Thursday, August 08, 2013

NRN ले बिदेसमा बसेर राजनीति गर्नुको के अर्थ ?


©जनक मान डंगोल 
janakdangol@gmail.com

NRN अर्थात non residence Nepali जसको साब्दिक अर्थ हुन्छ 'गैर आवासीय नेपाली' ! नेपाली नागरिकता त्याग गरि पराइ देसको नागरिकता प्राप्त गरि बसेका हरुले त्याहा रहेका नेपालीहरु लाइ दुख: आपद, विपद पर्दा सहयोग पुर्याउने हेतुले "संस्था" खोलि  केहि मद्त पुगोस र सबै नेपाली संस्थाको मार्फत गोलबन्द होस भन्ने हेतुले गैर आवासीय नेपाली अर्थात NRN भनेर बिभिन्न देसमा संस्था गठन गर्ने गरिएको छ !
नेपाल बाट बिभिन्न कारणले पराइ देसमा  बसाइ जानेको लर्को जनयुद्द पछी अत्याधिक बढेको देखिन्छ ! कोहि सरणार्थी बनेर बिदेसिय ! कोहि पढ्दा पढ्दै उतै जागिर खाएर बसे ! पंचायतकाल देखिनै बिदेसमा बसोबास गर्ने चलन बसेको हो भन्नमा अत्युक्ति नहोला ! कोहि रहरले त कोहि बाध्यताले बिदेस पसेका छन !
बिगत केहि महिना देखि सामाजीक संजाल फेसबुक तथा ट्वीटर मा NRN को बारेमा सकारात्मक भन्दा नकारात्मक समाचार देख्न र सुन्न पाइएको छ ! NRN फलाना देसमा उम्मेदवारीमा पैसाको चलखेल भयो, फलाना देसमा उम्मेदवार माथि ज्यान मार्ने धम्की आयो, फलाना देसमा नेपाल बाट नाम चलेको पत्रकार बोलाएर रिपोटिंग गर्न लगाइयो आदि !
राजनीति गर्ने हो भने किन जानु पर्यो बिदेस ? नेपालमा छ नि सय भन्दा बढी राजनीतिक पार्टी तथा दलहरु ! पार्टीगत राजनीति गर्ने हो भने किन गठन गर्नु पर्यो NRN ? प्रबासमा बस्दात सबै नेपालीहरु नंग मासु जस्तै भएर बस्ने कि पार्टीगत रुपमा गुटबन्दी गरेर बस्ने ? परदेसमा दुख गरेर कमाएको सम्पतिको केहि अंस संस्थामा दिए पछी त्यो संस्थाको रकम लाइ अत्याधिक दुरुपयोग गर्दै नेपाल बाट पार्टीका नेताहरु बोलाएर लुटको धन फुपुको श्राद्ध किन गरिन्छ ?
प्रबासी नेपालीहरुले नेपालको राजनीतिक पार्टीका उम्मेदवारलाइ भोट दिन पाउछ ? अबस्य पनि पाउदैन ! जब भोट दिन पाउदैन भने त्यस्ता पार्टीका नेताहरुलाई किन बिदेस बोलाउने ? नेताहरु आफ्ना व्यक्तिगत खर्चमा बिदेस आएर भेटघाट भलाकुसारी गर्नु त्यो अर्कै कुरा हो तर फलाना देसको NRN ले फलाना पार्टीको नेता लाइ कार्यक्रमको मुख्य अतिथि बनायो भन्ने समाचार तुरुन्तै सामाजिक संजालमा अपडेट भएको देखिन्छ !
यस्तो गाइजात्रे तमासा देखाउँदा त्यो देसको रैथाने नागरिकहरुले नेपाल प्रति के सोच्दा हुन ! उसैत राजनीतिक हिँसाले आक्रान्त भएर देसको साख लाइ पार्टीका नेताहरुले तल्लोस्तरमा पुर्याएको देख्दा देख्दै अलिकति बचेको इज्जत लाइ पनि NRN नामधारिले माटोमा बिलिन गर्न खोज्नु भनेको यो जस्तो लज्जास्पद कुरा अरु के हुन जान्छ ? सक्छौ भने मिलेर बस तर राजनीति गर्ने हो भने NRN खोल्नुको कुनै तुक देख्दिन म ! सबै प्रबासिमा बुद्दी पलाओस !

No comments: