अहिले यतिखेर नेपालको पत्रिका भनेको ‘कान्तिपुर’ र डिजिटल पत्रिका ‘सेतोपाटी’ मात्र हो भन्ने भान बिगत २/३ हप्ताको माथिल्लो त्रिसुलिको “बिजुली काण्डको” भण्डाफोरले देखाउदैछ ! नेपालमा समय समयमा बर्षे च्याउ जस्तै गरि कहिले बोर्डिंग स्कुल, कहिले बैंक फाइनान्स, कहिले नेट वर्किंग धन्दा त कहिले पत्रिका निकाल्नेको हुल उम्रिने गर्दछ ! उहिले तिस बर्ष पहिले मिलेर कान्तिपुरमा लगानी गर्ने पण्डितबाले पार्टी फुटा जस्तै गरि अर्को पत्रिका कम्पनि खोलेर अहिले शक्तिको भजन गाउदैछ ! त्यस्ता भजन गाउने नेपालमा धेरै पत्रिका छन ! ति पत्रिकामा काम गर्ने राज्यको चौथो अंग बाट बिभुषित ‘पत्रकार’ भन्ने ‘हुन्छबहादुर’ ले चाहेर पनि बिरोधमा लेख्न सक्दैनन ! बिरोधमा लेखनलाई आँट र हुत्ति चाहिन्छ तर नेपालमा ९०% भन्दा माथिका पत्रकारले चाहेर पनि त्यसो गर्न सक्दैनन ! किन सक्दैनन भन्दा पापी पेटको सवालले गर्दा !
२०४६ साल पछी नेपालको सम्पूर्ण सरकारी तथा संस्थान मा कर्मचारी संगठन खोल्ने
होडबाजी चल्यो ! यी राजनीतिक पार्टीका भात्री संघ तथा संगठनहरु रास्ट्रको बिकास हैन बिनास गर्न बसेका हुन ! हिजो पन्चेको पालामा एकतन्त्री सासन भनेर अधिकांस पश्चिमा बिदेसिले फुट्या कौडी दान दिदैंनथे ! पैसो नभए पछी
देशमा बिकास कसरि हुन्छ ? तै पनि जो जसले स्वइक्षाले दिएका
थिए त्यसै बाट सकेको गरेका थिए ! खै त आज पन्चेको पालामा नाफामा चलेको उधोग तथा कल कारखाना अनि संस्थान हरु ? भएको त्यहि पनि तहस नहस पारे
! अब दुर संचार पनि
डुबाउने खेल चल्दैछ भनेर छापामा आएको छ ! बिदेसिको इसारामा जसरि हुन्छ नेपालमा असान्ती फैलाएर देशलाई
भड्खालोमा हाल्न खोजिदैछ ! त्यस्तो काम गर्नलाई नेपालको प्रमुख सरकारी अड्डामा ठुला हाकिम हरिराम र मन्त्रि झा जस्तो व्यक्ति हुनु पर्दछ ! २०४६ साल पछिको
राजनीतिक पार्टीका ठेकेदारहरुले धेरै झा र कोइरालाहरु जन्माई सकेको छ ! धमिराले
खाएको काठ जुन बाहिर हेर्दा सग्ला र चिल्ला देखिन्छ त्यस्तै बनाइ सकेको छ देशलाइ !
कसले कारबाही गर्ने यस्ता भ्रस्ट धमिराहरुलाई ? उहिलेको साशन पद्धतिले कारबाही
गर्ने हो भने सम्पूर्ण ठुला हौ भनेर घमण्ड गर्ने राजनीतिका पार्टीका नेता देखि
तिनका आसेपासेले कारागार भरिन्छ ! तर प्राण जाला त्यसो गर्न दिदैनन ! २४ बर्षमा
देसले पाएको ठुलो उपलब्धि नै यहि हो ! तर जनताहरु अझै पनि तेरो पार्टी र मेरो
पार्टी भनेर एक आपसमा बाझाबाझा गर्दैछन ! उठ हे गोर्खाली बिर हो ! अब त जाग हेर
देश लाइ नया आधुनिक लेन्डुप हरुले सिक्किम बनाउन लागि सक्यो ! अब पनि जागेनौ भने फेरी
कहिले जाग्छौ ? के तिमीहरुलाई आफ्नो सन्तानको भविष्य र देशको माया लाग्दैन ?