Tuesday, August 06, 2013

तस्बिर आफै बोलेको छ !

(तस्बिर: फेसबुक बाट)
पोहोर पुर्ब जाँदा "लिम्बुवान राज्यमा हार्दिक स्वागत छ" लेख्या देखे ! त्यस्तै हेटौडा आउने आउने बेलामा चुरिया माइ मन्दिरको घुडा ठोक्कीने उकालो मा ताम्सालिंग राज्यमा स्वागत छ भनेर लेख्या पनि देख्या नै हो ! हेटौडाको फरेस्ट्री क्याम्पसको बाटो निरको पर्खालमा हुनेवाला रास्ट्रपति प्रचण्ड भनेर लेख्यानि यहि आँखाले देख्या हो !
संसदले पास नगरि कानुन नै नबनिकन आफूखुसी राज्यको नाम घोषणा गर्ने अधिकार माओबादी हरुलाई कसले दियो ? रास्ट्रपतिको चुनाव भयो त ? चुनाबको घोषणा नभई कन रास्ट्रपतिको आधिकारक घोषणा गर्ने हरु सद्दे हुन कि पागल ? अनि येस्ता पागलहरुले देस चलाउदा देस उभो तिर लाग्छ कि उँधो तिर ?

चुनाउ गर्ने पनि भन्छन ! अहिले सम्म मत बाझिएकै बाझिएको छ ! चुनाउको हाउगुजी देखाएर राजालाई राहत बाडन दिएनन ! सिन्डिकेटे नेताहरु लाइ बिदेस घुम्नको फुर्सद छैन ! जनताको आसिर्बाद लिनु पर्ने ठाउँमा बिदेसीको खुट्टा ढोग्न जान्छन ! अरु त अरु कांग्रेसी सभापति सुसिल कोइराला धरी गए ! न तिनले भनेको मन मोहन ले बुझ्छ न मन मोहनले भनेको तिनले बुझ्छ ! हिजो सम्म रास्ट्रीयताको नारा फलाकेका हैन बुढा दादाले ? निम्तो आ छ नि दादा भन्ना साथ नाकमा चक्का हालेर मालिक भेटन जाने यस्ता हरुले देस र जनताको के बिकास गर्छन ! यिनका सगोत्रीलाइ नदि बेचेको आरोप पनि लागेकै हो क्यार ! अब के के बेचेर आउछन पुर्खालाइ ! खोक्लान नि आयेसी गमलाको कलबमा गएर !

No comments: