राजनीतिको नाउँमा देसको ढुकुटी लुट्न पाइन्छ ! राजनीतिको नाउँमा धर्म
निरपेक्ष हो भन्न पाइन्छ ! राजनीति को नाउँमा समाजको बिकृति गुण्डा,चोर,मवाली,डाँका, आवारा जति पनि भए
भरका लाइ पार्टीले संरक्षण गर्न पाइन्छ !
देसमा लागु भएको मुलुकी ऐनमा दुइ किसिमका मुद्धाहरु हुन्छ ! अनुसुचि १ र अनुसुचि २ अर्थात फौजदारी र देवानी ! अनुसुचि १ भित्र पर्ने सबै फौजदारी मुद्दा सरकारबादी हुन्छ र ति सबै मुद्धा भनेको प्रहरीले जाँच तहकिकात गरे पछी सरकारी वकिल समक्ष बुझाइन्छ ! अनि सरकारी वकिलले चाहेमा मात्र ति मुद्धा न्यायालयमा पुग्छ तर पंचायतकालमा त्यस्तो हुन्थेन !
अहिले अपराध घट्छ ! प्रहरीको काम भनेको अपराधी समातेर पिडित लाइ राहत तथा न्याय दिनु हो ! तर प्रहरीले चाहेर पनि पिडितलाई राहत दिन सक्दैन ! किन ? किन भने माथि मैले सुरुमा नै उल्लेख गरि सकेको छु ! माथि उल्लेख गरिएका महान काममा संलग्न हुने महापुरुषको काम र कर्तब्य अनुसुचि १ भित्र पर्दछ ! अनुसुचि १ भित्र पर्ने त्यस्ता महानुभाव हरु लाइ जब पार्टीको संरक्षण प्राप्त हुन्छ भने प्रहरीले जति सुकै दुख कस्ट गरे पनि पिडित लाइ न्याय दिन सकिदैन ! तर जनताले त कुरा बुझेनन बुझेनन हाम्रा महान पार्टीका नेताज्युको आदेसपालकहरुले पहिला आएर प्रहरी कार्यालय घेर्छन अनि भन्छन पिडित लाइ न्याय खै ? त्यतिले पनि नपुगेर राजमार्ग नै बन्द गरि दिन्छन ! मानौ नेपालको सबै राजमार्ग अहिलेका ठुला पार्टीका पेवा हो अथवा तिनका ससुरालीले तिनीहरु लाइ दाइजो देको हो ! अझै नपुगे केहि थान गाडी जल्छन ! बिचरा प्रहरी असिना पसिना गरेर अपराधी खोज्छ, सुराक पता लगाउछ ! अनेक प्रपन्च रचेर अपराधी पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याएको ५ मिनेट नपुग्दै तिनै राजनैतिक पार्टीका ठुला नेताज्युको फोन आइपुग्छ ! फोनमा भएर मात्रै सामुन्ने मा परेको भए ति जिल्लाको प्रहरी प्रमुखलाइ भष्मनै पारि दिन्थे होलान ! नेताज्यूले रवाफ देखाउदै थर्काउछ ! हेलो को बोलेको ? जय नेपाल म डिउटी अधिकृत ! कसलाई खोज्नु भयो हजुर ? केही सेवा गर्नु थियो कि ? नेताज्यूको बोलि तपाइँ पनि हैन तिम्रा हाकिम लाइ फोन देउ आदेस नेताज्युको ! भन्नुस को बोल्नु भयो ? के हो एस.पी. ? किन समातेको मेरो मानिस लाइ ? (हेर्नुस कति मिठो बोलि छ हाम्रो नेताज्यूहरुको) जिल्ला प्रहरी प्रमुखले सफाई दिन नपाउदै महाभारतमा अर्जुनले छोडेको बाणको बर्षाझैँ सुरु हुन्छ ति नेताज्युको प्रबचन !
हिजो अपराधी पक्राउ गरेंन भनेर तिनकै पार्टीको जन्ती ! अपराधी समात्यो घरको नोकरलाइ झैँ गर्छन हप्की र दप्की ! अपराधी छोडु जनताले मार्ला भन्ने पिर अपराधी नछाडौ नेताले बसी खानु दिदैन ! २०४६ साल देखि आजको मिति सम्म नेपालको प्रहरीले दैनिक भोग्दै आएको समस्या हो यो ! आटिलो हाकिम पर्यो र मुद्धा चलायो भने वकील कार्यालयबाट मुद्धा अदालत सम्म पुग्ने नपुग्नेको कुनै ठेगान हुन्न ! यदि प्रहरी प्रमुख र वकिल को मन मिलेको रैछ र मुद्दा अदालतमा पुग्यो भने पनि त्यो मुद्दा चल्ने नचल्नेको कुनै ठेगान हुन्न किन ?
नेपालको इतिहासमा अहिले सम्म सेना तथा प्रहरीमा संगठन खोल्ने अधिकार छैन तर निजामतीमा न्यायालय देखि तल्लो इकाई सम्म संगठन (युनियन) खोल्ने अधिकार छ र खोलिएको पनि छ ! याहा पार्टीको भागबण्डामा सबै नियुक्ति हुन्छन भने जनताले प्रहरीले अपराधी समातेन ? अपराधी लाइ कुनै कारबाही गरेन ! अपराधी छोड्यो भनेर प्रहरी माथि रिस पोख्नुको कुनै अर्थ नै छैन किनभने नेता बनाको पार्टी बनाको जनताले नै हो कि हैन ? हो भने किन चुन्नु हुन्छ यस्ता नेताहरु लाइ ? किन समर्थन गर्नु हुन्छ यस्ता पार्टीहरु लाइ ? जब जनताले नै बुझ्दैनन भने कर्तब्यपरायण प्रहरीलाई किन दोष देखाउनु हुन्छ ? अनुसुचि १ भित्रका त्यस्ता खराब आचरण भाका व्यक्ति पाल्ने नेता तथा तिनका पार्टीहरु लाई किन बहिस्कार गर्नु हुन्न ? आजको यक्ष प्रश्न यहि हो र यो प्रश्नको जवाफ पनि यहि लेख भित्र नै दिएको छु मैले ! अब जो जे गर्नु पर्ने हो सोच्नु पर्ने हो त्यो सबै तजबिज जनता जनार्दनको इक्षामा भर पर्ने कुरा हुन !
अस्तु !
(२०७० श्राबन १७ गते बिहिबार क्राइम चेक साप्ताहिक बिरगंजमा प्रकाशित)

0 Comments:
Post a Comment