(रास्ट्रपति डा.श्री राम बरण यादव ) |
जनताले हैन जनताले चुनेर पठाएका भेडी गोठको बथानले
चुनेको व्यक्ति बिगत ७ बर्ष देखि नेपालको रास्ट्र
प्रमुख बनेर आज सितल निवासमा अड्डा जमाएर बस्नु
भाको छ ! २/३ देखि उहा बिरामी भो भनेर देस मात्र नभए बिदेस समेत तातेको छ यतिखेर
! नतातोस पनि कसरि आखिर कांग्रेसको कोटाबाट पहिलो गणतन्त्रे रास्ट्रपति बन्ने
सौभाग्य जो पाउनु भाको छ डाक्टर श्री राम बरण यादबज्युले ! नेपालमा पनि त सुबिधा सम्पन्न अस्पताल नभएको चैँ पक्कै पनि हैन होला ! सरकारी
कोटामा बर्षेनी बिदेसमा डाक्टर पढ्न गाका छन ! तिनीहरुले के पढेर आए र के कस्ता
सेवा दिए ता देश र जनतालाई ? के त्यता तिर कसैले ध्यान पुर्याएको छ र ? स्वयम रास्ट्रपति
ज्युको आफ्नै निजि नर्सिंग होम छ जनकपुरकै मुटु भानु चोकमा ! अरुलाई उपचार दिन
सक्ने डाक्टरले आफ्नो उपचारको लागि चैँ बिदेस जानु पर्ने यो कस्तो बाध्यता ?
रास्ट्रपति डाक्टर श्री रामबरण यादबज्यु लाइ पनि तत्कालिन
पंचायतको पालामा श्री को सरकारले दिएको कोटामा उहाँलाइ MBBS पढ्न भारत पठाएको हो ! उहाँ डाक्टर हुनुहुन्छ त्यो पनि मेडिकल
डाक्टर ! के डाक्टर लाइ थाहा हुन्न र आफ्नो ज्यु ज्यानको बारेमा ! रास्ट्रको ढुकुटीमा
जाने भनेको हामि गरिबहरुकै पसिनाको कमाइ हो क्या र त्यसैले सम्माननीय रास्ट्रपति
ज्यु को उपचार खर्चको लागी जापान लैजाँदा मेरो भागमा कति ऋण पर्ने भो ता सम्माननीय
रास्ट्रपतिज्यु ? भनेर मैले प्रश्न गर्न पाउने कि
नपाउने ? किन प्रश्न गरे भने नेपाल सुबिधा सम्पन्न मुलुक हैन ! बिकट क्षेत्रका जनताले
सिटामोलको चक्की खान नपाएर अकालमा ज्यान गुमाई रहेका छन ! तर नेपालमा रास्ट्र
प्रमुख देखि लिएर सबै सम्पन्न नेता हरुलाई सामान्य बिरामीमा पनि बिदेस गएर उपचार
गर्ने रोगले समाती सकेको छ नि हैन र ? अन्त्यमा सम्माननीय रास्ट्रपती डाक्टर श्री रामबरण यादबज्यु
को सिघ्र स्वास्थ लाभको कामना गर्दछु !
(तस्बिर साभार: फेसबुक फाइल फोटो बाट}