Sunday, August 11, 2013

चिंगउइ ले बे गर्न लागिछे !



©जनक मान डंगोल 
janakdangol@gmail.com
चिंगउइ अर्थात दुब्ली अन्दाजी ४० किलो पुग न पुग तौल भाकी गोरी तर आँखा चैँ अलिकति हो कि हो कि जस्तो डेढी ४ फुटे २५ नाघेकी केटि ! आमा र दिदि चैँ क्विन्टल भन्दा माथि नै तर चिंगउइ चैँ किन त्यस्ती भै यहि सोच्थे म !
सन २००५ जनवरी १ तारिखमा मैले अहिले काम गर्ने कम्पनीमा मैले डिउटी लिन सुरु गरेको ! ठ्याक्कै ४ महिना पछी त्यो पनि मेरै कम्पनीमा जागिरे भै तर जनरल वरकरमा अर्थात साधारण मजदुरमा ! मैले काम गर्ने कम्पनि आक्वारियम सप्लाएर हो ! ज्यूँदा सजावटको माछा र आक्वारियम, सो को स्पेयर पार्ट्स अनि माछाको दाना बिक्रि गर्ने कम्पनि ! दैनिक माछाको ट्यांक सफा गर्ने, ग्राहक लाइ सामान बेच्ने आदि !
ग्राहक लाइ सामान डेलिभरी दिंदा बोक्ने त हातैले हो ! ‘चार आनाके मुर्गा एक रुप्पेको मसला’ अर्थात एउटा माछा लाइ प्लास्टिकको झोलामा पानि र अक्सिजन हालेर प्याक गर्दा २० किलो भन्दा पनि बढ्ता ओजन अनि दुवै तिर गर्दा ४० किलो ! टिठ लाग्थ्यो सघाई दिन्थे !
आइमाई मुन्छी गोरी मात्र भएर के गर्नु उसै त सुकेनास त्यहि माथि बच्चाको आहारादानी बेलौती जत्रो ! कतिपय चाइनिज केटाहरु लाइ घुमाएर भन्थे म ‘चिंगउइ लाइ बे गर्छस’ ? सबैले आक थु भनेर नाक खुम्च्याउने ! एक दिन एउटा मन मिल्ने केटालाई सोधे, तिमीहरुले किन त्यसो भनेको ? सजिलै संग उत्तर दियो मले भाषामा “आबांग डिया बुआ आडा किचिल” अर्थात आबांग भनेको दाइ, डिया भनेको उनको, बुवा भनेको फल हुन्छ तर याहा बुवा भन्नाले आइमेको दुध 
पनि हो है भनेर बुझ्नु पर्छ, आडा भनेको छ, अनि किचिल भनेको सानो अर्थात दाइ त्यसको दुध सानो छ !
कम्पनी मा नयाँ नयाँ केटाहरु भर्ना भएर आउथ्यो उ लहसिन खोज्थी तर कसैले मतलब गर्दैनथ्यो ! कहिले काही मसंग गुनासो गर्थी म राम्री छुइन जनक ? म सान्त्वना दिंदै भन्थी तँ राम्री छेस ! भगवान्ले चाहेमा छिट्टै तेरो झ्याई हुन्छ त्यसैले समयलाई कुर ! चिंगउइको बाउ सिंगापुरमा प्रिन्टिंग प्रेसमा काम गर्थ्यो ! महिना २ महिनामा आमाचैँ खर्च पानि लिन जाँदा उ पनि साथैमा जान्थी ! ३ बर्ष अगाडी चिंगउइले मेरो कम्पनीमा जागिर छाडी ! जाने बेलामा भनि जनक म सिंगापुरमा काम गर्न जाँदैछु ! बेस्ट अफ लक भन्दा अरु भन्न सकिन ! झन्डै झन्डै ६ बर्ष संगै काम गरियो दाज्यु बैनी जस्तै भै सकेका थियेउ ! मलाइ हल्का चाइनिज भाषा सिकाइ दिन्थी !
आज मेरो कम्पनीमा काम गर्ने सुपरभाइजर अर्थात साहुनीको बैनी ज्वाई मि.कु कोक पाउले २ थान कार्ड हातमा दिंदै भन्यो मि.जनक यो कार्ड मि.चांग चोंग पाउ अर्थात साहुको भान्जी ज्वाई लाइ दिनु ! मनमा सक सक लागेर आयो र सोधे मि.पाउ यो के हो ? मि.पाउले जवाफ दिए “चिंगउइको पर्सि बिहा छ, हामीलाई निम्तो देकिछे” ! खोलेर हेरे रमाइलो लाग्यो कार्ड देख्दा !
(बाहिरको खाम)
(भित्रि पृष्ठ)
हामि हिन्दु र चाइनिजको धर्म ९९% ठ्याक्कै मिल्छ ! जति हामि भुत प्रेत र देबी देउता मान्छ्म चाइनिजले पनि त्यतिकै मान्छ ! फरक के छ भने हामि अबिर, केसरी र अक्षता प्रयोग गर्छ्म चाइनिजले त्यो प्रयोग गर्दैन ! हामि हिन्दुले जसरि सुभ कार्यमा रातो रंग प्रयोग गर्छ्म चाइनिजले पनि त्यस्तै गर्छ ! चिंगउइको बिहेको कार्ड हेर्नुस फरक एउटा देख्नु हुनेछ त्यो के भने बर बधुले मालाको ठाउँमा चुम्बन गरेको छ ! सुश्री बाट श्रीमती हुन लागेको उपलक्ष्यमा ‘अंग घिम उइ’ अर्थात ‘चिंगउइ’ बैनी लाइ हार्दिक मंगलमय शुभकामना ! 
..
बिचको केहि स्थानमा नचाहँदा नचाहँदै पनि भाषाको कारणले सब्द अस्लिल पर्न गएकोमा माफी माग्दै अन्यथा नसोचिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु !


No comments: