©जनक मान डंगोल
janakdangol@gmail.com
राणा सासनले जनता माथि अत्याचार गर्यो ! हुकुमी जहानिया सासन लागु गरे ! श्री
५ को सबै अधिकार खोसेर श्री ३ ठुला भए ! जनताले दुख पाए र मुलुकको बिकाश भएन भनेर उहिले
सात साल भन्दा अगाडी देखिनै स्व.राजा त्रिभुवनले केहि जान्ने बुझ्नेहरु संग
सरसल्लाह गरेर रणनीति तयार पारे ! आधिकारिक रुपमा २००४ सालमा बनेको रणनीतिले २००७
मा नतिजा देखायो राणाहरु फालिए ! २००७ साल देखि २०१५ साल सम्म धेरैले आ आफ्नै
रणनीति बनाए संबिधान सभाको चुनाउ गर्नु पर्ने तर संसदको चुनाव गरे कांग्रेसको
रणनीतिले जित्यो कांग्रेसले बहुमतको सरकार बनाए !
दक्षिण संग मिलेर देसको सार्बभौम तथा अखण्डतामा चर्को प्रहार हुन थाल्यो !
मन्त्रीमंडलको बैठकमा हाक्काहाक्की दक्षिणका महामहिमले आसन जमाउन थाले त्यसैले भित्रभित्रै
अर्को रणनीति बन्यो कांग्रेस फालिए पंचायत बन्यो तर त्यो पंचायत जन्माउने अरु कोहि
नभएर त्यतिखेरका कांग्रेसी नेता बिस्वबन्धु थापाहरु थिए ! जसको फलस्वरूप स्व.राजा
महेन्द्र सक्तिसाली भए ! दलहरु माथि प्रतिबन्ध लाग्यो !
२०१७ देखि २०४६ सम्म कांग्रेस तथा कम्युनिस्टहरुले आ-आफ्नै पारामा भूमिगत बसेर
विभिन्न रणनीति बनाए ! तर कसैको रणनीतिले सफल पाउन सकेन ! पंचायतकालमा प्रतिबन्धित
कांग्रेसको रणनीति सफल भएको भए स्व.राजा महेन्द्रको जनकपुर सवारीमा भएको बम काण्ड
तथा ओखलढुंगा काण्ड सफल हुन्थ्यो होला ! स्व.रामराजा प्रसाद शिह तथा खेमराज भट्ट ‘मायालु’ को बम काण्ड पनि सफल हुन्थ्यो होला !
प्रतिबन्धित कांग्रेस तथा कम्युनिस्टको रणनीति असफल भए पश्चात ‘त्वम सरणम गच्छामी’ भन्दै घरको झगडामा छिमेकी गुहारे ! मौका ढुकेर बसेकाहरुले ‘मौका यहि हो छोड्नु
हुन्न’ भन्दै ब्यापार परिवहन सन्धि नबिकरणको निउँ झिकेर २०४६ सालमा आफ्नो पट्टिको
सबै सिमानामा नाकाबन्दी गर्दिए !
त्यसैको कारणले पंचायतले ढल्न
बाध्य हुनु परयो !
नेपालमा फेरी दोश्रो पटक प्रजातन्त्रको स्थापना भयो ! २०४८ मा नेपालमा दोश्रो
आम निर्वाचन भयो यो पाली पनि संबिधान सभाको हैन तर संसद्को ! नेपालमा रास्ट्रियता
र प्रजातन्त्रको दुहाइ दिने अनि समाजवादको मसिहा हौ भन्ने नेपाली कांग्रेसले
अत्याधिक बहुमतको साथ सरकार गठन गर्यो ! त्यस पछी कांग्रेस भित्र खुट्टा तान्ने रणनीति
बन्दै गयो, कुनै रणनीति सफल भो कुनै असफल भो ! आफनी पार्टोको बहुमतको सरकार ढल्यो
! ३६से र ७४रे भन्दै २००४ सालमा जुटेको दाज्यु भाई फुटे ! जुटेको बामपन्थी लाइ पनि
त्यहि रोगले समात्यो ! फेरी अर्कोले सुपरहिट रणनीति बनायो ! एक, दस, सय हैन हज्जारौ हजार लाइ मृत्यको मुखमा पारे ! सान्ती सान्ति भन्दै सान्ति
गरेर अहिले सक्ती र भक्तिमा पुगेका छन !
नेपालमा २००७ साल देखि आजको मिति सम्म रणनीति बन्दैछ भत्किदैछ ! आशिर्वाद
पाएको रणनीति सुपर हिट आशिर्वाद नपाएको रणनीति चैँ सुपर फ्लप भाको छ ! परापुर्वकालमा
गोर्खाली राजाले पनि साम, दाम, दण्ड र भेद चार थरीको समिश्रणयुक्त रणनीति बनाए ! पहिला
छिमेकलाइ जिते अनि उपत्यका नाकाबन्दी गरे पछी बिस्तारै बिस्तारै बिसाल नेपाल जोडे
! दाज्यु भाइको घर झगडामा छिमेकी संग मिलेर बनाएको अहिलेको रणनीतिले के के पायो के
के गुमायो ? सबैले देखेको भोगेको वास्तविकता लाइ मैले बयान गर्नु जरुरि
ठानिन !
2013.Aug.7wed.
0 Comments:
Post a Comment