Home » » पार्टीका नेताहरु भन्दा त राजा र राजतन्त्र नै ठिक छ रे !

पार्टीका नेताहरु भन्दा त राजा र राजतन्त्र नै ठिक छ रे !

Written By खांट्टी कुरा on Wednesday, June 12, 2013 | June 12, 2013

भुरालाई होटेलमा १ छाक भात र पचास रूप्पे दिएर पुर्व राजा ज्ञानेन्द्र शाह माथि चप्पल फ्याक्न लगाएछन ! सप्तरी जिल्ला अर्थात गितांगे उदित नारायण झाको गृह जिल्ला, सप्तरी अर्थात जे.पी. आनन्द जस्ता पत्रकार, मन्त्रि तथा भ्रस्ट नेताको गृह जिल्ला, अनि सप्तरी राज कुमार लेखि जस्ता जन जातिको नाउँमा डलरको खेति गर्नेको जिल्ला ! सप्तरी  आफ्नै लोग्ने तथा बाबुको हत्या गराएर देशको मुटु महेन्द्र राजमार्ग ३ दिन बन्द गराउंदै सरकार संग १० लाख माग्नेको जिल्ला ! थुक्क राजनैतिक पार्टीका नेताहरुहो पर्दा
पछाडी बाट बिधार्थी उचालेर के राजनीति गर्छौ ? राजपाट छोडेर साधारण नागरिक भै सकेका व्यक्ति माथि यस्तो नीचतापूर्ण काम गर्न लगाउन तिमीहरुलाई लाज लाग्दैन ? तराइको भ्रमणले यति खेर नेपालका सबै ठुला पार्टी तथा तिनका बिदेशी प्रभुहरुको सातोपुत्लो उडेको छ !
नउडोस पनि कसरि ! काठमान्डौमा पैसाको खोला बगाएर सम्पूर्ण नेपालीको जनइक्षा बिपरित रास्ट्र घाती हरुले रातारात राजतन्त्र हटाए ! समयको खेल हो ! हिजो दर्बार बाट बाहिर निस्कँदा ५०० को पनि समर्थन नभाको पुर्व राजा आज राजधानी बाट तल झरेरे मात्र भन्नासाथ मानव सागर उर्लेर जयजकार हुनु कसले गर्दा भाको हो ? २४ बर्षमा तिमि पार्टीका नेता तथा कार्यकर्ताले धमिराले बनाको रुख जस्तै बनाइ सकेको छ देशलाई ! एउटा सामान्य बिदेसी राजदुतको पाउमा लम्पसार पर्ने तिमि राजनीति पार्टीका नेताहरु भन्दा त राजतन्त्र नै ठिक भनेर जनताले भन्न थालि सकेका छन ! पुर्व राजाको जिल्ला भ्रमणले यहि देखाउदैछ !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger