२०४६ सालको जन आन्दोलन पछी नेपाली कांग्रेसले आफ्नो पार्टीको ब्यानर तथा
स्टिकरमा ४ महा पुरुषको तस्बिर राख्ने गरेको थियो ! महा मानब बि.पी, लौह पुरुष गणेसमान,
सन्त
नेता कृष्ण प्रसाद भटराई अनि सादा जीवन बिताउने मदेसी नेता महेन्द्र नारायण निधि!रातो चारतारे झन्डा र पार्टीको महान बाणी 'रास्ट्रीयता, प्रजातन्त्र,
समाजबाद'
लेखिएको
हुन्थ्यो !
नेपाली कांगेस पार्टीले बनाएको आफ्नो पार्टीको वेब साइट http://www.nepalicongress.org/ मा अहिले नेता महेन्द्र नारायण निधिको तस्बिरको कुनै अत्तो पत्तो छैन भने पार्टीको महान बाणी 'रास्ट्रीयता, प्रजातन्त्र, समाजबाद' मा थप घट गरेर 'रास्ट्रीयता, लोकतन्त्र , समाजबाद' लेखिएको रैछ !
इतिहास भनेको इतिहास हुन्छ ! नेपाली कांग्रेस पार्टी कांग्रेस पार्टीमा लाग्नेहरुको मात्र पक्कै पनि निजि पेवा हैन ! इतिहास बोकेको पार्टीको आफ्नै इतिहास तोडमरोड गर्ने आदेस कसले दियो ? को कसको इसारामा त्यस्तो घृणित कार्य भयो ? महेन्द्र नारायण निधिको तस्बिर वेब साइटमा किन राखिएन ?
महामानव बि.पी.ले नेपालको जनतालाई सधै प्रजातन्त्रमा लाग्न प्रेरित गर्नु हुन्थ्यो ! सत्य बोल्नु पर्छ र अन्यायको सधै डटेर मुकाबिला गर्नु पर्छ ! 'रास्ट्रीयता, प्रजातन्त्र, समाजबाद' बिना नेपाल अधुरो हुन्छ भनेर भन्नु हुन्थ्यो ! तर आज खै त महा मानब बि.पी.को बिचार लाइ आत्मसात गरेको ?
सामाजिक संजालको भित्तामा कांग्रेस भनेको प्रजातन्त्र हो भनेर लेख्ने मुर्खहरु लाइ सोध्न चाहन्छु म के तिमीहरुले बि.पी.को आदर्शलाई आत्मसात गरेको छौ ? यदि छ भने खै त तिमिहरुले चौबिसै घण्टा जप्ने गरेको 'प्रजातन्त्र' भन्ने मूल मन्त्र ?
अन्याय गर्ने त त्यसै पनि पापी भै हाले तर अन्याय सहने हरु माहा पापी हुन कि हैनन ? लौह पुरुष गणेस मान लाइ पार्टी बाट बाहिरिन बाध्य पारेको कस्ले ? सन्त नेता कृष्ण प्रसाद भटराईलाइ पार्टी छोडन बाध्य पारेको कस्ले ? प्रजातन्त्रको सेनानी तथा त्यागि नेता रामहरी जोसी लाइ किन निस्क्रिय पारियो ? यस्ता धेरै त्यागि नेता हरु छन जसलाई पार्टी छाडन बाध्य पारियो !
हिजो पंचायतकालमा गन्हाएको भ्रस्टाचारी लाइ जनमतको कदर गर्दै कारबाही गर्नु पर्नेमा सुटकेसमा अस्मितामा साटेर पार्टीमा हुल्ने चलन कस्ले बसायो ? बि.पी ले त देसमा उधोग धन्दा कल कारखाना जोड्नु पर्छ भनेर सधै भन्नु हुन्थ्यो तर भएको पनि लाइ निजीकरणको नाउँमा कौडीको भाउमा लिलाम किन गरियो ? को कसको इसारामा पदमा बहाल रहेको प्रहरीको प्रमुख लाइ बेथिति नियम बसालेर रातारात खोसुवा पुर्जी बुझाइयो ? देसको शान्ति सुरक्षाको गहन जिम्मेवारी बोकेको प्रहरी संगठन भित्र राजनीति घुसायर पुरै संगठन लाइ तहस नहस किन पारियो ? यी भए २०६२ साल सम्मको कुरा !
"राजाको वैधानिक नायकत्वमा रहने भन्ने नेपाली कांग्रेसको २००३ सालदेखिको विधानको प्रावधान हटाउनेबारे ०६४ सालमा कार्यसमितिमा उपस्थित ३२ मध्ये २८ सदस्यको असहमति हुँदाहुँदै गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र शेखर कोइराला गरी जम्मा चारजनाको बलमा पारित भएको थियो । अर्थात बहुमतले स्वीकार नगरेको प्रस्तावलाई अल्पमतले पारित गरेको थियो । अनर्थ भएकै हो । र त्यसो भएकै हुनाले कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले तत्कालै पार्टी छोड्नुभयो । बीपीका अर्का सहकर्मी गणेशमान सिंहले गिरिजाप्रसादकै ज्यादतीका कारण केही बर्षअघि नै कांग्रेस छोड्नुभएको थियो ।" - ध्रुवहरि अधिकारी, कान्तिपुर दैनिक !
कान्तिपुर दैनिकमा ध्रुवहरि अधिकारीले लेख्नु भएको समाचारको अंस लाइ केलाएर हेर्ने हो भने २०४८ साल पछी गिरिजा स्वर्गे नहुन्जेल सम्म नेपालमा जति पनि भाद भैलो मच्चाए त्यसमा मुख्य दोषी स्व.गिरिजा प्रसाद कोइराला देखिन्छन ! प्रजातान्त्रिक बिचार पद्धतिमा चल्नु पर्ने पार्टीमा मृत्युबरण नहुन्जेल सम्म आफु मात्रै पार्टी सभापति बन्नु र जतिखेर पनि प्रधानमन्त्रि बन्ने निजको तिब्र अभिलाषाको कारणले जनताले अत्याधिक बहुमतले जिताएको पार्टी अन्तत दुइ टुक्रा समेत बन्दा पनि तिनमा रत्तिभर पनि आत्मग्लानी थिएन ! नैतिकता भएको भए पार्टी फुटना साथ पार्टीको सभापति पद बाट राजिनामा दिन्थे होला !
देसमा भए भरको बेथिति बसाल्ने चलन बसालेको थाहा पाउदा पाउदै पनि छिसिक्क बिरोध नगर्ने हरु ति लाक्षी हुन, कायर हुन ! राजतन्त्र लाइ सोशक र सामन्ती भन्ने हरु आफै दास भाको पक्कै पनि नबुझेका हैनन ! लौह पुरुष गणेश मानले त्यतिखेर जानेर नै भनेका हुन नेपालको जनता भनेको भेडा हो भनेर तर सब्द उच्चारणमा गल्ति मात्र भाको हो ! भेडा जनता हैनन कि भेडा त नेपाली कांग्रेस पार्टीको माथि देखि तल सम्मको नेता तथा कार्यकर्ता अनि कांग्रेस पार्टी भनेर हृदय देखिने समर्थन गर्ने समर्थक हुन ! जब पार्टीको दास बन्नु थियो, भेडा बन्नु थियो भने किन पंचायत ब्यबस्था फाल्न लाइ आन्दोलन गरयौ ? तिमीहरुले आन्दोलन गरेर पंचायत फ्याक्यौ अझ त्यतिले पनि नपुगेर इतिहास बोकेको संस्था राजतन्त्र लाइ नै तहस नहस बनायौ ! गणतन्त्र ल्यायौ तर त्यसको बदलामा के चैँ पायौ त ? छातीमा हात राखेर जवाफ दिने कोहि कांग्रेसी नेताहरु हुनुहुन्छ ? यदि जवाफ दिन सक्ने हैसियत छैन भने बिस्वकै उत्कृस्ट संबिधान २०४७ लाइ पुन: किन नब्युताउने ? मह मानव बि.पी.कोइरालाले नै भनेका हैन र राजा बिना देसको कल्पना पनि गर्न सकिदैन भनेर !
(२०७० श्राबन १७ गते बिहिबार क्राइम चेक साप्ताहिक बिरगंजमा प्रकाशित)

0 Comments:
Post a Comment