Home » » पुरानै सैलिमा फर्किदै छ माओबादीहरु !

पुरानै सैलिमा फर्किदै छ माओबादीहरु !

Written By खांट्टी कुरा on Sunday, August 25, 2013 | August 25, 2013

(तस्बिर: फेसबुक बाट साभार)
'बिग्रेड' भनेको फौजी भाषा हो ! बिगत केहि दिन देखि ए.माओबादीले यो सब्द लाइ पुन: उचाल्न थालेको छ ! शान्ति वार्तामा आएर पटक पटक सत्ताको स्वाद चाखी सकेको माओबादीहरुले पुन: सैनिक भाषाको निर्धक्क संग प्रयोग गर्दै आएका छन !
'उत्पादन बिग्रेड' यो भनेको के हो ? "हिजो चाइनामा क.माओले युद्ध गरेर सत्ता हातमा लि सके पछी चलाएको चलन पुन: चाइनामा नै सुपर फ्लप भएर अहिले 'जसको जोत उसको पोत' भाको छ: ! सासन कम्युनिस्ट सिद्धान्तमा चले पनि बिस्तारै समाजवादमा ढल्किदै छ ! वर्तमान रास्ट्रपति 'सी जिन पेंग' रास्ट्रपतिमा निर्वाचित हुनु भन्दा ८ महिना अगाडी अमेरिकाको भ्रमणमा जानु हुँदा उहाँ स्वयमले स्वीकार गरेको कुरा हो यो !

यता नेपालमा 'क.माओ'को नाम भजाएर नेपालको जनतालाई केहि पनि थाहा छैन भन्दै अझै पनि त्यो जुगौ पुरानो सिद्धान्त जबर्जस्ति लादन खोज्दैछन ! त्यस्तो ब्यबस्था लादन खोज्नेले जे कुरामा पनि दक्षिणको राय सल्लाह चैं किन लिन्छन ? कथित 'जन युद्द' अहिले पनि कायमै छ भने किन सान्ति-वार्तामा आएर हतियार  राज्यलाई बुझाइएको हो ? जब हतियार राज्यलाई बुझाई सके पछी र त्यस पछी पटक पटक सत्ताको स्वाद चाखी सकेको माओबादीले अहिले आएर पुन: पुरानै सैली देखाउन खोज्नुको तात्पर्य के हो ?
निर्वाचनको कार्यक्रम घोषणा भै सके पछी 'आचार संहिता' लागु हुन्छ ! त्यै 'आचार संहिता'ले बांधेकोले गर्दा पुर्व राजाले दैबी प्रकोपको आपत बिपद्मा परेको नेपाली लाइ राहत वितरण गर्न पाएनन तर यता माओबादीको नेताहरु जनतालाई आकर्षित गर्न 'उत्पादन बिग्रेड' भन्दै खेत जोत्ने ट्रयाक्टर, बेल्चा जस्ता कृषि सामाग्री वितरण गर्दै हिडेका छन भने यो चैं 'निर्वाचन आचार' संहिता भित्र पर्छ कि पर्दैन ? अनि उत्पादन बिग्रेडले उत्पादन गर्ने खाध्य सामाग्रीचैँ कसको जग्गा जमिनमा गएर खनजोत गरेर उत्पादन गर्ने हो ? के माओबादी पार्टीको आफ्नै निजि नाउँमा हज्जारौ हजार जग्गा जमिन छ र ? अनि यसरि दिनानुदिन कानूनको धज्जी उडाउदा पनि अरु ठुला तथा साना पार्टीहरु चैँ टुलुटुलु हेरेर बस्नुको अर्थ के हो ? जनतालाई जवाफ दिनु पर्दैन ? 

..
२०१३/०८/२५  © जनक मान डंगोल,www.janakdangol@gmail.com

Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger