Saturday, August 10, 2013

यसरि सुरु भयो झुठको खेति !



(ने.का.नेता तथा पुर्ब प्र.म.स्व.कृष्ण प्रसाद भटराई)
पंचायती ब्यबस्था बिरुद्ध नेपालि कांग्रेस र बाम मोर्चा मिलेर२०४५ साल देखि गरेको आन्दोलन अन्तत २०४६ सालमा आएर सफल भयो ! तत्कालिन राजा स्व.बिरेन्द्रले मरिचमान सरकार लाइ बर्खास्त गरेर अहिले खाँट्टी गणतन्त्रबादी नेता बनेका पुर्ब माहापन्च तथा पंचायती पुर्ब प्रधानमन्त्रीलाई प्रधानमन्त्रि तोकिएको थियो ! लोकेन्द्र बहादुर चन्द मन्त्रीमंडल मार्फत कांग्रेस तथा बाममोर्चा सित वार्ता भएर स्व.राजा बिरेन्द्रले नेपालमा प्रजातन्त्र घोषणा गर्नु भयो !

स्व.राजा बिरेन्द्रले काठमाण्डौ निवासी नेपाली कांग्रेसको सक्तिसाली नेता स्व.गणेशमान शिंह लाइ प्रधानमन्त्रि बनाउने सदिक्षा प्रकट गर्नु भयो तर त्याग देखाउंदै स्व.गणेशमान शिहले मलाइ हैन स्व.कृष्ण प्रसाद भटराई लाइ प्रधानमन्त्रि बनाउदा उत्तम हुन्छ भने पश्चात स्व.कृष्ण प्रसाद भटराई लाइ अन्तरिम प्रधानमन्त्रि घोषणा गरिएको थियो !
स्व.भटराई अन्तरिम प्रधानमन्त्रि नियुक्त हुना साथ भारत भ्रमणमा जानु भयो ! जानु भन्दा पहिला नेपाली जनतालाई दियको आस्वासन मध्ये पहिलो माग भनेको नेपालमा बसेर काम गर्ने सम्पूर्ण भारतीय नागरिक लाइ work permit लागु गराउछु भन्ने थियो ! दिल्लीमा भेट वार्ता भयो तर भटराईले work permit को माग उठाए कि उठाएनन त्यसको अहिले सम्म कसैले पनि खोजीनीति गरेको छैन ! यदि उठाएको भए work permit किन लागु भएन ? नेपालको नेताहरु दिल्ली सित कसरि झुक्छन भन्ने यो एउटा उदाहरण हो ! २०४६ साल बाट भटराईले सुरु गरेको झुठको खेति तत्पश्चात स्व.गिरिजा हुँदै अहिलेका सबै पार्टीका नेताहरुले प्रमुखताका साथ कायमनै राखेका छन !  

No comments: