त्यस्ता राजनीतिक पार्टीको पछी लाग्नुको के अर्थ ?
हरेक कुरामा भारतको नक्कल गर्नमा नेपालमा स्थापना भएको पार्टीका नेताहरु खप्पिस छन । छिमेकी भारतमा जति नामका पार्टीहरु स्थापना भएका छन त्यहि नाम राखेर नेपालमा पनि पार्टी खोलेका छन तर फरक के छ भने अहिलेको समयमा भारतमा बामपन्थीको राजनीति ओरालो लाग्दैछ भने नेपालमा बामपन्थीहरुको राजनीति उकालो लागेको छ ।
छिमेकीको नक्कलको प्रभावले गर्दा नेपालमा पनि २०४६ साल पछी पटक पटक साम्प्रदायिक दंगा भड्किएको थियो । हत्या र हिंशामा रमाएका  तर जनताको लागी लडेका हौ भन्ने बामपन्थीहरु अहिले सत्ताको स्वामा रमाएर बसेका छन तर छिमेकमा अहिले पनि कम्युनिस्ट पार्टी माओबादीको जनयुद्द जारीनै छ ।
अंग्रेजहरु कुटिल खेल खेल्नमा माहिर छन । सयौ बर्ष आफ्नो मुट्ठीमा पारेर भारतको जनतालाई नचाएको अंग्रेज अहिले भारतमा छैन तर तिनैले रोपेको बिष वृक्ष अहिले नराम्रो संग झाँगिएको छ । भारतीय नेताहरु यस्ता कुरामा अनभिग्य नभएको पनि हैन तर देस र जनता भन्दा राजनीति ठुलो भन्ने अहं  पालेकाहरु लाई जनताको दुख पिर संग के नै साईनो भो र ।
पश्चिमाहरू राजनीतिक पार्टी मार्फत जनता जुधाउन माहिर छन । जात, धर्मको नाउँमा युद्द गराउनु तिनीहरुको लागी बायाँ हातको खेला हो । जस्को नतिजा एसियाली देखि अफ्रिकन रास्ट्रका जनताहरुले देखि भोगी सकेका छन । अहिले भारतमा भड्किएको साम्प्रदायिक दंगामा बिदेसी शक्तिको हात नहोला भनेर भन्न पनि सकिन्न ।
बिदेसिको ईसारामा नाच्ने पार्टी र ति पार्टीका नेताहरुलाई जब सम्म जनताले चिन्दैनन तबसम्म देसमा असान्ती, हत्या र हिंसाको खेल चलिनै रहन्छ । नेपाल तथा भारत देस दुई भए पनि भाषा, धर्म, पहिरन देखि सांस्कृतिक कारणले एकै जस्तो देखिन्छ । रोटि तथा बेटीको सम्बन्ध भनेर त्यसै भनिएको हैन तर जबसम्म भारत हुन या नेपाल ति देशहरुमा स्थापना भएको राजनीतिक पार्टीका नेताहरुले बिदेसिको ईसारामा नाच्न छाड्दैन तब सम्म शान्ति स्थापना हुन सक्दैन । आफुलाई मत तथा समर्थन दिने जनतालाई  नचिन्ने पार्टीको पछी किन लाग्ने ? लेखमा भन्न खोजिएको कुरा यत्ति मात्र हो । बाँकी नेता तथा ति नेताहरुको समर्थनमा अन्ध भक्त भएर लाग्नेहरुनै जानुन ।

मनकारी, परोपकारी भाई संग एक क्लिक


तस्बिर आफै बोलेको छ


रेडियोमा बोल्न खोज्दा !

रेडियोकर्मी मित्र बालकृष्ण दाहाल ज्युले आग्रह गर्नु भयो । कोसिस पनि गरियो । नजानेको गाउँको बाटो सोध्दा पाएको दुख झैँ भयो । फुर्सद नभएर मात्र । हरेस खाएको छैन । एकदिन रेडियोमा बोलेर सारालाई सुनाउने धोको छ ।
-जनकमान डंगोल