Friday, August 23, 2013

अहिलेका पार्टीहरु देसमा अमन, चयन र बिकास चाहदैनन !



(तस्बिर:फेसबुक वाल बाट साभार)
बि.स.२०१७ सालमा लागु भएको पंचायत ब्यबस्था हटाउन सुरु गरेको मुख्य आन्दोलन बि.स.२०४५ साल बाट हो तर आन्दोलन त २०२६ बाट भित्र भित्र सुरु भै सकेको थियो ! बि.स.२०२६ सालमा नेपालमा किर्तिनिधि बिस्टको सरकार थियो ! त्यति बेला स्व.राजा महेन्द्रले देसको उत्तरी सिमानामा २००७ साल पछी नेपाली कांग्रेसले हुलेको भारतीय सेनालाई उसकै देसमा फिर्ता पठाई दिनु भएको थियो ! जब भारतीय सेना फिर्ता भयो तब भारतले नेपालको कांग्रेस कम्युनिस्ट पार्टीका नेताहरुलाइ उसको देसमा आश्रय दिएर नेपाल भित्र अराजक मच्चाउन सुरु गराएका थिए !
जुन दिन पंचायतको हस्ती तथा स्व.राजा बिरेन्द्रको अति बिस्वास्पात्र सुर्य बहादुर थापा नेपालको राजनीतिमा दोश्रो जंग बहादुर बनेर उदाय तब उनको नियत जनताको त के कुरा स्वयम राजाले समेत थाहा पाउन सकेनन ! अहिलेका होस या उहिलेका नेताहरुमा सुर्य बहादुर थापा जस्तो भारतको भक्त अरु कुनै हुन सक्दैन यो उनको ब्यबहारले पुस्टि गरेको छ !  

पंचायती ब्यबस्था ढाल्नलाइ कांग्रेस तथा बाम मोर्चाले जनताको दैलो दैलोमा गएर जनता सित घुलमिल गरेर जनतालाई बिस्वासमा पारी 'पंचायत' प्रति बितृष्णा अनि 'प्रजातन्त्र' प्रति आस्था जगाएका थिय येस्मा कुनै दुइमत छैन ! हिजो आफुले प्रशिक्षित गरेको जनताले आज आफैलाइ औला ठड्याई रहेको छ किन ? किन जनताले ठड्याएका छन त औंला नेता, कार्यकर्ता र पार्टी प्रति ?
यी सबै यावत कुराहरु कांग्रेस तथा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरुले थाहा पाउदा पाउदै पनि मुखमा भोटे ताल्चा ठोकेर बसेका छन ! के सम्पति कमाउन मात्र राजनीति पेसा सुरु गरेका हुन त हाम्रा नेपालका नेताहरुले ? 
देसको ढुकुटीमा ब्रम्हलुट गर्ने हिजोका खुंखार नेता सुर्य बहादुर थापा लाइ आज कसले सम्झिन्छ ? उसलाई आज कसले मान सम्मान गर्छ ? देशकै ढुकुटीमा सुर्य बहादुर भन्दा १ कदम अगाडी बढेर लुटतन्त्र मच्चाउने कांग्रेसका स्व.गिरिजा लाइ आज कसैले सम्झेको छ ? हिजो जनताको प्रिय नेताको रुपमा परिचित कांग्रेसको स्व.नेताहरु सुबर्ण राणा, गणेशमान, महेन्द्र नारायण निधि, सन्त नेता भनेर चिनिने कृष्ण प्रसाद भटराई अनि एमालेको लोकप्रिय नेताहरु स्व. मदन भण्डारी, मनमोहन अधिकारि हरुलाइ आज कसैले सम्झिन्छन ? तिनकै पार्टीका नेता तथा कार्यकर्ताले त सम्झिदैनन भने जनताले चैँ सम्झिनु पर्ने के नै दरकार रह्यो र ! 
हिजो भोजपुरे कबि श्याम तमोटले लेख्नु भएको गित ‘गाउँ गाउँ बाट उठ, बस्ति बस्ति बाट उठ, यो देसको मुहार फेर्न लाइ उठ’ भनेर उचाल्ने पनि यिनीहरु नै हुन ! जनतालाइ उचाले, पंचायत फाले, राजा फाले, जनताको मन्जुरी बिना देशमा गणतन्त्र र धर्म निरपेक्ष हुले तर जनताले चैँ के पाए ?
त्यहि भएर नेपालका अहिलेका आफैले आफ्नै लाइ ठुला भनेर घोषणा गरेका चार ठुला पार्टी नामधारी दलले सिन्डिकेट बनाएर देसमा हालीमुहाली गरेका छन ! जनतामा भोट माग्न जाने आधार छैन ! आधार नै नभए पछी जनताले भोट दिने कुरा पनि भएन ! त्यहि भएर अनेक प्रपन्च रचेर यिनीहरु चुनाव गर्न चाहादैनन भन्ने कुरा इनिहरुको क्रियाकलापले पुस्टि हुन्छ र त्यो कार्यलाई ३३ दल भन्ने समेत ले अप्त्यारिलो तरिकाले पर्दा पछाडी बसेर सहयोग गरि रहेको छ ! यी पार्टी हरु सबै बिदेसीका गुलाम हुन र देस र जनतालाइ बर्बाद बनाउन जन्मेका हुन ! त्यसैले देस लाइ माया गर्ने सम्पूर्ण नेपालीहरुले बेलैमा यो बिषयमा सोच्न जरुरि छ ! देस रह्यो भने पो ता बीर नेपाली भनेर गर्ब गर्न पाइन्छ !
..
2013/8/23Friday  © www.janakdangol@gmail.com