©जनक मान डंगोल
janakdangol@gmail.com
आदरणीय जन समुदायहरु यो पालिको चुनाउमा हाम्रो पार्टीलाई बिजयी गराउनु
भयो भने हामि यो देसको कायापलट गरि दिन्छम ! हिजो पन्चेले खोक्रो बनाएको यो
मुलुकलाइ हामि स्विजरल्याण्ड बनाइ दिन्छम,सिंगापुर बनाइ दिन्छ्म ! मेलम्चीको पानीले दैनिक काठमाण्डौको सडक पखाली
दिन्छम ! यस्तै यस्तै मनचिन्ते वाहियात कहिले पुरा नहुने भाषण गर्ने नेताहरु
मध्येका कतिपय नेताहरु माथि यमराजकोमा काज फिर्ता गइ सकेका छन ! नेपालमा पुरा
गर्छु भनेको सपना माथि स्वर्ग/नर्कमा बसी पुरा गर्दै होलान ! नेपालमा मेलम्चीको पानि ल्याएर काठमाण्डौको सडक पखाल्छु भनेर वाहियात भाषण दिने नेपाली कांग्रेसका सन्त नेता भनेर चिनिने कृष्ण प्रसाद भटराई हुन ! मेलम्चीको पानि आयो कि आएन त्यो सबै लाइ थाहा छ तर फटाहा बोल्ने नेतानै 'त्वम सरणम प्रभु' भन्दै पुस्पक बिमान चढेर उहिले मास्तिर गइ सके !
सिंगापुर बनाउछु भन्ने नेता अहिले पनि ज्युदै छन ! बेला बेला सिंगापुर पनि जान्छन ! तर सिंगापुर त नभनौ पुरै काठमाण्डौ खाल्टो सिंगापुर भाछ कि झिँगापुर भाको छ त्यो पनि सबै लाइ थाहा छ ! सिंगापुर चारै तिर समुन्द्रले घेरिएको एउटा टापु हो भने नेपाललाई के समुन्द्रले चारै तिर बाट घेरेको छ ? सिंगापुरमा नेपालमा जस्तो डांडाकाँडा, भिर पहरा, खोच र हिमाल छ ? नेपाल र सिंगापुरको भौगोलिक अबस्था मिल्छ ? अनि नेताले जे भन्यो त्यहि कुरा पत्याउदै तालि ठोक्ने र अमुल्य मत दिएर पटक पटक सत्तामा पुर्याउने ति नेताहरु बेवकुफ कि तपाइँ हामि जनता बेवकुफ ?
स्विजरल्याण्ड र नेपालको भौगोलिक अबस्थामा केहि हद सम्म भए पनि मिल्न जान्छ ! स्विजरल्याण्ड जस्तो देस बनाउन मनमा आँट र चाहना हुनु पर्दछ ! हाम्रा नेपालको महान नेताहरुको आँट र चाहना के कस्तो छ त्यो त हामीले २४ बर्षमा देखि सकेका छौ नि ! यदि आँट र चाहाना भै दिएको मेलम्ची आउथ्यो होला ! अहिले सम्म राजधानी काठमाण्डौको जनताले काकाकुल जस्तो भएर पक्कै पनि बस्नु पर्दैनथ्यो होला !
हामि नेपालको जनताहरुले नेताको परिभाषा नबुझ्ने छट्टु नेताहरु लाइ हामि हाम्रो नेपालको नेता भनेर 'नेता' भन्ने पवित्र र महान सब्द्कोनै अपमान गर्दैछौ ! नेपालमा जन्मेर नेपाली नागरिकता लिंदैमा नेपाली हुने भए अहिले नागरिकता बाडिएको लाखौ भारतिय लाइ पनि खाँट्टी नेपाली भन्न मिल्थ्यो तर आइमे मुन्छीलाई माइतीको 'कुकुर' पनि प्यारो हुन्छ भन्ने 'आहान' लाइ चरितार्थ पार्दै छिमेकी दुताबासको १ कलमा दिल्लीमा जी हजुर गर्ने जाने नेपालको ठुला पार्टीको नेताहरु लाइ नेपालको नेता भनेर सम्बोधन गर्नु भनेको भगवान पशुपतिनाथको अपमान,आस्थाको असख्य पवित्र देबी देवताको अपमान, बुद्धको अपमान, सगरमाथाको अपमान, राजा जनकको अपमान, देबी सीताको अपमान, भृकुटीको अपमान र करोडौ करोड नेपाली जनताको अपमान हो भनेर बुझ्नु पर्दछ ! सबै लाइ चेतना होस ! हामीले यस्ता नेताहरुलाइ सम्मान गर्नु भनेको आफ्नै शीर निहुर्याउनु हो ! दास बन्नु हो त्यसैले दास हैन चेतनसिल नागरिक बनौ ! नेपालको अहिलेका पार्टीका नेताहरुले देस र जनताको उन्नति कहिले पनि गर्दैन ! देस र जनताको कहिले पनि भलो गर्दैन ! २४ बर्ष भनेको त धेरै ठुलो समय हो ! पद र सत्ताको लागि चौबिसै घण्टा कुकुर र बिरालो जस्तो एक आपसमा झगडा गर्ने यस्ता नेताहरु बाट आसा गर्नु भनेको “अकबर राजाको मन्त्रि बिरबलले पकाउन लागेको खिचडी’ जस्तै हो ! तल दनदन्ती आगो दनकायेर बिस हात लामो बाँस माथि हण्डी झुन्डाएर भोका जनतालाई खिचडी पकाएर खुवाउन लागेको छु भन्ने यस्ता छट्टु प्रबृत्तिका नेताहरुको अब पनि भर गर्नु भनेको भोका जनताले आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु हो ! त्यसैले छोड्नुस नेता भक्ति र बिस्वास नगरौ इनिहरुको गुलियो भाषण किनभने गुलियो धेरै खायो भने चिनि रोग अर्थात डाइबिटीज लाग्छ है ! सबैले जानी राखौ !
२०७० श्रावण २४ गते बिहिबार क्राइम चेकमा प्रकाशित !
0 Comments:
Post a Comment