Home » » बाङ्गो रुखलाई सिधा भन्न सक्नु गणतन्त्रको उपलब्धि हो

बाङ्गो रुखलाई सिधा भन्न सक्नु गणतन्त्रको उपलब्धि हो

Written By खांट्टी कुरा on Wednesday, October 05, 2022 | October 05, 2022

-जनक मान डङ्गोल

अकबर बिरबलको कथा र अहिलेको शासन प्रणाली यो पंक्तिकारलाई उस्तै लाग्छ ।

एकपटक बादशाह अकबरले आफ्ना भारदारहरुको बुद्धि तथा ईमान्दारिता जाच्न सबैलाई दर्बार पछाडिको बगैचामा सामेल हुने उर्दी जारि गरेछन ।

सबै भारदारहरु जम्मा भै सके पछी अगाडी रहेको अस्टबक्र (आठ ठाउँमा बांगीएको) रुख लाई देखाउदै भनेछन ‘आहा कस्तो सिधा र सुलित्त परेको रुख’ ।

बिरबल मन्त्रि बाहेकका सबै भारदारहरुले एक स्वरमा भनेछन ‘जहाँपनाहले बोलिबक्सेको सहि हो’ ।

बिरबल चुप बसेको देखेर अकबरले फेरी त्यहि प्रश्न बिरबललाई गरेछन तर बिरबलले जवाफ दिएछन ‘खै सरकार हजुरको आँखा फुटेको हो कि मेरो गर्धन चिलाएको हो म त त्यो रुखलाई अस्टबक्र नै देख्छु ।  

..

नेपालमा सागर छ तर महासागर छैन । ठुला ठुला पानीजहाज चल्ने महासागरमा हो । आफुलाई बादशाह जस्तै सम्झिनेले नेपालको महासागरमा पानि जहाज चलाएर देखाई दिन्छु भनेर गफ दिना साथ असिना बर्सेको जस्तै गरि तालि पिटछन ।

नेपालको पूर्वपश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर देखि दक्षिणको चौडाइ सरदर १९३ कि.मि. छ । पानीजहाजकै भाकामा चुच्चे रेल चलाएर देखाई दिन्छु भनेर गफ दिना साथ पर्रर तालि पिटेको पनि देखिएकै हो । हिजो आफु जन्मेको भूगोलमा बाबुरामले सवारी गरेको मुस्तांगे जिप सम्म कुदेको होला । खोलामा पानीको जहाज अनि डांडामा रेल चल्दैन भनेर भन्ने बिरबल सम्म नभएको पार्टीले देश र जनताको कल्याण कसरि गर्छ ?

सत्र हजारको बलि चढाउने कथित अकबरेहरुको भाषणमा पनि पर्रर तालि बजेकै हो । हिजो आफुलाई अकबर बादशाह सम्झिनेहरु आज पाजी बन्न पुगेका छन । धन दौलत त कुस्त कमाए जोडे तर ईज्जत जोगाउन नसक्ने हैसियतमा पुगे । देश जोडनेको जिल्लामा जन्मेका सत्र हजारे हत्यारा मध्येका एकजनाले चुनाव नलडने घोषणा सम्म गर्न पुगेका छन ।

नेपालमा प्रजातन्त्र हामीले ल्याएको हौ भन्दै ब्याजमा बाचेकाहरु पनि सत्र हजारेकै स्थितिमा पुगेका छन । देस कसरि बचाउने ? जनताको ऊन्नति र प्रगति कसरि गर्ने भन्ने सोच यिनीहरुको दिमागमा कहिले पनि पलाएन । आफ्नो सत्ता र भत्ता कसरि बचाउने भन्दै एक आपसमा जुध्दै बसेका छन ।

सत्ता त सिक्किमे काजि लेण्डुप दोर्जी देखि कम्बोडियाको खमेर नेता पोलपोटले पनि पाएका थिए । जनमतको कदर बिपरित बिदेसीको उक्साहट अनि सहयोग र समर्थनले पाएको शासन धेरै दिन टिक्दैन । जीवनको अन्तिम घडीको पोलपोट र लेण्डुपको दुखदायी मरण अहिलेकाहरुले बिर्सेका छन ।   

नेपालको राजनीति पनि अकबर बिरबलको माथि को कथा जस्तै भएको छ । राणाले सत्ता हत्याएको बेलामा होस वा सातसाले प्रजातन्त्र, दोश्रो प्रजातन्त्र देखि अहिलेको गणतन्त्र सम्ममा आईपुग्दा अकबर देखि बिरबल बाहेकका भारदारहरुले सत्ता हाँकेका छन । फरक के छ भने यी भारदारहरु सिक्किमे काजि लेण्डुप दोर्जीको दोश्रो अवतारमा प्रकट भएका हुन ।

नेपाली जनताहरुले टाढाको कम्बोडिया किन जानु । स्वतन्त्रता गुमाएको नजिकको छिमेकी सिक्किम हेरे पुग्छ तर राजा बिनाको देश हुँदा भोगेको पिडा अनि लाल कम्युनिस्टको अत्याचार सहन नसकेर स्वतस्फुर्त रुपमा निस्किएको क्रान्ति र उक्त क्रान्तिले स्थापना गरेको कम्बोडियाली राजतन्त्र झैँ नेपालि जनताले पनि नेपालमा राजतन्त्र स्थापना गर्न जरुरि भै सकेको छ । 

२०७९/०६/१९

 

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger