पत्रकारलाइ राज्यले चौथो अंगको दर्जा दिएको छ ! पत्रकार भनेसी एक
सम्मानित उच्च दर्जा हो तर बिगतका केहि बर्ष देखि यो पेसाको गरिमा निरन्तर ओरालो
लाग्दै गएको छ ! हिजो आज नागरिकले पत्रकारलाइ सम्मानको दृस्टीले फिटिक्क हेर्दैनन
र त्यसो हुनुमा नागरिक नभएर स्वयम पत्रकारहरुनै सतप्रतिसत दोषी छन । यो बिषयमा
मैले सेतो पाटि बिधुतिय पत्रिका लगायत मेरो निजि ब्लग तथा सामाजिक संजाल फेसबुकमा
पनि पटक पटक उल्लेख गरेको छु !
म नाम चलेको लेखक तथा पत्रकार हैन । पत्रकारिता तथा लेखनकला मेरो कार्य
क्षेत्र भित्र पर्दैन । लेख्न त सबैले कहीं केहि लेखेकै हुन्छ । कसैले नामका लागी
लेख्छन भने कसैले दामका लागी लेख्छन । लेखेर २/४ पैसा कमाउला भनेर मैले सोचेको पनि
छैन र म लेखेर पैसा कमाउछु भन्ने लायकमा पनि पर्दिन ।
पर्सा जिल्लाबाट प्रकाशित हुने क्राइम चेक साप्ताहिकको सम्पादक तथा
प्रकाशक श्री सन्तोष मिश्रज्युको आग्रहलाइ नकार्न नसकेर मात्र मैले पत्रिकामा लेख
छपाउने गरेको हुँ ! प्रिन्ट मिडिया क्राइम चेक साप्ताहिक पर्सा बीरगंज, मकवानपुर
हेटौडाबाट प्रकाशित हुने हेटौडा टुडे रास्ट्रिय दैनिक, प्रदेस दैनिक, हेटौडा
सन्देस, भूमध्य रेखा साप्ताहिक तथा मकवानपुरकै उत्तरी भेग बाट प्रकाशित हुने बिकास
खबर पत्रिका साप्ताहिक तथा बिधुतिय अन लाइन पत्रिका हाम्राकुरा, सेतोपाटि, नेपाल
प्लस, नबिन नेपाल, फास्ट नेपाल बाहेक मैले आज सम्म अरु कसैलाई लेख रचना दिएको छैन
!
जानकारीमा आए अनुसार पर्सा जिल्लाको बिरगंजका केहि पत्रकार साथीहरुले
मेरो ब्लग तथा फेसबुक पेज बाट मेरो रचना प्रतिलिपि गरि कसैले साभार तथा कसैले सिधै
आफ्नो नाम बाट पत्रिकामा प्रकाशित गर्ने गरेको बुझियो ! म जस्तो सिकारु मान्छेको
लेख/रचना लाइ केहि पत्रकार मित्रहरुले आफ्नो नाम बाट प्रकाशित गर्ने गर्दछ भन्ने कुरा
बिगतका बर्ष महिना देखिनै मैले पटक पटक जानकारी पाएको छु । बिना अनुमति अर्काको
लेख/रचना त्यसरी आफ्नो नाम बाट प्रकाशित गर्नु राम्रो कार्य हैन !
मेरो लेख रचना तपाइँहरुको प्रिन्ट/बिधुतिय पत्रिकामा छाप्न योग्य छ भने
निसंकोच भन्नुस म मेल गरेर पठाई दिन्छु ! प्रकाशित भै सकेको लेख रचनालाइ आफ्नो नाम
बाट प्रकासित गर्दा भोलि तपाइले सामाजिक बेइज्जतीको सामना त गर्नु नै पर्दछ भने
प्रतिलिपी ऐन बमोजिम कारबाहीमा पनि पर्न सक्नु हुन्छ ! सम्मानित्त पद र पेसाको
गरिमा कायम राख्दै अबोप्रान्त यस्तो किसिमको कार्य नगर्नु हुन भन्ने पुन: बिनम्र
अनुरोध गर्दछु !
यो पनि पढ्नु होला !
setopati.com/pathak-bichar/1876/
Jun 27, 2013 - उहिलेको पत्रकार भनेको ति आदिम कालको पत्रकार रे ! किनभने
तिनीहरुको जमानामा काँधमा भिर्ने सुतीको ...